– रोजी लाबुङ (राई
आफ्नो सुन्दरतामा घमण्ड नगर तिम्रो सुन्दरता सब क्षणीक हो यो त तिमीलाई पनि थाहा छ,भोली तिमी बृद्द हुन्छौ। तिम्रो उमेर सँगै तिम्रो सुन्दरताले रुप फेरी सकेको हुनेछ। बल बैश छ भनेर कसैलाई थिचोमिचो नगर तिमी पनि एक दिन नितान्त बुढो हुने छौ। धन दौलत छ भन्दैमा अाडम्बर नगर यो सबै हातको मैलो न हो, भोली गएर हामी कंगाल पनि बन्न सकिन्छ। पैसाको निम्ती आफ्नो अस्थीत्वलाई नगिराउ तिमी भोली मरेर जान्छौ तर पैसा तिमी सँगै कहिले जाने छैन। तर मरेर गए पनि तिम्रो अस्थीत्व त रहि रहने छ।
मान सम्मान पाउने आशामा कसैको चाकडी चुप्लुसी नगर मान सम्मानको भागीदार बन्नलाई तिमी आफै योग्य बन। तिम्रो आफ्नो योग्यताले तिमी आफै सम्मानित हुने छौ। ग़रीब दुखी बृद्द बालक रोगी सबैलाई आदर गर। तिमी आफै आदरको पात्र बन्ने छौ ।
जति तिमी कसैलाई गिराउन खोज्दछौ,
नबिर्स त्यो भन्दा बढी तिमी आफै गिर्नेछौ।
जती तिमी कसैलाई घृणा गरीरहेका हुन्छौ,
त्यो भन्दा बढी स्वयं आफै घृणित बन्नेछौ।।
तिमी कसैलाई अपमान गरीरहेका छौ,
सम्झ तिमी नै अपमानित भैरहेका छौ।
तिमी ले हरेक कुरामा घमण्ड गर्नु ब्यर्थै छ,
प्राण तिम्रो एक दिन उडेर जान्छ शरीर तिम्रो सडेर जान्छ तर किन यति धेरै अहमता लिन्छौ।।
हे मानवहरु हो लोभ, डाग घृणा गरेर तिमी आखिर के पाउछौं ? यो सबै ब्यर्थै छ, एक दिन सबै छोडेर जान्छौ। जानी जानी बुझ पचाउँनेहरु हो, तिम्रो लागी कुनै अर्ती उपदेश छैन कारण तिमी अबुझ हैन। अबुझलाई मुर्खलाई त बुझाउन सकिन्छ सम्झाउन सकिन्छ तर हे महानौटंकी बुझपचाउने मान्छेहरु हो तिमीहरु को लागी न दबाई छ नत कुनै उपाय नै कारण तिमी असाध्यै लाचार छौ। लाचारी पनमा नत कुनै समस्या हुन्छ नत सवाधान गर्ने मार्ग नै लाचारी पन नै सबै भन्दा ठुलो अव्यवस्थीत समस्या को मुल जड़ हो ।
तिमी हरेक कुरालाई बुझपचाएर नाटक गरीरहेको छौ नाटक रचीरहेको छौ अनि त्यसको स्वयं आफैलाई पात्र बनाई रहेको छौ हे कलंक तिमी किन जानी जानी आफै पुतली झै खिलौना झै आफ्नो अस्थीत्वलाई आफ्नो स्वामित्वलाई धवज्जी बनाएर उडाई रहन्छौ नचाई रहन्छौ स्वयम आफै नर्तकी बनी।
तिमीलाई नै थाहा छ सबै कुराहरु के राम्रो के नराम्रो? के सत्य के झुठ स्वयं तिमी आफै त्यसको निरीक्षण गर्न परीक्षण गर्न सक्छौं त ? तर किन ? आफै जानीबुझी बुझपचाएर कुमार्ग तिर आफ्नो रफ़्तार बढाउछौ ? किन गलतलाई गलत अनि सहिलाई सहि भन्न तिमी हिच्किचाऊछौ ऊफऊफऊफ मनुष्य तिम्रो नाटक देखेर पनि खार नखाने को होला यो संसारमा मलाई लाग्छ हरेक रुख़ बिरुवा प्राणीहरु पनि अच्चम्मीत छन् होला तिम्रो हरेक नौटंकी ब्यवहारमा तिमीलाई दुख परेको तिमीलाई पिर परेको तिमीलाई दबाव परेको तिम्रो मन खिन्न भएको तिमीलाई समस्या परेको तिमीलाई कसैले घृणा गरेको तिमीलाई अभाव परेको तिमीलाई घात परेको सबै सबै महसूस गर्न सक्छौं तर किन ?
तिमी कोहि तिम्रो अगाडी असाहय पिर बेदनाले अभाबले तिम्रै अगाडी लडीरहेको हुन्छ छट्पटाई रहेको हुन्छ जिवन र मरणको दोसाँधमा तर तिमी त्यसलाई बेबस्था गरी अन्तै बाटो मोडेर हिडी दिन्छौ अनि तिमी सँगै हिड्ने साथीले बिचरा यस्तो भएर छटपटी रहेको छ केहि सहयोग त गरौं एम्बुलेन्स बोलाऔ या पुलिस या त समाजसेवीलाई बोलाऊ भन्दा धेरै जसो ले स्वीकार गर्नु सहमती दिनु त परै जाओस् हेईट छिटो छिटो हिड को फस्ने यस्तोमा भरै यो सबै झन्झट आफैलाई आई पर्छ भनेर हतास गर्दै हत्तारींदै तर्कीन्छन।
बिचरा उ असक्त भई कसैले सहयोग गर्दछन् कि भनेर सहयोग पाउने आशामा आफ्नो आँखा बिच्छाई रहेको हुन्छ यदि म त्यो ठाँऊमा हुनु हो भने त्यो उसले सोच्दैन यदि त्यहि ठाऊमा उसको बावा आमा श्रीमान् श्रीमती छोराछोरी दाजु भाई दिदी बैनी कोहि आफन्त हुनु हो भने कति त्यो वास्तानै नगरी जाने मान्छेलाई गाली सराप दिने थियो होला ? तर उ पनि कसैको बाबा आमा छोराछोरी श्रीमान् श्रीमती आफन्त कोहि होला भनेर किन सोच्न महसूस गर्न सक्दैन अरुको लागी महसूस गर्ने सोच्ने आत्मा किन मरीसकेको हुन्छ किन मार्न चहान्छन् यो मान्छेहरुले माया ममता र सहयोगको भावनाहरु ब्यवहारहरु ।
कुनै समाज मा धर्मको नाममा जातभातको नाममा बर्गको नाममा राजनितीको नाममा संस्कारको नाममा अनेकौं नाराबाजी हुन्छ एउटा निर्जिब कपडा पहिरेको कारण मानब सागर उर्लन्छ एउटा चौपाय पशु काटेको कारण जनजीवन अस्तब्यस्त हुन्छ केन्द्रमा प्रकाशन मा कुरा पुग्छ जेलनेल तोकिन्छ तर त्यही कुनै यस्तो समाज छ मान्छेहरु छ एउटा सानो दुधेबालीका लुटीन्छे बलकृत हुन्छे एउटा नारी लुटीन्छे मारीन्छे एउटा अवला बोक्सीको आरोपमा कुटीन्छे गाँऊ निकाला गरीन्छे समाजबाट बहिष्कृत हुन्छे निरन्तर यो प्रकृया दोहोरी रहन्छ।
आज भोली एकदिन दुईदिन आफन्तहरु छिमेकीहरु बिरोधमा उत्रन्छन् दुईचार वटा समचारमा छापिन्छ तिनचार दिनमा सबै साम्य हुन्छ नत त्यो कुराको कुनै निष्पक्ष फैसला हुन्छ न त कुनै निश्चित नियम कानुन नै पारित हुन्छ मर्ने मरेर जान्छ कोहि बलतकृत हुन्छे कोहि समाजबाट बहिष्कृत हुन्छे सबै ऊ बिवस भएर सहन बाध्य बन्छे। क्षतिपूर्ति स्वरुप भनेर उसको ज्यानलाई उसको ईज्जतलाई उसको अपमानलाई पैसा दौलत संग दाँजीन्छ कत्ति सम्म स्वार्थी अनि निस्प्रेम मानब समाज नसोचेर सोची सक्नु छ, नत भनेर भनी सक्ने नत लेखेर नै सकिने ऊफऊफऊफ खै के भन्ने ?
सम्झदै सबै नौनारी गलेर आउछ अब अझै कहिले सम्म यो प्रकृया दोहोरीरहने हो कहिले सम्म यस्तो असुरक्षीत समाजमा ज्यानको ईज्जतको अपमानको प्रहारहरु खपेर ज्युन बाध्य बन्नु पर्ने हो नारीहरुले। जुन देशमा जुन समाजमा नारी राष्ट्रपति हुन्छीन् जुन देशमा महिला मान्य सभामुख हुन्छीन् जुन देशमा नारी सांसद छिन् , जुन देश समाजमा महिला मुक्तिको लागी भाषण गरीन्छ जुन समाजमा नारी स्वतन्त्रता को लागी नारा लगाईन्छ जुन स्थानमा महिला समानताको लागी आवाज़ उठाईन्छ तर किन ? त्यही देशमा त्यहि गाँऊ समाजमा आफ्नै घरमा आफ्नै गाँऊमा आफ्नै समाजमा दिनहुँ नारी अप हेलीत हुन्छे ?? पलपल त्यही समाजमा ऊ बलात्कृत हुन्छे त्यही अंगभंग हुन्छे त्यहि स्थान मा ऊ मारीन्छे ।
यसको उत्तर म को संग सोधुँ को सँग खोजुँ ?
बुधबारे -५
झापा-नेपाल
हाल – यु के