कोपनहेगन म्याराथुनमा भाग लिंदै नेपाली जोडी


प्रकाश ढकाल

कोपनहेगन । यहि मे महिनाको २२ गते आइतबार हुने कोपनहेगन म्याराथुनमा एक नेपाली जोडीले भाग लिने भएका छन् ।  मनोज दाहाल र मेन्दो लामाले सो म्याराथुनमा भाग लिने छन् । काठमाडौं कपन घर भएका उनीहरु विगत नौ वर्षदेखि डेनमार्कमा बसोबास गर्दै आएका छन् । मनोजले यस अघि पनि सन् २०१२ र २०१३मा म्याराथुनमा भाग लिएर सफल भएका थिए । उनी नै कोपनहेगन म्याराथुनमा भाग लिने पहिलो नेपाली हुन् ।

Screen Shot 2016-05-15 at 12.48.27
म्याराथुन धावक मनोज दाहाल

उनकी श्रीमती मेन्दोले भने कोपनहेगनमै भएको हाल्फ़ म्याराथुनमा ( २१.१ किलोमिटर दुरी ) ४ पटक हाल्फ़ म्याराथुन  र एक पटक सन् २०१४ मा पुरा म्याराथुन दौड पुरा गरेकी थिइन । उनी पनि कोपनहेगन म्याराथुनमा भाग लिने पहिलो नेपाली महिला हुन् । यसपटक उनीहरु दुवैजना एकैपटक पुरा म्याराथुन ( ४२.२ किलोमिटर दुरी) को दौडको लागि तयारी अवस्थामा रहेका छन् । धावक दाहालले बताए अनुसार उनी र श्रीमती संगसंगै दौडने र एकै समयमा म्याराथुन दौड पुरा गर्ने छन् । ४२ किलोमिटरको दुरीमा संगै दौडने र एकै समयमा दौड पुरा गर्ने योजना उनीहरुको छ । लामाले बताए अनुसार बाहिर अभ्यास गरे अनुसार म्याराथुन पुरा गर्नेमा उनीहरु विश्वस्त रहेका छन् । आफ़्नो श्रीमानको प्रेरणाले नै दौडने बानी भएको र अहिलेको म्याराथुन संगै पुरा गर्ने लक्षमा आंफुहरु रहेको उनले बताइन ।

Screen Shot 2016-05-15 at 12.49.53                                            म्याराथुन धावीका मेन्दो लामा
कोपनहेगन म्याराथुन संसारमै प्रसिद्ध छ र संसार भरबाट सो प्रतियोगीतामा भाग लिन आउने  करीब १३ हजार धावकले एकै पटक भाग लिंदैछन् । यो म्याराथुन नै अमेरिकाको बोस्टन, पेरिस, लन्डन, बर्लिन पछिको ठुलो र सबैभन्दा बढी सहभागी हुने दौड प्रतियोगिता पनि हो । प्रत्येक वर्षको में महिनामा आयोजित हुँदै आएको कोपनहेगन म्याराथुन मा भाग लिन हिम्मत गर्नु पनि निकै ठुलो र गर्व हुन लायक को कुरा हुने गर्दछ । सन १९८० देखि प्रत्येक वर्ष हुँदै आएको यस खुल्ला म्याराथुन  मा भाग लिन  संसारका विभिन्न देश बाट प्रतियोगिहरू भाग लिनको लागि कोपनहेगन आउने गर्दछ्न ! प्रतियोगीहरुको संख्या सुन्दा पनि अचम्म मान्नु पर्ने हुन्छ ! विगत १४  वर्ष देखि यस प्रतियोगितामा भाग लिनेको संख्या न्यूनतम पनि १० हजार हुने गरेको छ   भने सबै प्रतियोगिले शुरुवाती लाइन पार गर्न मात्र कम्तिमा १५ मिनट लाग्छ ।

४२.२  किलोमिटरको यस दौड ६ घंटा भित्र पार गर्नु पर्ने हुन्छ । ६ घंटा पछि पार गर्नेलाई कुनै मान्यता हुँदैन तर ६ घंटा भित्र पार गर्ने सबैलाई विशेष सम्मान का साथ मेडल र प्रमाणपत्र दिने गरिन्छ । यस म्याराथुनमा भाग लिने दाहाल पहिलो नेपाली हुन । आजको मितिसम्म करीब  ११ हजार जनाले प्रतियोगिको रुपमा भाग लिने तय भैसकेको छ र यो संख्या अझै बढ्ने देखिन्छ । सन् २०१२ को म्याराथुनमा  दाहाल दक्षिण एशिया बाट नै एक्ला धावक बनेका थिए । उनले बताए अनुसार अहिलेको म्याराथुनमा पनि हालसम्म दर्ता हुनेमा नेपालबाट मात्र आंफुहरु रहेको बताए । दर्ता गर्ने समय अझै भएकोले दक्षिण एशियाका अरु देशका पनि आउँ सक्ने उनले बताए । उनीहरु दुवै जना दौड पूरा गर्नेमा विश्वस्त पनि छन किनकी उनले बाहिर गर्नेगरेको अभ्यास मा सजिलै पुरा गरेको बताए ।’ शुरू गरेपछि दौड छोडनु हुँदैन सकिन्छ बरु बिस्तारै दौडने तर ट्र्याक नछाडने’ उनले थपे  । दाहाल र उनकी श्रीमती नेपालमा रहंदा कुनै खेलसंग सम्बंधित नरहे पनि आफनो ज्यानको तंदुरुस्तीको लागि सामान्य व्यायाम र दौड भने गर्ने गरेको बताए ।

Screen Shot 2016-05-15 at 12.53.40
उनका अनुसार नेपालीहरुको औसत उचाई हुने भएकोले दौड जस्तो प्रतियोगितामा पछि पर्ने गरिन्छ । यूरोपियन र अमेरिकनहरुको दांजोमा हाम्रो पाइलाको चाल छोटो हुन्छ र उनिहरु तिन कदम दौडदा हामी २ कदम मात्र दौड्न सक्छौं- उनले भने । यो म्याराथुनमा नेपाली जोडी बनेर भाग लिने उनीहरु नै पहिलो भएकोले पुरा गरेको खण्डमा पनि एकै पटक पुरा गर्ने पहिलो नेपाली जोडी बन्ने छन्  आशा गरौं उनीहरुले सोचेभन्दा पनि कम समयमा कोपनहेगन म्याराथुन पार गर्न सकुन र नेपालको नाम चिनाउन सकुन ।

3 COMMENTS

Comments are closed.