कृष्ण रानाभाट/पोखरा १३ चैत ।
पोखरा ८ र ९ मा रहेको संगम मार्ग महिला समुहको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाको पोउमनपा वडा नं. ८ र ९ का वडासचिव लोकदर्शन कोइरालाले कार्यक्रमको उद्घाटन गर्दै हरेक खाली जग्गामा फुल रोप्ने, टोलमा वेवारिसे अवस्थामा रहेको सामानहरुको कुहाएर फाल्नु भन्दा टोल विकास संस्था, आमा समूह, महिला समितिले बेच बिखन गर्न दिनुपर्ने बताए ।
टोल विकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशीले संघ संस्थाहरूले राज्यले दिएको अधिकार प्राप्ति को लागि सम्बन्धित निकायहरूलाई घच्घचाइ रहनु पर्ने बताए ।
सभाले समुहकी लक्ष्मी त्रिपाठी बास्तोलाको बार्षिक प्रतिबेदन, सचिव रीता लामिछानेको प्रतिबेदन र कोषाध्यक्ष शुशिला श्रेष्ठको आर्थिक प्रतिबेदन सर्बसम्मत पारित गरिएको थियो ।
कार्यक्रममा संगममार्ग टोल विकास समितिका अध्यक्ष रामराज लामिछाने, ई. धर्म लामिछाने, आमा समुहकी अध्यक्ष राधिका कुँवर, निलगिरी बोर्डिङ स्कुलकि प्रीन्सिपल रामु गुरुङ, बोलेका थिए ।
समुहकी अध्यक्ष लक्ष्मी त्रिपाठी बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष इन्दिरा लामिछानेले र सहसचिव लक्ष्मी कुँवरले संचालन गरेकी थिईन ।