नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले पार्टी सभापतिका लागि औपचारिक रूपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। पौडेलको टीमबाट महामन्त्रीमा ससांक कोइरालाले उम्मेद्वारी घोषणा गरेका छन्। दुबैको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा राम शरण महत छन्।
पौडेलले कोषाध्यक्षबिनै प्यानल घोषणा गरेका छन् । पौडेलले आफूले जितेमा प्रकाशमान सिंहलाई उपसभापतिमा मनोनयन गर्ने बताए ।