कैलाली । भाट समाज नेपालको चौथो महाधिवेशन कैलालीको धनगढीमा बाबुराम रानाभाटको अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय कार्य समिति गठन गरि शनिबार सम्पन्न भएको छ ।
महाधिबेशनको उद्घाटन कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित सांसद दीर्घराज भाटले गर्दै भाट समाजमा सक्रिय भएर लाग्ने इच्छा भएको बताउँदै अहिलेको मुख्य कार्य भनेको संविधान कार्वान्यन गर्ने भएकोले समय दिन नसकेको बताए ।
रानाभाट तथा भाट समाज नामनै समाजको नाम भए पनि केहि फरक नपर्ने बताउँदै समाजलाइ उर्जा दिने, समय दिन सक्ने, बिगतका कमिकमजोरी नदोहोराई काम समिति गठन हुने बिश्वास व्यक्त गरेका थिए ।
केन्द्रिय अध्यक्ष खड्गबहादुर रानाभाटले समाजले एकै दिन, एक महिनामा समाज परिवर्तन नहुने भएकोले सामाजिक सेवामा लागिरहनु पर्ने बताए ।
सो कार्यक्रममा सांसद दीर्घराज भाट, जिल्ला न्यायाधीश शिबबहादुर रानाभाट, चिनु रानाभाट, मिनबहादुर रानाभाट, किताब खाना नेपालहरि रानाभाट, जिल्ला न्यायाधिबक्ता नारायण प्रसाद पौडेल भाट, डा. सुनिता रानाभाटलाई सम्मान गरिएको थियो ।
कैलालीको फुलबारी १८ स्थित शंकर सरस्वती अन्नपूर्ण निम्न माविका कलाकार भाइ बहिनीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा इन्दु रानाभाट, मिरा रानाभाट, तारा रानाभाट लगाएतले गीत कविता प्रस्तुत गरेका थिए ।
सो अबसरमा केन्द्रिय सल्लाहकार चिनु रानाभाट, खेलकुद मन्त्रालयका सहसचिव प्रकाश घिमिरे, केन्द्रिय सदस्य अर्जुन रानाभाट, लमजुङ जिल्ला अध्यक्ष मिर रानाभाट, चितवन जिल्ला अध्यक्ष हरि रानाभाट, कैलाली जिल्ला सचिव रंग भाटलगाएतले बोलेका थिए ।
भाट समाज नेपालका अध्यक्ष खड्गबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष नेपालहरि रानाभाटले र महासचिव देबेन्द्र रानाभाटले संचालन गरेका थिए ।