बार्सिलोना / बिगत दुई बर्ष देखि संचालन हुँदै आएको नेपाली पाठशाला स्पेनले संचालक समिति गठन गरेको छ। पाठशालाको मंगलबार बसेको एक बैठकले सरला सापकोटाको संयोजकत्वमा ९ सदस्यीय संचालक समिति गठन गरेको हो।
समितिका सदस्यहरुमा केशरी श्रेष्ठ नेमकुल, निलु अवाले श्रेष्ठ , बिष्णु रानाभाट,जमुना सापकोटा, बिनिता रेग्मी खनाल, लिला भण्डारी, दिप गुरुङ , देबी कुमारी भण्डारी रहेको संयोजक सापकोटाले जानकारी दीईन्।
नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै सापकोटाले भनिन्,” पाठशालालाई अब ब्यबस्थित रुपमा हामी संचालन गर्ने छौ ,एनआरएनए स्पेनले कार्यलय उपलब्ध गराएको छ,अब छिट्टै नयाँ बालबालिकाहरुलाई पनि समेटेर कक्षा संचालन गर्ने छौ।” उनले कार्यलय उपलब्ध गराएकोमा एनआरएनए स्पेनलाई धन्यबाद ब्यक्त गरेकी छिन्।
यसअघि सन् २०१४ जनवरी ४ तारिख देखि सरला सापकोटा ,निता अधिकारी,केशरी श्रेष्ठ नेमकुल,निलु अवाले श्रेष्ठ, बिष्णु रानाभाट र जमुना सापकोटा मिलेर नेपाली पाठशालाको स्थापना गरेका थिए।
पाठशालाको प्रभाब
विदेशमा हुर्केका आफ्ना छोराछोरीहरुले स्नेह पुर्बक बाबा, आमा भनेर बोलाईदिए पनि मन प्रफुल्ल बनाउने अभिभाबकहरु झन् उनीहरुले नेपाली अक्षर लेख्न र पढ्न थालेपछि त खुशीको कुनै सिमा नै छैन।
स्पेनको बार्सिलोनामा हुर्केका बालबालिकाहरुलाई घरमा नै नेपाली कक्षा चलाएर सिकाउन थाले पछि उनीहरुको नेपाली भाषामा सुधार आएको थियो।
स्कुल जादा बालबालिकाहरु स्पेनिस भाषामा नै लेख्न र पढ्नु पर्ने हुदा फुर्सदको समयमा नेपाली भाषालाई पनि सिक्न सकुन् भनेर हरेक हप्ता नेपाली कक्षा संचालन ल्याईएको थियो। हरेक शनिबार साँझ २ घण्टा उनीहरुलाई नेपाली लेख्न र पढ्न सिकाई पछि नेपाली भाषामा बालबालिकाहरुको सुधार आएको हो।
नेपालमा पनि ७ बर्ष जति स्कुलमा नै बालबच्चाहरुका साथ जीवन बिताए शिक्षिका केशरी श्रेष्ठले बार्सिलोना स्थित नेपाली बालबालिकाहरुलाई पढाउँदै आएकी छिन्।
यही बर्ष जनवरीमा पाठशालाले दोस्रो बर्ष पुरा गरेको छ। बार्षिकउत्सवको अबसरमा बालबालिकाहरु अभिभाबकको साथमा खानपिन गर्दै खुशी मनाएका थिए।






I like it
Comments are closed.