दोहा(कतार), कतारको आन्तरिक मामिला मन्त्रालय, मानवअधिकार विभागले गैरआवासीय नेपाली सङ्घ कतारलाई सम्मान गरेको छ ।
पुलिस कलेजका डाइरेक्टर जनरल ब्रिगेडर महम्मद अब्दुल्ला अलमुहन्नाले कतारको कानुनले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेटेको र पुलिस कलेज पनि मानवीय सेवाको एउटा अङ्ग रहेको विचार व्यक्त गर्नुभयो । उहाँले मानवअधिकार र प्रहरीबीचको सम्बन्ध परिपूरक रहेको तथा मानवअधिकारको उल्लङ्घन गरेर प्रहरीले कुनै काम गर्न नसक्ने समेत बताउनुभयो ।
एनआरएनएएनसिसीका अध्यक्ष विनेश तामाङले नेपाली समुदायका तर्फबाट एनआरएनए सम्मानित हुनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा हो भन्दै आगामी दिनमा कतार र नेपालबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन हौसला मिलेको बताउनुभयो । रासस