पोखरा । भाट समाज नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्य समितिको शनिबार सम्पन्न चौथो साधारण सभा एंव तेस्रो अधिबेशन श्री बहादुर रानाभाटको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा चन्द बहादुर रानाभाट, उपाध्यक्षमा ई. सुरज रानाभाट र क्या. देवबहादुर रानाभाट, सचिवमा बलराम रानाभाट, सहसचिवमा मिना रानाभाट, कोषाध्यक्षमा मीन बहादुर रानाभाट, सह कोषाध्यक्षमा जयन्ती रानाभाट सर्बसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै गरि समितिको सदस्यहरुमा कास्कीबाट कृष्णबहादुर रानाभाट, ईन्दु रानाभाट, बसन्त बन्जराभाट, नरेन्द्र रानाभाट , बलराम रानाभाट, मिना रानाभाट, नवलपरासीबाट ज्ञयप्रसाद रानाभाट र रामबहादुर रानाभाट, पाल्पाबाट बिजय रानाभाट र शेरबहादुर रानाभाट, लमजुङबाट दुर्गा बहादुर रानाभाट, स्याङ्जाबाट बिरेन्द्र रानाभाट र रुपन्देहीबाट नरबहादुर पौडेलभाट निर्बाचित भएका छन् ।
अधिबेशनको स्याङ्जा जिल्ला अदालतका न्यायाधीश शिबबहादुर रानाभाटले गरेका थिए । उनलेे कुनै पनि संघ संस्था जे कार्यको लागी गठन गरिएको हो सोहि काम गर्नुपर्ने बताउँदै ब्यक्तिगत स्वार्थ भन्दा समाज र रास्ट्रको स्वार्थ धेरै माथी हुने भएकोले सामाजिक कार्य उत्कृष्ट भएको बताए ।
कास्की प्याब्सनका अध्यक्ष चिनु रानाभाटले भाट समाजले समाज रुपान्तरणमा धेरै योगदान दिएको बताउँदै अझै धेरै गर्न सक्ने बताए ।
तनहुँका सहायक जिल्ला शिक्षा अधिकारी सुर्य रानाभाटले समाजको नाम र बिधानका कुरामा नअल्मलिईकन समाज सेवा गर्दै जानू नै सम्पुर्ण भाट बन्धुको एकता भएको बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य बुद्धि बहादुर रानाभाट, राजेन्द्र कुमार रानाभाट, रामबहादुर रानाभाट, शंकर रानाभाट, केन्द्रिय युवा परिचालन समितिका सह संयोजक रमेश राजभाट, क्षेत्रीय सल्लाहकार चन्द्र बहादुर रानाभाट, क्षेत्रीय सदस्य नरेन्द्र रानाभाट, तनहुँका अध्यक्ष मुरारी रानाभाट, कास्कीका अध्यक्ष रमेश रानाभाट, स्याङ्जाका अध्यक्ष सोभित रानाभाट, गोर्खाका अध्यक्ष अमृत रानाभाट, लमजुङकि अध्यक्ष मिरा रानाभाटलगाएतले मन्तव्य राखेका थिए ।
न्याय क्षेत्रमा उच्च स्थानमा पुगेका भाट परिवारको पहिलो सदस्य स्याङ्जा जिल्ला अदालतका न्यायाधीश शिबबहादुर रानाभाटलाई सम्मान गरिएको थियो भने तारा रानाभाटले समाजसंग सम्बन्धित गीत गाएकी थिइन ।
समितिका वरिष्ठ उपाध्यक्ष श्रीबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ई. सुरज रानाभाट र संचालन सदस्री बलराम रानाभाटले गरेका थिए ।









बधाइ सबै साथीहरुलाइ
बधाई छ नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई । उल्लेखनीय कार्य गर्नु होला ।
Comments are closed.