बसन्त रानाभाट,बार्सिलोना
ऋणले घर ब्यहबार बिग्रे पछि धेरै कमाउँने प्रलोभनमा ऋण माथि ऋण काढेर पोर्चुगलको सपना देख्ने नेपालीहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ। छोटो समयमा नै युरोपमा कार्ड बन्ने सपना बुन्दै,नेपाल देखि नै १२- १५ लाख खर्चेर पोर्चुगल आउँनेको संख्या पछिल्ला दिनहरुमा झनै बढेको हो।
बिशेष त पढाईमा तेज भएकाहरु अमेरिका,क्यानाडा,अष्टेलिया तिर गन्तब्य बनाउँने भएता पनि,त्यता तिर पुग्न असफल भए पछि, युरोप छिरेर कार्ड बनाउँने सपना धेरैले बुन्ने गरेका छन्। पढे लेखेका कतार,अरब,दुबई जानु हुँदैन भन्ने संकुचित सोचका कारणले, सेन्जेन भिसा लगाएर केहि दिनका लागि युरोप छिर्ने र यतै बस्नेहरुको संख्या दिनानु दिन बढेको पाईन्छ।
केहि दिनको भिसा लगाएर युरोप छिराए बापत नेपालमा मोटो रकम असुल्नेहरुहरुको पनि कुनै कमी देखिएको छैन। प्रलोभन देखाएर मोटो रकम असुल्दै बिभिन्न बाहानामा युबाहरुलाई युरोप भित्राउँन,यहाँको यथार्थलाई राम्रै सँग बुझेकाहरु नै सक्रिय छन्। भर्खर युरोप छिरेका एक युवाले भने, “आउँन मात्र १५ लाख खर्च भयो, अब दुख सुख पोर्चुगलमा पुगेर कार्ड बनाउनु पर्ला।”
युरोप छिर्ने बित्तिकै पोर्चुगल किन जान्छन् ?
युरोप छिरेको बर्ष दिन नबित्तै रेसिडेन्सी कार्ड बन्ने हुँदा धेरैले पोर्चुगललाई रोजाईमा राखेको पाईन्छ। माओबादी द्वन्द कालमा बेल्जियम,नेदरल्याण्ड,स्बिजरल्याण्ड जस्ता युरोपियन मुलूकहरुमा,जीवन रक्षाका लागि भन्दै शरणार्थी केस गरेर, धेरैले कागज बनाए ।
अहिले भने देशको अबस्था सामान्य भए पछि, त्यस्तो बिकल्प देखिएको छैन। कदम कदाचित नेपालीहरुले अहिले नै शरणार्थी केस गरी हाले पनि, केस फेल भई उल्टै डिपोर्ट गरेर घर फिर्ता गर्छ कि भन्ने डरले,त्यता तिर खासै चासो देखिएको छैन।
कार्ड बनाउँनका लागि सजिलो मुलूक मध्ये स्पेन पनि एक हो तर धेरै कारणहरुले गर्दा पोर्चुगल नै नेपालीहरुको प्राथमिकतामा परेको छ। स्पेनमा कार्ड बनाउँन तिन बर्ष लाग्ने र बनाउँने प्रक्रियामा मात्र करिब १० लाख रुपैयाँ सम्म खर्च हुने देखिए पछि, धेरैले आँखा पोर्चुगलमा नै लगाएको भेटिन्छ।
फेरि स्पेनमा भाषा कक्षा पढ्नु पर्ने र काम पाउँन मुस्कुल हुने हुँदा सिधै पोर्चुगलको खेति भन्दै उतै हाम फाल्ने गरेको भेटिएको छ। यद्दपी युरोपका अन्य मुलुकहरुमा बस्न सक्ने अबस्था नभए पछि,स्पेन आउँने र केहि दिन यताको अबस्था बुझेर फेरि पोर्चुगल नै अन्तिम गन्तब्य बनाउँने संख्या बढेको पाईन्छ।
पोर्चुगलको औसत कमाई ५० देखि ६० हजार रुपैयाँ, कहिले तिर्ने ऋण ?
लाखौ रकम खर्च गरेर पोर्चुगलमा आए पनि यहाँको औसत कमाई भने ५० देखि ६० हजार रुपैयाँ रहेको छ। औसत रुपमा रुपमा नेपालीहरुले कमाएको रकमले,ऋण काढेर आएको साँवा त परै जाओस् ब्याज तिर्न पनि हम्मे हम्मे देखिन्छ। कमाई हुने मुलुकमा जाँदा कुनै बिकल्प नहुनु र पोर्चुगल आउँदा कमाउँन नसक्नु युरोपमा केहि बर्ष अघि छिरेका युवाहरुले भोगेको तितो यथार्थता हो।
पोर्चुगलमा ब्यापार ब्यबसाय गरेर एक महिनामा नै लाखौ रकम कमाउँने थोरै नेपालीहरु भए पनि, औसत रुपमा एक नेपालीले ५० देखि ६० हजार रुपैयाँ कमाउँने गरेको एनआरएनए पोर्चुगलका अध्यक्ष भिम कमल केसी बताउँछन्।
“पोर्चुगलमा कार्ड बनाउँन सजिलो छ,यो सबैलाई थाहा छ तर लाखौ रकम खर्च गरेर कमाउँने सपना बुनेका नेपालीहरुलाई के भनौ ? ५- ६ सय युरो औसत कमाई हो,२ सय युरो खाना बस्न खर्च छुटाए पनि आखिर कति नै बचत हुन्छ ?” ब्याजमा ऋण काढेर १२ देखि १५ लाख सम्म खर्च गरेर पोर्चुगल आउँने नेपालीहरुको लागि धेरै मुस्किल छ ,कहिँले कमाउँने कहिँले तिर्ने ?” अध्यक्ष केसीले बताए।
पोर्चुगलमा ५ सय देखि ८ सय नेपालीहरुले आफ्नै ब्यबसाय चलाएको, सुखद पक्षलाई पनि जोड्दै उनले भने,”पोर्चुगलमा एक सय भन्दा बढी नेपालीहरुले आँफैले रेष्टुरेन्टहरु संचालन गरेका छन्, मिनी मार्केट,सुपर मार्केट,ब्युटी पार्लर,मोबाईल पसल,घुम्ती पसल,नेपाली हस्तकला तथा गार्मेन्ट जस्ता ब्यबसायहरु पनि नेपालीहरुले नै गरेका छन्। तर महिनामा ५० हजार रुपैयाँ कमाउँने सामान्य नेपाली कामदार देखि, करिब १ लाख युरो सम्म आर्जन गर्ने नेपाली ब्यबसायी पोर्चुगलमा छन्।”
पोर्चुगलको खेतिमा,नेपालीलाई रोजगार
करिब २० हजार नेपालीहरु बसोबास गर्ने अनुमान गरिएको पोर्चुगलमा नेपालीहरु बढी होटल तथा रेष्टुरेन्ट क्षेत्रमा नै काम गर्ने गरेको बताईन्छ। त्यहाँ रहेका नेपालीहरु मध्ये करिब १० प्रतिशतले आफ्नै ब्यबसाय गर्ने गरेको र २० देखि २५ परिशत नेपालीहरुले भने कृषिमा आबद्द छन्।
खेतिमा काम गर्ने मध्ये करिब ७५ प्रतिशत त अबैधानिक हुने गरेको जानकारहरु बताउँछन्। त्यही काम गरेर कार्ड बनाउँन पाईने हुनाले पनि खेतिमा ठुलो भिड देखिएको हो। राजधानी लिस्बन देखि आधा घण्टाको दुरी देखि ३ घण्टा टाढा सम्म नेपालीहरुले खेतिमा काम गर्ने गरेको बताईन्छ।
सामान्यता पोर्चुगलमा खेतीको काम भन्नाले तरकारी तथा फलफुल टिप्ने र प्याक गर्ने बुझिन्छ। रसबेरी,ब्लुन बेरी, ओलिभ,स्टोभेरी, स्याउ, अंगुर टिप्ने तथा प्याक गर्ने, भेडे खुर्सानी, बन्दा काउली गोलभेडा जस्ता तरकारी टिप्नमा ब्यस्त रहेका हुन्छन् खेतीमा काम गर्ने नेपालीहरु।
मे महिना देखि सेक्टेम्बर सम्मका लागि खेतीको सिजन भन्ने गरिन्छ भने डिसेम्बर र जनवरीमा खासै काम हुँदैन। सो समयमा कागज भएका नेपालीहरु लिस्बन आएर बस्नछन् भने,नभएकाहरु भने कन्ट्रोल आउँछ कि भनेर कुर्नु पर्ने बाध्यता छ।
पोर्चुगलमा खेतिमा दुख गरेर पनि राम्रो कमाई गर्ने भन्ने होईन। औसत कमाई उही ५ देखि ६ सयमा नै आउँने गर्छ। शरीरमा तागत भएका,परिश्रमी कामदारहरुले भने केहि घण्टा बढी काम गरेर अलि बढी कमाउँने गर्छन्। कतै बस्ने व्यबस्था कम्पनीले गरेको हुन्छ भने कतै आँफै। बस्ने ब्यबस्था गरेका कम्पनीले खाना दिदैनन्, खाना दिने भए बस्नमा आफ्नै खर्च। कतै न कतै गरी आफ्नै खर्च भने निश्चित नै छ।
युरोप आएको ६ महिना नपुगेका,भर्खर आएका नेपालीहरु सिधै खेतिमा लाग्ने गरेको पाईन्छ। खेतिमा काम सुरु गरे पछि,र त्यतैबाट कामको कन्ट्राक हाल्यो भने त्यतै अल्झनु पर्ने बाध्यता रहेको पनि नेपालीहरु बताउँछन्।
कार्ड बन्नको लागि कामदार हो कि हैन भनी कन्ट्रोल आउँनु पर्ने भए पनि,खेतीमा कन्ट्रोल आउँन ढिला हुने हुँदा,बिचैमा काम छोडेर हिड्न नसकिने बाध्यता रहेको पाईन्छ। खेतीमा करिब २ बर्ष सम्म कन्ट्रोल नगएर कागज बन्न ढिलाई भएका केहि उदारणहरु पनि रहेका छन्।
कहाँ कहाँ बाट आँउछन् पोर्चुगल
ईजारयल,कतार दुबई,साउदीमा पुगेर काम गरेका देखि बेलायत डेनमार्क,नर्बे जस्ता मुलुकमा अध्ययनका लागि आएका बिद्यार्थीहरु आफ्नो अनुकुल नभए पछि पोर्चुगललाई रोजी हाल्छन्। पढ्दा पढ्दै गरेका कलेज खारेज भए,महँगो फि तिर्न नसके पछि वा बिबिध कारणले गर्दा बिद्यार्थीहरु कार्ड बनाउँन भन्दै पोर्चुगल छिरेका हुन्छन्।
पछिल्लो क्रममा डेनमार्कमा आएका थुप्रै बिद्यार्थीहरुमा कलेज र अध्यागमनमा समस्या आए पछि कार्ड बनाउँने भन्दै यता छिर्ने क्रम बढेको पाईन्छ। यस्तै बेल्जियम,नेदरयाण्ड,स्बिजरल्याण्डमा शरणार्थी केस असफल भएका नेपालीहरु पनि पोर्चुगल नै लाग्ने गरेको पाईन्छ।
नेपाल देखि नै, युरोप छिर्न केहि दिनको सेन्जेन भिसा लगाई आएकाहरु पनि सिधै पोर्चगल आउँने गरेका छन्।यसका लागि १२ देखि १५ लाख सम्म नेपालमा नै रकम बुझाएका हुन्छन्।कतिपय भने पोर्चुगलमा सिधै वर्क परमिटमा पनि आउँने गरेका छन्। यसका लागि पनि मोटो रकम खर्च गरेको पाईन्छ।
पछिल्लो क्रममा पोर्चुगलमा सिधै बिद्यार्थी भिसामा,पढ्न आउँने बिद्यार्थीहरु पनि भेटिन थालेका छन्।पोर्चुगिस भाषामा पढाई हुँने हुँदा,आएका बिद्यार्थीहरु पनि भाषाको कारण समस्या भोगिरहेको बताउँछन्।
यस्ता बिद्यार्थीहरुको रेसिडेन्सी परमिट,अन्य सरह नहुने एनआरएनए अध्यक्ष केसी बताउँछन्। “अन्यको लागि कार्ड बनेको ६ बर्षमा पासपोर्ट एप्लाई गर्न सकिने नियम छ तर पढ्न आएका यस्ता बिद्यार्थीहरुको हकमा यो नियम स्पष्ट छैन। यसरी पढ्न आएका बिद्यार्थीहरु मध्ये ४-५ जना त बिबिध कारणले नेपाल फर्कीसकेका छन्।” उनले भने।
केहि युवा कुलतमा पनि
आँफुले सोचे जस्तो युरोप नदेखे पछि केहि युवाहरु भने कुलतमा फसेका छन्। कमाउँने रहर बोकेर आएका युवाहरु लागु पर्दाथ दुर्व्यसनीमा लागेर पार्क तिर बरालिने गरेका छन्। नेपाल देखि नै कुलतमा लागेकाहरु यता आए पछि झनै स्बतन्त्र रहने हुँदा यसरी बरालिएका हुन्।
कतिपय नेपाली त गाडी पार्किङ् गराउँन सहयोग गर्ने र उनीहरुबाट पैसा माग्ने काम पनि गर्न थालेका छन्। थोरैको संख्यामा मात्र, यसरी नेपालीहरुलाई सडकमा देखिने गरेको भए पनि पोर्चुगलमा देखिएको यो अबस्थालाई भने लुकाउँन मिल्दैन।
कसरी बन्छ पोर्चुगलको कार्ड ?
युरोप प्रबेश गरेको ६ महिना सम्म पोर्चुगलमा पुगेर पनि बैधानिक रुपमा काम गर्न मिल्दैन। कार्ड बनाउँने प्रक्रिया स्वरूप सबै भन्दा पहिले फिनान्स नम्बर बनाउँनु पर्छ। पासपोर्टमा यदी सेन्जेन भिसा छ भने, फिनान्स नम्बर लिँदा खासै रकम लाग्दैन। यदी भिसा सकिएको वा सेन्जेन नभए वकिल मार्फत बनाउँदा करिब १ सय ५० युरो सम्म खर्च लाग्ने गरेको स्थानीय बताउँछन्। लिगल भए फिनान्स नम्बर तत्काल बन्ने र अन्यको हकमा एक हप्तामा बन्ने गरेको पाईन्छ।
काम गर्ने अनुमतिका लागि सेगुरान्सा सोसियल नम्बर (ईसुरेन्स नम्बर ) बनाउनु पर्ने हुन्छ। यदी काम गर्ने कम्पनीले काम गर्ने कन्ट्राक पेपर दियो,भने आँफैले नम्बर निकाली दिन्छ। तर वकिल मार्फत जानु परेमा १ सय ५० युरो देखि ४ सय युरो खर्च लाग्ने गरेको भेटिएको छ। यसका लागि करिब २ देखि ३ महिना समय लाग्ने गरेको स्थानीय नेपालीहरु बताउँछन्।
फिनान्स नम्बर र सेगुरान्सा सोसियल नम्बर प्राप्त गरे पोर्चुगलको कार्डका लागि आबेदन दिने गरिन्छ यसका लागि युरोप छिरेको ६ महिना हुनु पर्ने,बैधानिक कामको कन्ट्राक,एड्रेस प्रुफ लगायतका कगाजी प्रक्रिया पछि आबेदकहरु कार्डको प्रतिक्षामा हुन्छन्। सामान्यता खेतिमा काम गर्ने कामदारहरुका लागि कन्ट्रोल ढिलो जाने पाईएकोले,यताबाट पेपर ढिलो बन्ने गरेको भेटिन्छ।
कसैले एप्लाई गरेको ६ महिना नै कार्ड पाउँने भए पनि कतिलाई २ बर्ष सम्म लाग्ने गरेको पाईन्छ। तर सेन्जेन भिसा नभएकाहरुको हकमा छुट्टै प्रकिया हुने हुँदा कार्डका लागि सामान्यता २ बर्ष देखि ६-७ बर्ष सम्म पनि कुर्नु परेका घटनाहरु छन्।
एनआरएनएलाई समस्याको चंगुल
नेपालीहरुको संख्या बढ्दै गए पछि गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको कार्यलयमा समस्याका चंगुल थुप्रिदै गएका छन्। राहदानी बनाउँन,फिनान्स नम्बर ,सेगुरान्सा सोसियल नम्बर देखि कामको खोजि गर्नेहरुले एनआरएनए कार्यलयको ढोका धाएकै हुन्छन्।
संघका अध्यक्ष केसी भन्छन्,”सुरु देखि नै हामीलाई नै गुहार्छन्, फिनान्स भर्न नचिनेको मान्छेसँग साक्षी बस्न प्राय: मान्दैनन् तर संस्थामा हामी जिम्मेबार भए पछि आँफै साक्षी बस्नु पर्छ। १ सय ५० भन्दा केहि बढी नेपालीका लागि त म एक्लै साक्षी बसेको छु,अन्य म जस्तै धेरै साथीहरुले सहयोग गर्नु भएको छ।”
२-३ जना ईमिग्रेसन फम भर्न,पासपोर्टको लागि ३-४ जना त्यस्तै सोध पुछका लागि ८- १० जना मान्छे दिनहुँ कार्यालय धाउँने गर्छन् ,फेरि बिबाद मुद्दा मामिला पनि त्यस्तै, कहिँले सम्बन्ध बिच्छेद, कुटपिट झगडा,लेनदेन सबै कुराहरु एनआरएनमा आउँछन्,यसलाई नेतृत्व गर्न ठुलो चुनौती छ तर पनि हामीले प्रयास गरिरहेका छौ केसीले भने।
काम गर्दै जाँदा बिबादित बिषयबस्तु त आउँछन् नै तर सामाजिक भावानाले समाजका लागि समय दिंएर काम गर्दा पनि आरोप प्रत्यारोप हुँदा कहिले काँही दुख लाग्छ उनले थपे।
पोर्चुगल आउँने क्रम बढिरहेको बेला यहाँका समस्या र बिबिध कारणले गर्दा सबै छाडेर नेपाल फर्कनेहरु पनि भेटिएका छन्। प्रत्येक महिना १०- देखि १५ जना सम्म नेपाल फर्कने गरेको अनुमान छ।






Sab ta thikai lagyo j suneko thik rahex
जापान मा पनी येस्तै
जानाकारी र सचेतनाको लागी धन्यवाद ..!
साथी..तपाईंको मीठो सुजावको लागि धनयाबाद ।
Ma pani aaudai ho sir but mero tw pasport nai hudaina so yesto ko k x process?
vayko portugalko samasy 100/parsaynt ho
Yes it is all true but samanya tarikale jiuna thik xá tara thulo aasha bokrra aaunelai thulai samasya parxaani loan linelai ta jhanai . kheti ko kam but hami nepali ko lagi dheraiiii mahatwa purna pani xan jun hamile ramro sanga sikeu vane yehako system Nepal má ajha ramro sanga lagi garna sakinxa. But paila aaune sathi harule jasari ni banayeko xá card abo aauna chahane ko lagi important kura k xá vane
HAL AAYERA SOCIAL SEGURANÇA NUMBER BANAUNA NAPAUNE DEKHIRAHEKO XA SO AHA VAYEKA SATHI VAIHARU DHERAI THULO JHAMELA MA DEKHIYEKO XA TESAILE BICHAR PURYAUNUHOLA
Sagilo xain paisa kamaun
Thanks
Abastha ramro 6ina bughera matra kadham chalnu hola
Manxe jivanma dukh kaslai garna man. Lagdaina tara Portugal ma aypxi balla gaun beshi ko yad aunxa. Kodalo rah bacharo uchalera Kam ko lagi paisa kamaunu parny hunxa ekdin haina jivan ko marun jel samma. Thanks
nepal nai ramro xa
yeti sanghars gare paxi pani asafal hune prati sambedana ra safal hune prati subhkamana.
Tks,for update all information, every one must we read and know about their situation.
Ho ra
haina spaina maa basera k dekhyo holaa portugal ???? jpt bari spain kai lekheko vaye hunthyo neee
Good information, I liked.
Aali badinai bhayo ki
Gulf ma 5 hajar bhanda mathi salary 6a bhane katai janu pardaina Europe America
Comments are closed.