बार्सिलोना / छापामार पृष्ठभूमीबाट बिश्वकै चर्चित अल्ट्रा धाविकासम्मको यात्रा तय गरेकी मीरा राईले शनिबार स्पेनमा हुने दौडको सम्पूर्ण तयारी पुरा गरेकी छिन्। राईले ७४.३३ किमिको ट्रान्स–भुल्कानिया सिरिजको लागि सम्पूर्ण तयारी पुरा गरेकी हुन्।
भुल्कानिया सिरिजमा बिश्वकै चर्चित धाविकाहरुसँग राईले कडा प्रतिस्पर्धा गर्दै छन्। सिरिज स्पेनको ला पालमा भन्ने ठाउँमा शनिबार स्पेनको समय अनुसार बिहान ६ बजे देखि सुरु हुँदै छ। ८ बटा चेक पोष्ट राखिएको उक्त दौडमा गत बर्ष स्विडेनकी ईमिली फोर्सब्रगले ८ घण्टा ३२ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै च्याम्पियन बनेकी थिईन्।
सन् २०१६ मा मिराले यो सँगै स्पेनमा मात्र ३ बटा सिरिजहरुमा भाग लिने भएकी छन्।२४ सेप्टेम्बारमा १ सय १० किमिको स्पेनमा हुने अल्ट्रा पिरिनेउ र २२ जुनमा स्पेनमा हुने १ सय ५ किमिको बुफ इपिकमा पनि राई सहभागि हुनेछिन् ।













beat of lucky mira bahini
all the best…
best of lock.sister
Comments are closed.