बार्सिलोना / स्याङ्जा जिल्लाका दुई गाबिसहरुमा आगालागीबाट पिडितहरुको सहयोगार्थ स्पेनमा रकम संकलन अभियान सुरु भएको छ। स्याङ्जा सहयोग समाज स्पेनले पिडितहरुको सहयोगार्थ रकम संकलन अभियान सुरु गरेको हो।
गत सोमबार आगालागी हुँदा मनकामाना गाबिस लाम डाडा गाउँ र पेलाकोट गाबिस स्थित चोक गाउँमा धनमाल,बस्तु चौपायामा क्षति पुगेको छ।
स्याङ्गजा सहयोग समाज स्पेनका अध्यक्ष बेन बहादुर गुरुङका अनुसार लाम डाडामा २० बटा घर,१८ गोठ र पलाकोट गाउँमा २८ बटा घर,३० बटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन्। गुरुङले भने,” भर्खर देशमा भूकम्पको घाउ मेटिन नपाउँदै, स्याङ्जा लगायत अन्य जिल्लाहरुमा आगालागीबाट क्षति पुगेको छ, थोरै भए पनि राहत हुन सकोस् भन्दै स्पेनमा रकम संकलन गरेका हौ। ”
समाजले आफ्नो अभियानमा सहयोग पुर्याउँन स्पेन स्थित संघ संस्थाहरुलाई पत्राचार समेत गरेको छ। सहयोग अभियानलाई सार्थक बनाउँन आगलागि प्रभावित सहयोग कोषको घोषणा गर्दै अभियानलाई तिब्रता दिएको छ।
यसअघि समाजले स्याङ्जा पुतलीबजारनगर पालिका बडा नम्बर १ स्थित बालमन्दिर प्राथमिक बिद्यालयमा पोशाक तथा स्टेशनरी सामानहरु समेत बितरण गरेको थियो। यस्तै सिर्सेकोट गाबिस घुरुङ्खा उच्च माध्यमिक बिद्यालय दह पोखरीमा समेत ६१ जनालाई पोशाक बितरण, थुम पोखरा गाबिस बडा नम्बर २ जनकल्याण निमाबिमा ३५ हजार रुपैयाँ बरावरको शैक्षिक सामग्री बितरण गरेको छ।
स्थापनाकालको १ बर्षमा नै समाजले भाटखोला गाबिस स्थित जनप्रिय उच्च माध्यमिक बिद्यालय र जनमुखी प्राथमिक बिद्यालयमा अक्षयकोषको स्थापना समेत गरेको छ। समाजले भूकम्प पिडित सहयोगार्थ १ हजार ४ सय २७ युरो एनआरएनए स्पेनको राहतकोषमा जम्मा गरेर सहयोग प्रदान गरेको थियो।
हालसम्म सहयोग गर्ने सहयोगदाताहरुको नामावली
शालिकराम डुम्रे – १०० युरो
बेन बहादुर गुरुङ – १०० युरो
सन्तोष श्रेष्ठ – ५१ युरो
सुनिल रानाभाट – ५१ युरो
हेमन्त रानाभाट – ५१ युरो
शिब सुबेदी – ५१ युरो
बिनोद लामिछाने – ३१ युरो
दिपक भट्टराई – २५ युरो