रोजी लाबुङ (राई )
बिदेशी भुमीमा बसेर आफ्नो देशमा आईपरेको बिपती मा जति दुखी भयौं हामी प्रवासी नेपालीहरु सबै खिन्न बन्यौं रोयौ करायौ आफ्नो आफ्नो गच्छे अनुसारको सबै मिलेर धेरै थोरै मिलाएर भए पनि सहयोग जुटायौ सहायता गर्यौ जती ले स्वदेश मा बसेर पिडा ब्यथाहरु खपे आँशुको घुट्कोहरु पिएर बसे त्यसरी नै प्रवासमा हामीहरु पनि टीभी को स्क्रिनमा मा हेरेर भावबिह्वल बनी असहाय हुँदै लाचार भएर आँशुको घुट्कोहरु पिउँदै वस्न विवस बनेका थियौ ।
हाम्रो जननी हाम्रो मातृभूमि रुँदै क्षणभर मै कुरुप हुँदा आफ्नो कयौं सन्तती हरु गुमाएर मुर्छित हुँदा हामीलाई जति असहाय भएको थियो बिदेशी भुमीमा हामी बाध्य थियौ नियतीको निस्प्रेम चालहरु अबोध भएर हेर्न नत छेक्क सक्यौ हामीले नत रोक्न नै कारण त्यो हाम्रो हातको खेल थिएन ।।
त्यो हामी सबैलाई आवगतै छ तर आज हाम्रो मातृभूमि हाम्रो जननी यति खुसी छिन् सयौं लालाबालाहरु लाई उनले गुमाउन परेता पनि बाँकी रहेका बाँचेका उनको सन्ततीहरु ले उनको ढली सकेको शान लाई उठाई दिएका छन् निहुरी सकेको शिर लाई उचाली दिएका छन् घायल बनेको मनलाई मलहम लगाई पट्टी बाँधी दिएका छन् खै के भनौं अनि कसरी म संबोधन गरौं ति हाम्रो नेपाल आमाको सपुत सन्ततीहरु लाई हामी नेपाल र नेपालीहरुको शानलाई नेपाल र नेपालीहरुको गौरब लाई आज प्रवासमा वसेर भए पनि गौरव गर्ने मौका पायौ हर्षका आँशुहरु रोकिएनन्।
खुसीले हामी प्रवासी नेपालीहरु ले कुनै ब्यक्त गर्ने शब्द पाई रहेको छैन यति खुसीको क्षण कसरी आदानप्रदान गर्ने कारण जब हाम्रो नेपाल को बिजयी घोषणा भयो एकआपसमा फोन को माध्यम बाट गफ गर्यौ के भन्ने के बोल्ने कुरै थिएन सिर्फ हाम्रो नेपाल ले हाम्रो नेपाली टोली ले जित्यो है बस त्यती हर्षका आँशुहरु झरेर त्यहाँ भन्दा म बोल्नै सकिन मलाई मात्र त्यस्तो भएको हो कि भन्ने ठानेको थिएँ प्रति उत्तरमा म संग बोल्ने मेरो बैनीलाई पनि त्यस्तै भएको रहेछ कस्तो आँशु झर्यो खुसीको न्यूज़ नै हेर्दा पनि गाह्रो भयो भनेर त्यस पछि अन्य ३/४ जनाले फोन गर्नु भयो बहाँ हरुको आवाजमा पनि त्यस्तै सम्मिश्रण पाएँ के भयो हजुरलाई कस्तो छ ठिकै हुनुहुन्छ ? प्रति उत्तर मा पाए सबै राम्रो छ आज त हाम्रो जित भयो नि खुसीले बोल्न अनि आफै समालीन सकेको छैन भन्दै रुन्चे हाँसोमा प्रतिउत्तर पाएँ अनि मलाई लाग्यो यहि हो रहेछ हाम्रो एकता अनि हाम्रो आफ्नो पन।
आफ्नोपन हुनलाई एकता हुनलाई सेवा गर्नलाई सहयोग गर्नलाई देशप्रेमी देशभक्ति हुनको लागी आफ्नो कलासंस्कृती परम्परा जोगाउनको लागी स्वदेश मा नै बसेर मात्र सम्भव हुन्छ भन्ने कुरालाई म चाहि स्वतह अस्वीकार गर्दछु जति नेपाल आमाको सन्तानहरु स्वदेश मा बसेर खुसीयाली मनाई रहनु भएको छ एकआपस मा हाँसो खुसी साट्नु भएको छ हामीहरु पनि प्रवासमा त्यसरी नै खुसीयाली मनाई रहेको छौ साटी रहेको छौ हामी केहि फरक छैन यति मात्र भिन्नता हो हजुरहरु स्वदेश मा बसेर जयजयकार मनाई रहनु भएको छ हामी प्रवासमा बसेर चाहे हामी संसारको जुनसुकै कुनामा छरीएर रहेता पनि मन त स्वदेश प्रति नै समर्पित छ।
यो मन त हाम्रो नेपाली हो नेपाल हाम्रो मातृभूमि हो बाध्य छौ प्रवासलाई कर्म भुमी बनाएर पसीना बहाउन तयार छौ आफ्नो मातृभूमि लाई केहि बिपती आपती आई परे सबै एक जुट भई काँधमा काँध मिलाई हातमा हात मिलाई साथमा साथ मिलाई एकजुट हुन भौतीक पक्ष समाजिक पक्ष आर्थिक पक्ष हरेक पक्ष बाट हामी तयार छौ एक जुट हुन्छौ नेपाल र नेपालीको अस्थीत्व बचाउन दुख पिडा मा खुसीमा हारमा जीतमा सहभागी हुन हामीलाई कसैले रोक्न छेक्क सक्दैन हाम्रो मातृभूमि प्रति समर्पित हुन ।।।
बधाई अनि शुभकामना छ हाम्रो नेपाल अनि हामी नेपालीको शान हाम्रो ईज्जत हाम्रो प्रतिष्ठा हाम्रो संपुर्ण नेपाली टिमलाई भारतले हाम्रो राष्ट्रीय गीत बज्दा बज्दै बन्द गरी दिए पनि हाम्रो नेपाल आमाको सपुतहरुको सन्ततीहरु को खुट्टा त समातेर बाँध्न सकेन नी आखिर हाम्रै जीत भयो फेरी पनि हाम्रो नेपाल अनि हामी नेपालीहरु को शान हाम्रो नेपाली टीम लाई बधाई अनि सुभकामना
बुधबारे -५ झापा
नेपाल -हाल यु. के