भूकम्पको पीडा: कहिँले यता कहिँले उता,जापानका पिडितलाई नेपाली खाना


भूकम्प पीडित ६ सय जना जापानीहरुलाई गैरआवासीय नेपाली संघ एनआरएनए जापानले कुमामोतो क्षेत्रमा पुगेर नेपाली खाना खुवाएको छ । गत साता गएको शक्तिशाली भूकम्प पछि प्रभावित बनेका जापानीहरुलाई दक्षिण पश्चिम जापानको कुमामोतो राज्यमा अध्यक्ष सुदन थापाको नेतृत्वमा पुगेको टोलीले नेपाली खाना खुवाएको हो ।

कार्यक्रममा नेपाली टोलीका तर्फबाट एनआरएनए जापानका उपाध्यक्षद्धय टासी वाङदी लामा, देवीलाल भण्डारी, टंक गैरे, सल्लाहकार जिज्ञानकुमार थापा, सदस्य बावुराम भण्डारी, एलिक्स बानियाँ लगायतले वृद्धवृद्धा देखि सवै उमेरका भूकम्प पीडितहरुलाई सम्मान पूर्वक खाना खुवाएका थिए । भने शुद्ध पिउने पानी लागायतको सामाग्री समेत वाढेका थिए ।Kumamoto-6समारोहमा कुमामोतो शहरका मेयर काजुफुमी ओनिशि, कुमामोतो गाकुईन कलेजका निर्देशक जुनिची मेगुरो लगायतका विशिष्ठ पदाधिकारीहरुले नेपालीहरुको सहयोग प्रति सराहना व्यक्त गरेका थिए । नेपालीहरुको सहयोग प्रति धन्यवाद दिएपश्चात उनीहरुलाई एनआरएनए जापानका अध्यक्ष थापाले जापानी सहयोगी हातहरुलाई विपतमा आफनो तर्फबाट सकेको पहिलो सहयोग भएको जानकारी दिनुभयो ।

बिहानबाटै सकृय भएको नेपाली टोलीलाई स्थानिय कुमामोतो क्षेत्रमा नेपाली रेष्टुरेन्ट संचालन गर्ने नेपाली सहित नेपाली विद्यार्थीहरु समेत सकृय रुपमा खटेका थिए ।Kumamoto1

 

1 COMMENT

Comments are closed.