पोखराका मेनपावर कार्यालयहरु बन्द


कृष्ण रानाभाट/ पोखरा
राज्यका विभिन्न निकायबाट चौतर्फी आक्रमण भएको भन्दै प्रधान कार्यालयहरु बन्द भएकोले शाखा कार्यालयहरुबाट वैदेशिक रोजगार सम्बन्धि कार्य गर्न असजिलो भएको भन्दै पोखराका मेनपावरहरु बन्द भएका हुन् ।

वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघका अध्यक्ष फडिन्द्रराज वरालले हस्ताक्षर गरि अनिश्चित कालका लागि पोखराका सम्पुर्ण वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि कार्यालयहरु बन्द गरिएको सुचना प्रकाशित गरी जानकारी दिएको छ ।

सुचनामा नेपाल वैदेशिक रोजगार व्यवसाय संघ काठमाण्डौले राज्यका विभिन्न निकायहरुबाट चौतर्फी आक्रमण भएको भन्दै खेद प्रकट गर्दै फागुन १३ गते देखि कार्यालय बन्द गरेको थियो भने शाखा कार्यालयहरु १६ गतेदेखि बन्द गर्ने निर्णय गरिएको वताईएको छ।