हामी महिलाहरुलाई अन्याय कहिँले सम्म …. ?


– बसन्त रानाभाट

बार्सिलोना । ‘दिनभरी सेती नदीको किनारमा बालुवा चालेर बस्छु,साना केटाकेटी बिहानै स्कुल पनि पठाउँनु पर्छ। राती घरमा पुग्दा फेरि श्रीमान् को टोकाई ।

’ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनस्थित महिला फोरमले मंगलबार बार्सिलोनामा अन्तराष्ट्रिय महिला दिबस मनाईरहँदा,सहभागीहरुले यसरी नै थुप्रै चेलीहरुका ब्यथा सुनाए–’भट्टीमा बसेर रक्सी धोकेर अबेर राती डेरामा पुग्छन्, उल्टै उनको लात्ती खानुपर्छ। रक्सीमा मात्नुको सट्टा बरु काममा सहयोग गरिदिने भए दुईचार पैसा बढी कमाई हुँदो हो,यसो हात मुख जोर्न अलि सहज त हुने थियो।’

युरोपमा कार्यक्रम भए पनि, नेपालका गाउँ गाउँमा महिलाहरुले भोग्नु परेका ब्यथाहरुलाई बक्ताहरुले जोडिरहेका थिए।

अर्का सहभागीले भने,”श्रीमान् बिते पछि,एउटी युवतीले पुरा जीवन एक्लै बिताउँनु पर्ने हाम्रो समाज,अझ छोराछोरी भए बाबुको जिम्मेबारी पनि सम्हाल्दै,हुकार्दै बढाई भविष्य देखाई दिन्छिन् तर श्रीमती बितेको १३ दिन पनि नहुँदै नयाँ दुलही भित्राउँन आतुर हुन्छन् यही समाजका पुरषहरु,आखिर यस्तो बिबेद कहिँलेसम्म ?”

12800231_583845245124382_4370841601985451822_n बार्सिलोनामा १०६ औ अन्तराष्ट्रिय महिला दिबस मनाईरहँदा बक्ताहरुले नारीका पिरमर्का र ब्यथाहरु सुनाईरहे । नेपाली समाजमा महिलाहरुले यति धेरै पिडाहरु भोगीरहेका छन्,ताकि जति धेरै सहभागीहरु बिचार राख्दा पनि ब्यथाहरु फरक फरक सुनीरहन्थे।

छोरा र छोरीलाई स्कुल पठाउँदाको बिबेद होस् वा दाईजो नल्याएको भन्दै अपहेलना भएकी बुहारीको पिडा होस्, रजश्वला हुँदा कैयौ दिन घरबाट पर लुक्नु पर्ने युवतीको ब्यथा होस् वा बोक्सीको आरोपमा जिउँदै जलाईएकी महिलाको पिडा होस् वा बलात्कारको सिकार भएका कैयौ चेलीहरुको चित्कार किन नहोस्, बास्तबिक समस्याहरु कार्यक्रममा पोखिए।

कतिपय सहभागीहरुले पुरुषको साथ बिना महिलाहरुका समस्या निराकरण हुन नसक्ने भन्दै सँगै हातेमालो गर्दै आगाडि बढ्नु पर्ने बताए। हरेक परिबारमा महिलालाई समान हक र अधिकार दिन सक्यो भने मात्र समाजमा परिबर्तन हुन सक्ने भन्दै यसमा पुरुषको साथ लिनु पर्ने धाराणा सहभागीहरुले राखेका हुन्।

12800284_583845561791017_2604309802620771207_nमहिला फोरम स्पेनकी संयोजक सिता सिंहको अध्यक्षता तथा एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जानुका रेग्मी खनाल, ज्योती गुरुङ,शितल भुर्तेल भुसाल,सरला सापकोटा,केशरी श्रेष्ठ,ऋतु ढुंगाना,बिष्णु रानाभाट,रन्जिता शिवाकोटी,देबी कुमारी भण्डारी,गंगा प्रसाद भुसाल,उमेश अधिकारी लगायतले बिभिन्न संघ सँस्थाको प्रतिनिधित्व गर्दै बोलेका थिए। कार्यक्रमको संचालन महिला फोरम उप संयोजक रिमा ढकालले गरेकी थिईन्।12800130_583845858457654_2075412815186127180_n

1 COMMENT

  1. yesta bibed haru ta kati paye thau ma mahila haru ko pachya ma lagu bhai sakeko awastha ho tara mahila ra purush bich ko bhinnata yehi ahile kati bhai rahecha tyesko barema kura garau patrakar jiu barcelona mahila forum ko karyakaram ma nepal ko gramir chetra ,asichit barga,ma ghate ka ghatana haru lai bhasan ma bhanera mahila hak hit hudaina byawar ma akhir purush haru le je gare ni ramro thik sahi mahila le uthaye ka kura haru sune nasune garni mahile harule suru gareko kamma hastachep garne mahila lai asakcham nisahay ta yehika purush harule gari raheka chan ta khai tyesko barema kuro aayeko khai mahila hak jaba hami haru jasta sakcham jimewar,european basai bhogi hareka mahila harulai ta nyaye garna saknu bhako chaina yahaka purush harule keko nepal ko gramir chetrako kahani sunayra nari hak bhannu huncha choddinus….

Comments are closed.