कृष्ण रानाभाट/पोखरा-११, चैत ।
कम्युनिटी सपोर्ट ग्रुप र हेल्पएज इन्टरनेशनल नेपालको आयोजनामा बिपद प्रतिकार्य र आपतकालीन अवस्थामा जेष्ठ नागरिक सहायता सम्बन्धि दुई दिने तालिम पोखरामा बिहीबारदेखि सुरु भएको छ ।
जेष्ठ नागरिकमा बिपदको राष्ट्रीय तथा अन्तर्राष्ट्रिय असर, नेपालमा जेष्ठ नागरिकका हक, अधिकार तथा सहुलियत, कास्की जिल्लामा बिपद व्यवस्थापन, जनसंख्या तथा उमेर सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश लगाएतका बिषयमा तालिम प्रदान गरिएको थियोे ।
जिल्ला प्रशासन कार्यलय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद रेग्मी, जिल्ला बिकास समिति कास्कीका सामाजिक विकास अधिकृत अर्जुन न्यौपाने, महिला तथा बालबालिका कार्यालय कास्कीका सुपरभाइजर राधा वाग्ले लगाएतले राज्यका निति नियम, सेवा सुबिधाको बारेमा बताउँदै जेष्ठ नागरिकलाई बिपदको समयमा अपनाउनु पर्ने सजगताका बारेमा बोलेका थिए ।
सो तालिममा हेल्पएज इन्टेरनेसनल नेपालका परियोजना अधिकृत भेष पराजुली, जय प्रजापति, कम्युनिटी सपोर्ट ग्रुपका कार्यक्रम संयोजक भवदत्त पौडेल, कालिका गण मालेपाटनका सशस्त्र प्रहरी निरीक्षक किसन केसीले सहजिकरण गरेका थिए ।
कार्यक्रम कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको थियोे भने संचालन कार्यक्रम संयोजक भवदत्त पौडेलले गरेका थिए ।