स्वीडेन । स्वीडेनमा “स्टकहोल्म नेपाली कविता महोत्सव- २०१६” सम्पन्न भएको छ । नेपाल मण्डप (नेपाली कल्चरल एसोसिएसन अफ स्वीडेन) को आयोजनामा गत २८ फेब्रुअरीमा महोत्सव सम्पन्न भएको हाे ।
विश्वकै सार्वाधिक प्रतिष्ठित नोबल पुरस्कार वितरण गरिने स्वीडेनको राजधानी स्टकहोल्ममा सम्पन्न भएको कविता महोत्सवलाई बरिष्ठ कवि तथा कालजयी गीतकार दिनेश अधिकारीले नेपालबाट स्काईप मार्फत प्रतक्ष्य रुपमा आफ्नो रचना र विचार अभिव्यक्त गर्दै कार्यत्रमको उद्घाटन गरेका थिए ।
महोत्सवमा शिल्पी थिएटर काठमणाडौका निर्देशक घिमिरे यूवराज र धरानका रंगकर्मी नवीन मेन्याङ्ग्बोको संयोजनमा नेपालका चर्चित कविहरु कुमार नगरकोटी, मनु मन्जिल, श्यामल, बिमला तुम्खेवा, सुदीप पाख्रीन, विप्लव प्रतिक, हेमन यात्री, प्रदीप मेन्याङ्ग्बो, देवान किराँती, फुलमान बल, राजेश बिद्रोही र सन्तोष थेबेले भीडियो मार्फत नेपालबाट आफ्ना कविताहरु बाचन गरेका थिए।
त्यसैगरी कविता महोत्सवमा सहभागीता जनाउदै अमेरिकाबाट दिपा राई पुन, इजरायलबाट भगवती बस्नेत, साउदी अरबबाट महेश श्रेष्ठ, नाइजेरियाबाट हिक्मत थापा, स्वीडेनको राजधानी बाहिरबाट दिप राज थापा, बेलायबाट गोपी सापकोटा र कृष्ण बजगाईंले भिडियो मार्फत आफ्ना रचनाहरु वाचन गरेका थिए भने स्वीडेन निवासी डा. ब्रिजेश मैनाली, शैलेस उपाध्याय, हेम रोकाय, शिव कुमार चौलागाईं र नवीन थपलियाले भने प्रतक्ष रुपमा मन्चमा उपस्तिथ भएर आफ्ना कविताहरु सुनाएका थिए।

स्टकहोल्म नेपाली कविता महोत्सवमा बरिष्ठ कविहरुको फोटो प्रदर्शनी समेत गरिएको थियो । सुबास अधिकारीको निर्देशनमा चर्चित कवि विप्लव ढकालद्वारा लिखित कविता “म अज्ञात शहीद अाएको छु” को नाट्य मन्चन समेत गरिएको थियो । नाटककमा दिप शर्मा, ज्ञानु भण्डारी कठायत, सुजता संग्रौला चिमरिया, उचित सिग्देल, केशब प्याकुरेल, सोमा थापा अधिकारी, रवी बोहोरा र सुबास अधिकारीले अभिनय गरेका थिए ।
उद्घोषकको रुपमा दिप शर्मा र रन्जु खड्काद्वारा संचालित यस महोत्सवमा प्रकाश र ध्वनिलाई उपयोग गरेर केही दृश्य र अदृश्य कविताहरु पनि मन्चन गरिएको थियो। नेपाली समुदायबाट प्रबिधीको माध्यमबाट नेपाल र नेपाली बाहिरको लेखकहरुलाई एउटै मन्चमा उभ्याउने यो प्रयास सम्भवत विश्वमै पहिलो पटक भएको हुनसक्छ भन्ने विचार धेरैले व्यक्त गरिरहेको छन् ।






धेरै राम्रो । दिनेश सर बाट उद्घाटन झनै सुन्दर ।
Comments are closed.