योगेन्द्रमिलन छन्त्याल, पोर्चुगल ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि र उनीहरुको पेशागत हक – अधिकारको रक्षाका लागि सधै सहयोग गर्ने जनाएको छ । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गर, संचार तथा लेखक अधिकार अधिकृत पामेला मोरिनिएरी र नेपाल पत्रकार महासंघ युरोप शाखाको तीन सदस्सीय टोलीबीचको छलफलमा यस्तो सहमति भएको हो ।
महासंघकोतर्फबाट युरोपमा नेपाली पत्रकारहरुको अवस्था, अवसर र चुनौतिबारे जिज्ञासा राखिएको थियो । यूरोप शाखाका अध्यक्ष केजिन राईले नेपालमा अझै अधिकांश पत्रकारहरु पेशागतरुपमा काम गर्न सक्ने अवस्था नरहेको जानकारी दिए ।
पछिल्लो समय यूरोपमा कार्यरत नेपाली पत्रकारहरू माथि समाचार र सूचना सम्प्रेषण गरेकै आधारमा भौतिक आक्रमण गर्ने जस्ता निरन्तर धम्की आईरहेको र निर्धक्क सूचना सम्प्रेषण गर्ने बाताबरण सृजना भई नसकेको बारे पनि अध्यंक्ष केजिन राईले अबगत गराएका थिए ।
सो बिषयमा महासचिब बेलांगरले अगाडि भन्नुभयो ” यस्तो कठिन र बिषम परिस्थिती कालान्तर सम्म रहिरहे आईएफजेले जस्तोसुकै कदम चाल्न तयार छ । हामीलाई लिखित र मौखिक बिबरण दिनुहोला। सूचना सम्प्रेषित गरिने बाटाहरूको अबरोध हटाऊन हामी अलिकति पनि बिचलित हुने छैनौ ।”
फ्रान्सको एन्गर्समा जुन ६-१० सम्म आयोजना हुने आयोजना हुने आईएफजे बिश्व सम्मेलनमा नेपालबाट १२ युरोपबाट १ नेपाली पत्रकार साथै बिश्वभरबाट ६ सय भन्दा बढी पत्रकारहरूले सहभागिता जनाऊने उल्लेख गर्दे बेलान्गरले नेपाल पत्रकार महासंघ ,प्रेस यूनियन, शुल्क- सदस्यता,नेपाली पत्रकार र पत्रकारिताका यावत समस्या बारे जिज्ञासा राख्नु भएको थियो ।
सो अबसरमा यूरोप उपाध्यक्ष योगेन्द्रमिलन छन्त्यालले महासंघ र शाखाबीच समन्वय र सहकार्यको सम्भावनाबारे प्रस्तावहरु राखे । टोलीका सदस्य बीरमान घर्ती मगरले युरोप शाखाको बनौटबारे महासंघलाई अवगत गराएका थिए ।
युरोपमा रहेका नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि, सम्बन्धित देशका सञ्चारमाध्यमसँग सम्बन्ध बिस्तार र पेशागत हकहितका लागि युरोप शाखा र अन्तर्राष्ट्रिय पत्रकार महासंघको सम्बन्ध र भूमिकाबारे बेलाङ्गर र मोरिनिएरीले प्रष्ट्याएका थिए ।
मार्च २२ तारिख मङ्गलबारका दिन तय भएको भेटघाट तथा छलफल बेल्जियमको ब्रसेल्स जाभेन्टम एयरपोर्ट र मालबेक मेट्रो स्टेशनको बम आक्रमणका कारण स्थगित भएको थियो । त्यसपछि बिहिबार कडा सुरक्षा जाँच संगै आइएफजे मुख्यालय रेसीडेन्स प्यालेस ब्रसेल्समा भेटघाट र छलफल सम्पन्न भएको छ ।
सो भेट संगै महासचिब बेलान्गरले नेपाली पत्रकार टोलीलाई अन्तराँष्ट्रीय प्रेसकार्ड प्रदान गर्दे निर्धक्क सुचना सम्प्रेषण गर्न पछि पर्न नहुने बताऊनु भयो ।