बार्सिलोना/ नेपालबाट पोर्चुगल आउँन लागेका दुई नेपालीहरुलाई टर्कीको अध्यागमन विभागले नेपाल फिर्ता पठाएको छ। पोर्चुगलको रेसिडेन्सी कार्ड पाईसकेका नेपालीहरुलाई पनि,कार्डमा खोट लगाउँदै अध्यागमन बिभागले नेपाल फिर्ता पठाएको हो। ति नेपालीहरु काठमाडौ देखि, इस्तानबुल हुँदै लिस्बन आउँन लागेका थिए। तर कार्डमा के खोट लगायो वा कागजात मिलेन भन्ने बारे भने केहि खुलाईएको छैन।
मंगलबार बेल्जियमको जावेन्टेम अन्तर्राष्ट्रिय विमानस्थलमा नै बिष्फोट पछि,युरोपभर बिमानस्थलमा चेकजाँच कडा पारेको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भीम केसी कमलले, दुई नेपालीहरुलाई बिमानस्थलबाट नै फर्काई दिएको बारे आँफूलाई जानकारी प्राप्त भएको समाजिक संजालबाट जनाएका छन्। सामाजिक कारणले, ति नेपालीहरुको नाम भने खुलाईएको छैन।

अध्यक्ष केसीले भनेका छन् “अहिलेको समयमा सुरक्षा तथा अध्यागमन चेकजाँचमा थप कडाईका संकेतहरु देखिएका छन्, त्यसैले पोर्चुगलबाट नेपाल जाने वा आउने नेपालीहरुले आफ्नो काम, बसाई (ठेगाना),बैङ्क कार्ड, सोसल सेगुरान्सा, सबै प्रमाणित हुने कागजातहरु, कुनै कम्पनी भएँ त्यसका कगजातहरु समेत लिएर यात्रा गर्न उपयुक्त देखिन्छ।”
कागजात नभई सकेका वा प्रक्रियामा रहेका नेपालीहरुलाई समेत बढी भिडभाड हुने, चेकजाँच भइरहने संबेदनशील स्थानहरुमा सकेसम्म नजान, राहदानी साथैमा लिएर हिड्न अध्यक्ष केसीले सुझाव दिएका छन्।
यो पनि पढ्नुहोस् :- ब्रसेल्स घटना पछि युरोपका नेपाली त्रसित






फर्काइएका को नेपाली हुन ? समाचारका लागि समाचार नहोस् ! यस्ता किसिमका समाचारले तनाव बाहेक केही हुन्न !
Hamto tawa parte he vane jasto……k yo majak ho…
Comments are closed.