बार्सिलोना / बेल्जियमकी सरीना पौडेलले इनास युरोप नेपाली डानसिङ्ग स्टार २०१६” को उपाधि जितेकी छन्। युरोप भरका प्रतिभावान कलाकारहरुलाई उछिन्दै पौडेलले उपाधि चुमेकी हुन्। यस्तै डेनमार्ककी सोबु केसी गायन तर्फबाट उत्कृष्ट बन्दै युरोप सिङ्गिङ स्टार बनिन्। उपाधि बिजेताले ७ सय १ युरो नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
अन्तराष्ट्रिय कलाकार समाज (इनास) स्विट्जरल्याण्ड एबं ईनास युरोपको आयोजनामा आईतबार बासेलमा सम्पन्न प्रतियोगिताबाट दुवै जना उत्कृष्ट बनेका हुन्। युरोप स्तरीय एकल नृत्य तथा गायन प्रतियोगितामा युरोपभरका प्रतिभावान कलाकारहरुले प्रतिस्पर्धा गरेका थिए।
दुवै विधामा बेल्जियमका प्रतियोगीहरु उपविजेता बनेका छन्। गायन तर्फ हिना कार्की र नृत्यमा रोशनी केसी उपविजेता बनेका हुन्। नेदेरल्याण्डका तुफान घले र जर्मनीका सुनिल हमाल नृत्य र गायनमा क्रमश: तेस्रो भएका छन्।
प्रतियोगितामा उपबिजेता र तेस्रो हुनेले क्रमश ५ सय र ३ सय युरो नगद सहित ट्रफ्री र प्रमाणपत्र प्राप्त गरेका छन्। नृत्य तर्फका उत्कृष्ट तिन प्रतियोगीहरुले नेपाली चलचित्र दर्पण छायाँ – २ मा अभिनयको अबसर पाउँने भएका छन्। चलचित्रका निर्देशक तुलसी घिमिरेले एक भिडियो सन्देश मार्फत उत्कृष्टलाई मौका दिने घोषणा गरेका हुन्।
ईनासले युरोप स्तरमा आयोजना गरेको नृत्य तर्फको यो चौथो संस्करण हो भने,गायन तर्फ भने यसै बर्षबाट प्रतियोगिता सुरु गरेको हो।
गायिका शर्मिला बर्देवा सम्मानित
फुलको जवाफ पत्थरले दिनेलाई, औंलो दिँदा संसारै निल्नेलाई बोलको चर्चित गीत गाएर नेपाली संगीत प्रेमीहरुको मन जितेकी गायिका शर्मिला बर्देवा सम्मानित भएकी छन्। नेपाली संगीतको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै ईनासले गायिका बर्देवालाई सम्मानित गरेको हो।
विक्रम सम्वत २०४५ साल देखि नेपाली सांगितक क्षेत्रमा सक्रिय गायिका बर्देवाले छ सय भन्दा बढि नेपाली गीतहरु स्वर दिईसकेकी छिन्। गायिका बर्देवा गायन प्रतियोगिता तर्फ निर्णायक मण्डलमा समेत सहभागी थिईन्।
स्विजरल्याण्ड बन्यो संगीतमय
झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लोक तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाचले स्बिजरल्याण्ड संगीतमय बनेको थियो। युरोपका १३ बर्ष उमेर माथिका युवा कलाकारहरु नृत्य प्रतिस्पर्धामा गीत अनुसारका भेषभूसा सहित मञ्चमा उत्रिएका थिए। यता नेपाली पप, जाज, ब्रेक र रिमिक्स फरक शैलीका गीतहरुले झनै रौँनकता थपेको थियो।
गायन तर्फ प्रतिस्पर्धाले मात्र हैन युरोपका चर्चित नेपाली कलाकारहरुको बिशेष प्रस्तुतीले समेत दर्शकको ध्यान खिच्न सफल भयो।स्विटजरल्याण्डका गायक सुभाष सुन्दास र संगितकार रामु परियार, नेदरल्याण्डका अर्पण पोकरेर र छोसाङ, साथै ईटलीका दिपेन्द्र भण्डारीले आफ्ना सुमधुर गीतहरु प्रस्तुत गर्दै स्बिजरल्याण्डलाई संगीतमय बनाए।
राजदुत,एनआरएनए संरक्षक देखि सर्बसाधरण सम्म :
कार्यक्रममा स्बिजरल्याण्डबाट मात्र नभई युरोपका अन्य मुलुकहरुबाट पनि सहभागिता बाक्लो रहेको थियो। स्विटजरल्याण्डका लागि नेपालका राजदूत दीपक धितालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामीछाने बिशेष अतिथिको रुपमा सहभागी थिए।
एनआरएनए उपाध्यक्ष कुमार पन्त, ईनास ग्लोबलका अध्यक्ष पुष्प बरुवाल, गैर आवासीय नेपाली संघका सल्लाहकार पुष्प थापा,स्बिजरल्याण्डका आईसीसी सदस्य डा. बिनय श्रेष्ठ ,बेलायतबाट आईसीसी सदस्य संगीता मरहट्टा,एनआरएन स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरुङ,ईनासका सल्लाहकार शिखर खडका,विजय मोक्त्तान लगायत राष्ट्रिय समन्वय परिषदका ईनास प्रतिनिधिहरु पनि सहभागी थिए।
ईनास युरोप संयोजक अर्जुन काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्विटजरल्याण्डका गुणराज शर्मा, बेल्जियमकी सोफिया महर्जन र ईनास ग्लोबल मिडिया संयोजक प्रकाश तिवारीले गरेका थिए।











Dance ma 3rd runner up ko name chuttaunu bhayo hajurharuley yo news ma…….. jun stage ma ghosana garnu bhayeko thiyo kripaya news correction garnu hola… dance bidhama 4 jana lai ghosana gareko thiyo I personally think u need to consider on it. Her name is Sujata Rai (Rae Sujata
Comments are closed.