– धिरज शर्मा
समय यो बेकार , मेरो मात्रै हो त ?
भत्किएको सपनहरू , मेरो मात्रै हो त ?
नयनका धनि छन कोहि, कामुकताका कोहि ,
निराशाजनक यो चेहरा , मेरै मात्र हो त ?
देख्दैछु चातूर्यता , हरितकण छाएको,
मरूभूमि यो संसार , मेरै मात्र हो त ?
नङको भर मासु, मासुको भर नङ,
नभ’को केहि भर , मेरै मात्र हो त ?
समुन्नतिर लम्काइ छ , साथीभाइ सबैको,
सधै बिग्रेको ब्यापार , मेरै मात्र हो त ?