एम्नेष्टीको राष्ट्रिय युवा भेला सुरु


पोखरा, १३ चैत । एम्नेष्टी इन्टरनेशनल नेपालको १० औं राष्ट्रिय युवा भेला पोखरामा सुरु भएको छ ।

भेलाको उद्घाटन गर्दै जिल्ला अदालत कास्कीका मुख्य न्यायधिस शेखरप्रसाद पौडेलले अन्तर्राष्ट्रिय स्तरका सस्था एम्नेष्टीले द्वन्द्वको समयमापनि सकारात्मक काम गर्दै आएको भन्दै नागरिकको हकका जानकारी अझै समाजमा आवस्यक भएको बताए ।

देश भरबाट करिव सयको सख्यामा सहभागी युवायुवतीहरुले राष्ट्रिय युवा सम्मेलनमा भाग लिएका छन् । एम्नेष्टी नेपालका केन्द्रीय सदस्य पदमसुन्दर लामिछानेको अध्यक्षतामा सुरु भएको युवा भेलामा समूह ८२ का संयोजक वसन्त सुवेदीले स्वागत र एम्नेष्टी समूह ५४ का पोखरा संयोजक नविनराज बरालको सञ्चालन गरेका थिए ।

भेलाको उद्घाटन सत्रमा केन्द्रीय सदस्य धनप्रसाद रेग्मी, वाराही युवा नेटवर्क सचिव सुनिता लामिछाने लगायतले समूहले रचनात्मक कार्य गर्दै आएको बताएका थिए ।

भेलामा सहभागी युवायुवतीले एम्नेष्टीले राष्ट्रमा विपतको वेलामा समेत सरकारलाई सहयोग गर्दै आएको उल्लेख गरेका थिए । तीन दिनसम्म पोखरामा चल्ने राष्ट्रिय युवा भेलाले समूहको गतिविधि, वर्तमान मानविय संकट, असुरक्षा, विश्व मानवको स्वास्थ्य लगायतमा वहस गर्ने समूहले जनाएको छ । स्वतन्त्रता र मानव अधिकारको क्षेत्रमा क्रियाशिल एम्नेष्टीले विश्व व्यापी संगठन निर्माणगरी सेवा गरिरहेको छ ।