जेष्ठ नागरिकले भोग्नु पर्ने समस्यामध्ये हिड्न नसक्नु, राम्रोसँग सुन्न नसक्नु, बोल्न नसक्ने भएकोले सबैलाई सम्मान र सहयोग गर्नुपर्ने सहभागीहरुले बताए ।
कम्युनिटी सपोर्ट ग्रुप र हेल्पएज इन्टरनेशनल नेपालको आयोजनामा बिपद प्रतिकार्य र आपतकालीन अवस्थामा जेष्ठ नागरिक सहायता सम्बन्धि दुई दिने तालिमको समापन कार्यक्रममा सहभागीले आफ्नो अनुभव व्यक्त गरेका थिए।
तालीम समापन कार्यक्रममा जिल्ला प्रशासन कार्यलय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद रेग्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि हरुले तालिमले जेष्ठ नागरिकमाथि गरिने व्यबहारमा सकारात्मक परिवर्तन गराउने बताए ।
सहभागीहरुलाई पोखरा २५ पुम्दिभुम्दीमा आदर्श जेष्ठ नागरिक समितिले सामुहिक रुपमा गरेका आय आर्जनका क्रियाकलापहरुको अबलोकन भ्रमण गराउनुका साथै छलफल समेत गराएको थियो ।
सो तालिममा हेल्पएज इन्टेरनेसनल नेपालका परियोजना अधिकृत भेष पराजुली, जय प्रजापतिले सहजिकरण गरेका थिए ।
कार्यक्रम कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको थियोे भने संचालन कार्यक्रम संयोजक भवदत्त पौडेलले गरेका थिए ।