आखिर दोष कस्को ?


रोजी लाबुङ (राई )

 

– रोजी लाबुङ (राई )

हरेक ब्यक्तीको आफ्नो आफ्नो आशा ईच्छा अनि चाहाना हुन्छ । आफ्नै लक्ष्य उदेश्य हुन्छ केही प्राप्ति को लागी सबैले सानो तिनो जस्तै भए पनि सपना सजाई रहेका हुन्छ ।।। कुनै पनि लक्ष्य राख्नु उदेश्य लिनु र प्राप्तिको आशा राख्नु कुनै ठुलो कुरा पनि हैन र सबैको जिवनमा लागु हुने त्यो समान्य प्रकृया नै हो जस्तो लाग्छ मलाई ।

सम्भब नै नहुने प्राप्तिको आशा राख्नु भनेको अर्कै कुरा हो तर कति मान्छेलाई साधारण जिवनमा लागु हुने कुराहरु पनि बिचीत्रको सपना झै बनी दिन्छ कति साधारण आशा ईच्छा चहानालाई समेत तिलान्जली दिन बिवस बन्नु पर्दछ कसैले । यो हाम्रो स्वार्थी समाजमा कहिले गरीबी र अभावको बाध्यतामा पिल्सीएर कहिले जातीय बिभेदको दलदलमा फसेर कहिले समाजिक अत्यचारमा रुनलीएर त कहिले परधीनताको निरंकुशतामा अल्झीएर ।

यस्तै छ यहाँ को रितीथीती यहाँ को चलन भन्दा फरक नपर्ला कि ! यसै शिलसीलामा मैले पनि छोटो काल्पनिक कथा प्रस्तुत गर्न लाग्दैछु हजुरहरु लाई कस्तो लाग्छ पढेर कमीकमजोडीहरु औंलाएर सल्लाह सुझाब दिनु होला कसैलाई केहि नराम्रो अनावश्यक महसुश भएमा अन्जान सम्झी माफ दिनु होला ।

एउटा सानो गाँउ थियो त्यो गाँऊमा एक जना महिला थिईन र उनको साथमा एक छोरी पनि ति महिलाको श्रीमान् पहिलै परमधाम गै सकेको अरे ।।बिधीको बिडम्बना कस्ले टारेर टार्न सक्छ र ? फेरी यो सबैलाई थाहा भएकै कुरा हो एक्लो अभाव र तिरस्कारको जीवन जिउन कति कस्ट र पिडादायक हुन्छ भनेर, तर के गर्नु भाविको लेखान्त मेटेर मेटिन्न भन्छन् ।।

साबीत्रीलाई पनि यस्तै दु:खको भुमरीमा पारेर जन्म दियो त दैवले ? शायद छैठिको दिनमा साबित्रीको भाग्यरेखा कोर्ने बेलामा भगवान लाई पनि समयको अभाब परेछ क्यार र त आज उसको भाग्य हत्तारीदै कोरे झै लत्तपतीएको अक्षरले कागजमा कोरिएको झैं भएको छ ऊ आफैले नबुझ्ने अनी कसैले पनि पढेर स्मरण गर्न नसक्ने गरी।

यस्तो हुनुमा बिचरी जन्म दिने ति आमाको के दोष ? उनले त ९ महिना सम्म गर्भमा राखेर यो सुन्दर धर्तीमा स्वार्थी अनि साँगुरो सोचाेई भएको समाजमा जन्म दिईन टेकाईन । अभाबै अभावमा दिन प्रति दिन साबीत्रीको बढदो उमेर संगै उसका गतिशिल ईच्छा चाहाना हरु को पाइलाहरु अघी बढ्न थाल्यो उनको भाग्यको रेखा अस्पस्ट भएता पनि कर्म रेखा भने चम्किलो कोर्न चाहन्थी ऊ ।

किन की कर्म रेखा त आफैले कोर्ने रेखा थियो। आफ्नो लागी त जो कोहिले पनि राम्रो नै होस् भन्ने चाहना राखेको हुन्छ। त्यो मध्ये साबीत्री पनि एक थिइ । समयको गति संगै उसको जीवन पनि सुख दु:ख ,घाम पानी अभाब पिडा सबै संघर्षका बावजुद अघि बढ्दै गयो जति नै अभाव अनि पिडा भोग्न परे पनि कुनै कुराको अभावको पिडाको महसुश नगरीकन अघी बढी नै रही साबीत्री….

जती नै दु:ख परे ता पनि नआत्तिइकन साउनको भेलमा बगेको निर्जिब मुढा जस्तै कहिले यो किनारमा त कहिले त्यो किनारमा ठोक्किदै अइया आथ्था को कुनै प्रतिक्रिया नदेखाई निरन्तर बगिरही बगिनै रही जता जता पानीको छालले अन्यन्त्रीत बेगले बगाई रहन्थ्यौ त्यो निर्जीव ठुटा लाई त्यसरी नै उसमा आई परेको हरेक तितामिठा पलहरु लाई स्वीकार गर्दै उ निर्दोष भए पनि लाचार बनेर यात्राहरु मा तल्लीन रहि आफ्नो गन्तव्य लाई पुरा गर्न निरन्तरता दिई रहि दिई रहि

ऊ कल्पना गर्छे यो धर्ति कती सुन्दर अनी मनमोहक छ होला भनेर फेरी उसलाई कता कता पीडाको बोध भइरहन्छ सायद उसको जीवनको यात्राहरु मा यस्तै बाटोहरु मात्र उसको लागी भनेर छुट्याईको थियो होला पीडा र अभावले भरिउन भनेर ।।।तर पनि उसले कहिलै आफुलाई कमजोड ठानीन् ।

आफ्नो लागी गर्नु पर्ने हरेक काम उ स्वयं आफै गर्ने गर्दथीन् छामछाम छुमछुम गरेर कहिले लौरो को सहारा लिएर । अनि मन मनै सोच्ने गर्दथि कुनै दिन त अवश्य पनि मैले यो निर्जिब लौरो को बद्लामा स्वजीब अनि मलाई चाहाने मलाई माया गर्ने ब्यक्तीको सुकोमल हातको स्पर्श पाउछु होला साहारा पाऊँछु होला मलाई उसैले समातेर म जता जता जान चहान्छु उतै डोर्याएर लान्छ होला ।

मैले यो निर्जीव लैरोको साहारामा कयौ चोटी लडेर ठक्कर खान पुगे सयौं चोटी तिप्लीएर लड्न पुगे तर उसले कहिले मेरो पिडा मेरो बास्तबीकता को महसूस गरेन कारण ऊ निर्जीव भएर नै होला तर अवश्य पनि जसले मेरो माया चाहान र मेरो बास्तबीकता लाई स्वीकार गरी मलाई स्वीकार गर्दछ अवश्य पनि उसले मलाई मेरो पिडालाई महसूस गर्ने छ । यस्तै यस्तै सोचाईमा उनको दिनहरु रातहरु बित्न थालेको थियो ।

भन्ने गरिन्छ “लेखेको पाइन्छ देखेको पाइदैन” हो यो कुरा ऊ सोध्न चाहन्छे उ के मेरो निधारमा कोरिएको रेखा असुभ थियो त ? के मैले जीवन भर बिना गल्ती नै पिडा भोग्नु पर्ने नै हो त ? कसैले गरिदिएको गल्तिको सजायँ भोग्दै छु सायद सुन्दर अनि मनमोहक छ होला यो संसार तर मेरो जिवन त सधै औंशीको रात जस्तो अन्धकार बनेर बित्ने भयो त ? अनि सोच्न बाध्य हुन्छे फेरी सुन्ने र भन्ने गरिन्छ “दु:ख पछी सुख अवस्य हुन्छ रे” । यदी त्यसो हो भने किन मेरो जीवनमा खुसीको बहार छाउन आउन सकेन त ?

हो उमेरको बहाव संग संगै उसले कसैसँग निस्चल मायाँ गाँस्न सोचेकी थिई तर उसको मायालाई समय र परिस्थितीले अचानक लात्याइ दियो ।। के मेरो कसै सँग माया पिरती गाँस्ने अधिकार छैन त ? किन मैले मायाँ गर्ने मनले कसैको मायाँ पाउन सकेन त ? किन मैले बनाएका आस्था र बिस्वासका मुनाहरु बिचैमा चुडिन थाले ? किन मेरो खुशी र चाहना हरु लाई कसैको मनले बुझ्न नसकेर लत्याई दिन्छन ? आखिर अरुको जस्तै मेरो पनि त मन छ, मुटु छ मैले मात्रै यो रंगिन या अन्धकार संसारमा सधै भरी मन मुटुलाई पिडा ज्वलन दिएर आशा ईच्छा दबाएर देखावटी हाँस्नु पर्ने किन ?

यस्तै अनेकौ प्रश्नहरुले साबीत्री लाई घच्घच्याई रहन्छ सताई रहन्छ झन्डै जीवनको आधा बसन्तहरुलाई पार गरि सक्दा पनि उस्ले जीवनमा कुनै त्यस्तो खुसीको पल पाउन सकिन जहाँ जुन संसारमा ऊ रमाउन चहान्थी शायद भाबिले नै छैटिमा यी सारा कुराहरु बाट उसलाई बंचित गराएको छ । हुन त जस्को भाग्यमा जे लेखिएको छ त्यही नै जीवनमा भोग गर्न पाईन्छ भन्छन् साबीत्री को भाग्यमा पनि यस्तै थियो होला शायद ।तर अंह म मान्दीनम उसको भाग्यमा यो कदापी लेखीएको थिएन यो त सिर्फ हाम्रो यो समाजको अन्धविश्वास पन थियो के उसलाई दलीत भनेर पनि भगवानले नै भनेको थियो र ?

के उनको रगतको रंग पनि रातो नभई अरु नै रंगको थियो र ? के उनको शरीर चाहि अर्कौ धातु दुव्वारा बनाईएको थियो र ? उनी मा भएको अपंगता पनि भगवानले नै बनाएको थियो त ? के भगवान पनि त्यती निश्प्रेमी हुन्छ त ?  उ अपांग भएता पनि के उसको मन माया मा पनि कुनै खोट थियो त ? तर किन उसको साँचों मायामा घृणा पाई ? उसको चोखो निश्छल मनले किन तिरस्कार पायो ? के अपांग दलीत भनेर उपनाम पाउनु मा उसको नै कुनै दोष थियो ? सबै यो समाज मा भएको क्षणीक स्वार्थको कारण कति मान्छेहरु यस्तै कुरा बाट बन्चीत भई रहेका छन् ।

यो सुन्दर संसारमा जीवनका सारा दु:ख अनी वेदनाहरु लाई बिर्साउँदै आफ्नो मायाँलुको न्यानो अंगालोमा लिप्त भएर जुनि जुनि सम्म साथ पाऊँ भन्ने चाहाना कस्को हुँदैन र ?नछुट्टिने कसम खाँदै नयाँ संसारमा रमाउने सुखको अनुभुती लिने चाहना कस्लाई हुँदैन र ?यस्तै चाहानाहरु मन भरी सजाएकी थिइ साबीत्रीले पनि एक रथका दुई पांग्रा भएर कसै संग दुई आत्माको प्रेममा मिलनमा कसैको साथमा हाँसी खुसी भएर समझदारीमा जीवनका हरेक दु:ख सुखका खुड्किलाहरु पार गर्ने सपना सजाएको थिईन् ।।। तर उसको सपना केवल सपनामानै सिमित भए ।

साबीत्री को जिवनमा यस्तो अवस्था आउनु यो सबै हाम्रो समाजमा भएको कुरीती कुसंस्कार अनि अन्धविश्वास को खेल थियो जस्तो लाग्छ मलाई । तसर्थ कयौ छन् यहाँ पिडीत हरु स्वयं माया र चाहानालाई तिलान्जली दिन बिवस भई सिर्फ अर्को जन्मको लागी उच्च जात बन्ने सपनामा सपांग हुने भावनामा अनि भावीले लेखी दिने सुन्दर भाग्य रेखाको पर्खाइमा……

अाखिर यो सबै दोष कस्को त ?  समय र परीस्थीतीको ?आशा र ईच्छाको ? चाहाना र भावनाको ? प्राकृती र नियतीको ? समाजको र सोचाईको ? कुरीती र कुसंस्कारको ? अज्ञानता र असमझदारीको ? अभाबको र प्रभाबको ? अनभिज्ञता र अशिक्षाको ?? दमन र दुष्कर्मको दबाव र दुष्टभाबको ? पुँजीबाद र नाताबादको ? कानुन र राजनितीको ??

या त स्वार्थी निश्प्रेमी अबुझ अमानवीय मानब समाजको ?

बुधबारे -५ झापा

नेपाल -हाल -यु. के