शिक्षकहरुलाई अन्तर्राष्ट्रिय स्तरको कार्यशाला तालिम पोखरामा हुने


पोखरा । राष्ट्रिय शिक्षक शीप विकाश फाउन्डेशन कास्कीको आयोजना तथा नेदरल्याण्डस्थित केपिजे विश्वविद्यालय थिओला फाउन्डेशनको प्राविधिक सहयोगमा पोखरामा चार दिवसीय व्यवसायिक शिक्षक तालिम हुने भएको छ ।

ग्लोबल एजुकेशन फर ग्लोबल सिटिजनशीप इम्पसिबल इज पसिबल भन्ने मूख्य ब्यानरमा सन्चालन हुने उक्त तालिमको सम्पूर्ण तयारी पूरा भैसकेको र प्रशिक्षकहरु नेदरल्याण्ड तथा काठमाण्डौंबाट आउने पक्का भैसकेको कुरा तालिम संयोजक प्रेमबहादुर कुँवरले जानकारी दिए ।

पोखरा तथा यस आसपासका संस्थागत तथा सामुदायिक विद्यालयका करीब १६० जना शिक्षक शिक्षिकाले भाग लिने उक्त तालिममा मूख्य तीनजना बक्ता प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् ।

सँस्थाका उपाध्यक्ष विश्वराज बास्तोलाले बताए अनुसार पहिलो दिनको उद्घाटन तथा प्रशिक्षण कार्यक्रम ख्यातिप्राप्त मोटिभेसनल टे«नर रबिन कटबालको ‘ प्यासन फर प्रोफ्शन ’ मूख्य विषयमा भास्कर मेमोरियल स्कूलको व्यवस्थापनमा श्री राम मन्दिरको हलमा हुनेछ भने क्रमश ः दोश्रो, तेश्रो तथा चौथो दिनको तालिम प्रोफेसर प्रशिक्षकद्धय थियोे हुल्सोफ र दिर्की भिजरद्धारा प्रबन्ध गरिनेछ भने तालिम व्यवस्थापन तथा सञ्चालन पोखरा–१ सिमपानीस्थित केफ उच्च माविको सभाहलमा हुनेछ ।

तालिममा विश्व नागरिकतको लागि, शिक्षा बालमैत्री शिक्षा, हिंसारहित शिक्षण आदि विषयमा नेपाली तथा पश्चिमा नविनतम शिक्षण शैलीको सम्मिश्रण गराई तालिम हुने र उक्त तालिम उही शिक्षकहरुलाई आगामी असोज कार्तिकमा निरन्तर तालिम प्रदान गरि दिक्षित गरिने कुरा अर्का सदस्य केफका प्राचार्य अधिकारीले बताए ।

स्मरणीय छ, गत ६ वर्ष अगाडि शिक्षक तालिमकै लागि स्थपित यस सँस्थाले १६ वटा यस्ता अन्तराष्ट्रिय स्तरका कार्यशाला गोष्ठी सम्पन्न गरिसकेको छ । तालिममा कर्मफ्लाइट्स फाउन्डेशन, द प्याराहकीङग प्रोजेक्ट र अष्ट्रेलियाका जीनजीन हाइस्कूलका प्रिन्सिपल बेरी ब्रमफिल्डको सहयोग रहेको बताइएको छ ।