प्रबासी नेपाली मञ्च नेदरल्याण्डको दोस्रो अधिबेशन सम्पन्न


द्रोण रिजाल, नेदरल्याण्ड 
 
प्रवासी नेपाली मञ्च नेदरल्याण्डको दोस्रो अधिबेशन मंगलबार सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रिय सदस्य तथा बिदेस बिभाग प्रमुख राम कुमारी झाक्रीले प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।

अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथी झाक्रीले बर्तमान नेपालको राजनितिक अवस्थाको चर्चा गर्दै मधेसी आन्दोलनको कटाछ्य गरिन् । बिदेशबाट सन्चालित मधेसी आन्दोलन जनमुखी नभएको आरोप लगाउँदै उनले अङिकृत नागरिकता लिएर प्रान्तिय राज्यको उच्च संबैधानिक पदमा बसेर प्रान्तनै अलग बनाई भारतले गाभ्ने सड्यन्त्र गर्न खोजेकोले सजक नभए देशले भारी संकट बेहुर्नुपर्ने चेतावानी दिईन्। भारतसँगको असमान सन्धिको परिणती अहिले आएर बेहोर्नु परेको धारणा झाक्रीले राखेकी थिईन्  ।
अधिबेशनमा प्रवासी नेपाली मंच जर्मनका संथापक अध्यक्ष सन्तोष भट्टराइ,प्रवासी नेपाली मंच बेल्जियमका पूर्व अध्य्क्ष शिव कुमार बरुवाल,जनसम्पर्क समिती नेदर्ल्यान्डका अध्यक्ष  दिपक रेग्मि,नेपाल बिकास प्रतिस्ठानका अध्य्क्ष शशी पौडेल,गैर आवासिय नेपाली संघ रास्तृय समन्वय परिषद नेदर्ल्यन्ड्का -अध्यक्ष  हिमाल गुरुङ्,गैर आवासिय नेपाली संघ अन्तरस्ट्रीय समन्वय परिषद का सदस्य श्रीराम कंडेल ,साथै पुर्व सदस्य फडिन्द्र पन्त गैर आवासिय नेपाली संघ नेदरल्याण्डका पुर्ब अध्यक्ष नारायण आचार्य लगायत संघ संस्थाका प्रतिनिधिहरुले शुभकामाना ब्यक्त गरेका थिए।
अध्यक्षमा गुरुङ,१९ सदस्यीय नयाँ कार्यसमिति चयन 
अधिबेसनले  प्रेमा काजी गुरुङको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिती समेत चयन गरेको छ । जस अनुसार उपाध्यक्षमा उदय नेपाली,महासचिबमा धन कुमार बोहरा,सचिबमा बिनोद बस्नेत्,कोषाध्यक्षमा खेम लाल सापकोटा चयन भएका छन्।
unnamed-35
यस्तै सदस्य हरुमा हेमा कुमार भुजेल्,लक्ष्मण रिजाल,घनश्याम सापकोटा,प्रयग राज खनाल,कमल रसाइली ,चन्द्र बिर कुबर,कमल शाही,नितु श्रेष्ठ,रबिन खड्का,कैलास रिजाल्,नबिन ढकाल्,रमेश गौतम्,बलराम पोख्रेल र दिनेस रेग्मी रहेका छन ।
साथै अधिबेशनले युरोप प्रतीनिधिमा टिका राम सापकोटा लाई चयन गरेको छ ।