गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद स्पेन को मार्च महिनाको नियमित बैठक मिति १४ मार्च २०१६का दिन सम्पन्न भयो । रास्ट्रीय समन्वय समितिका अध्यक्ष श्री मुक्त बहादुर गुरुङ को अध्यक्षतामा सम्पन्न बैठकले निम्न निर्णयहरु गर्यो ।
संघको कार्यालय ब्यबस्थापनको लागी समय उपलब्ध गराउन कठिनाइ भएको कारण ले संयोजक सुनिल रानाभाट को स्थानमा अब उपरान्त संघका अर्का सचिब श्री राम प्रसाद सापकोटा “बिराज” लाइ कार्यालय ब्यबस्थापनको संयोजकत्व दिने निर्णय गरियो ।
गैर आवासीय नेपाली संघ स्पेनका नि. अध्यक्ष तथा बर्तमान आइ सी सी सदस्य श्री एकराज गिरि ज्यु लाइ सामाजिक अभियन्ताको रुपमा उल्लेखनीय कार्य गरेबापत स्विसनेपाल डट कम ले सम्मान गरेको कारण एकराज गिरि ज्यु लाइ एन आर एन एन ए स्पेन हार्दिक शुभकामना ब्यक्त गर्दछ ।
त्यसैगरी सोहि संस्थाबाट पत्रकारिता तर्फ अनलाइनखबर डट कम का यूरोप संयोजक तथा नेपालीनेपाली डट कम का प्रधान सम्पादक बसन्त रानाभाट ज्यु ले सम्मान प्राप्त गर्नुभएको ले वहा प्रति एन आर एन ए स्पेन हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छ ।
यसै गरि हाम्रो कार्यसमिति सदस्य श्रीमती सुमित्रा घिमिरे सापकोटा नेपाली लोकदोहोरी प्रतिष्ठान यूरोपको अध्यक्षमा निर्बिरोध निर्बाचित हुनु भएकोले एन आर एन ए स्पेन परिवार वहालाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं साथै उक्त प्रतिष्ठानको सल्लाहकारको रुपमा यस एन आर एन ए स्पेनका अध्यक्ष श्री मुक्त बहादुर गुरुङ रहनु भएको कारण वहा प्रति पनि एन आर एन ए स्पेन शुभकामना ब्यक्त गर्दछ ।
यसै गरि नेपाली वेभ खबर पत्रीका को यूरोप संयोजक श्री भोला लामिछाने ज्यु बेल्जियम स्थित संस्था बाट पत्रकारको रुपमा सम्मानित हुनु भएकोले हाम्रो संघ परिवार वहा प्रति हार्दिक शुभकामना ब्यक्त गर्दछ । त्यस पश्चात अर्को प्रस्ताबमा छलफल गर्दै नेपाली बालबालीका हरुको बृहत्तर हित लाइ ध्यानमा राख्दै स्थापाना गरिएको नेपाली पाठशालाको कक्षा हाल एन आर एन ए स्पेनको कार्यालयमा संचालन भैरहेको ले नेपाली बाल बालीकाको नेपाली भाषा प्रतिको लगावको स्वागत गर्दै संचालन भएको पाठशाला लाई आवश्यक सहयोग गर्दै उठेका केहि अस्पस्टता हरुलाई छलफल मार्फत समाधान गर्ने निर्णय गरियो ।
महिला फोरमले भब्य रुपमा सम्पन्न गरेको १०६ औं नारी दिवसको समिक्षा गर्दै कार्यक्रमकी अध्यक्षता ग्रहण गर्नु भएकी महिला फोरम संयोजक सीता सिंह ज्यु लाई हार्दिक धन्यबाद ब्यक्त गर्दै कार्यक्रममा मन्तब्य ब्यक्त गर्नु भएको प्रमुख अतिथि, बिशेष अतिथि लगायत अतिथि मुक्त बहादुर गुरुङ, प्रेम कुमारी भुषाल, उमेश अधिकारी, जानुका रेग्मी बिनिता, शितल भुर्तेल भुषाल साथै कार्यक्रम संचालिका रेनुका पौडेल ढकाल रिमा लगायत सम्पूर्ण महिला दिदि बहिनी हरुलाई शुभकामना तथा धन्यबाद ब्यक्त गरियो ।
अन्तिम प्रस्ताब को रुपमा संघको आधिकारिक वेभसाइट संचालनमा ल्याउदै डाटा संकलन प्रभावकारी रुपमा अगाडी बढाउन आवश्यक कदम चाल्दै संघका सम्पूर्ण जानकारी लगायत महत्वपुर्ण सुचना सामग्री वेभसाइट मार्फत सार्बजनिक गर्ने निर्णय गर्दै अध्यक्ष मुक्त बहादुर गुरुङ ले बैठक समापन भएको घोषणा गर्नु भयो ।
उमेश अधिकारी
महासचिब
एन आर एन ए स्पेन






Thanks, good work, more good is thaat y put yr activities in regular news for all.
Comments are closed.