वसन्त रानाभाट,बार्सिलोना
स्बिजरल्याण्डको कार्यक्रम सकेर, आईतबार बिहान मात्र आउँदै गरेकी नेपाली चेली तेरिया मगरको प्रतिक्षा बार्सिलोनामा ब्रेग थियो। साँझ सम्म प्रतिक्षा गर्दा यहाँका दर्शकहरुले तेरिया तेरिया भन्दै थिए। स्थानीय कलाकारहरुबाट सुरु भएको कार्यक्रमलाई, नजिकबाट हेरी रहेका दर्शकहरुले लामो समय सम्म तेरियालाई नै खोजे तर उनि देखिएनिन्।
स्पेनको समय अनुसार दिउँसो ४ बजे देखि राति ८ बजे सम्म धेरैले काममा ब्रेक हुने समय,छोटो समय भए पनि तेरियालाई हेर्न दर्शकहरुको भिड थियो। काममा पुग्ने बेला भईसक्यो तर तेरियालाई देखेंनन्। एकै छिन पछि भने प्रतिक्षाको घडी सकियो, झुलुक्क स्टेजमा आई पुगिन् तेरिया। नाच्नु अघि नै उनलाई धेरैले हुटिंग गर्दै प्रशंसा गरे। मन्द आवाज सुरु भयो, सुरमा सुर मिलाई। फेरि तेरियाले त्यही गीतमा ताल मिलाउँदै स्टेज तताउँन सुरु गरिन्।

सधै स्टेजमा नाचीरहने बिशेष त उनकै उमेरका बाल कलाकारहरुले पनि तेरियालाई हेरीरहे। उनको जादुमय कलाबाट केहि सिक्ने प्रेरेणा जगाएका थिए। कार्यक्रम अबधिभर तिन पटक सम्म स्टेज आईन्, नेपाली तथा हिन्दी गीतहरुमा तेरिया नाचेर दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरिन्।
नृत्यले तातेको बार्सिलोनाको मञ्च, अमेरिकाबाट आएका गायक सुमन थापा मगर र सालैजु गायिका लाली बुढाथोकीले फेरि लोकमय नै बनाए। प्रणय दिबसमा गायक बुढा मगरले सोर्है बर्ष उमेरमा,मै पनि झिल्के हुँदो हो बोलको गीत गाउँदा बाताबरण एक्कासी प्रेम मय बन्यो। लोक गायिका बुढाथोकीले सालैजु गीत गाउँदा,जाडोमा लगाएका पहिरनहरु दर्शकहरुले निकाल्न बाध्य बने। उनै सँग उफ्री उफ्री नाँचे।
मगर संघ स्पेनले ढिलै भए पनि माघे सँक्रान्ती बिशेष सांगीतिक कार्यक्रममा स्थानीय कलाकारहरुले पनि आईतबार बार्सिलोना जोडदार प्रस्तुति राखे। लोक दोहोरी गायिका सूमि घिमिरे सापकोटा, कृशला ढकाल, सोनिया खत्री लगायतका कलाकारहरुले प्रस्तुत गरेको गीत संगीतले कार्यक्रम सफल बन्यो।
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एकराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निबर्तमान आईसीसी सदस्य दीपक खरेल,एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ लगायतले शुभकामाना ब्यक्त गरेका थिए। संघका अध्यक्ष बुद्द मिलन थापाको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन सुबास थापा मगर र संयोजन राजु थापाले गरेका थिए।