– रोजी लाबुङ (राई )
लेखीरहें मेट्टी रह्रो मेट्टी रह्रो लेखी रहें कहिलै खाईन हरेश चाहाना बढी रह्यो लेखी रहे पाना कहिलै भरीएन चाहाना कहिलै मेटीएन कतिले हल्लाउन खोजे लडाउन खोजे कतिले गिराउन तर म कहिले ढलीन कहिले लडीन कहिलै गिरिन ।
कतिले मेरो हात रोक्न खोजे कतिले मेरो गन्तव्य मोड्दीन खोजे तर मैले कहिलै मेरो हात रोकिन मेरो गन्तव्य मेडिन म सँदैव तल्लीन रहे मेरो हरेक चाहाना भावना र बास्तबीकता हरु सँग सहयात्री बन्दै हातेमालो गर्दै आफुले आफै संग हातमा हात मिलाई हातेमीलो गरी रहें साथमा आफै आफ्नो साथ मिलाएर म निरन्तर बढी रहें आफ्नै जिन्दगीको नगरीमा ।
मलाई कसैबाट पगरी पहिरने इच्छा भएन चाहा भएन कसैबाट प्रसंशा पाउने कसैबाट पुरस्कार पाउने कसै लाई हराउने आफु जित्ने कसै संग देखासेखी गर्ने कसै संग होडबाजी गर्ने कसै संग बाज़ी मार्ने मेरो चाहा भएन म आफुले आफैलाई इज़्ज़त गर्दछु आफुले गरेको काममा आफै हर्षित हुन्छु आफ्नो लागी आफै प्रसंशक हुन्छु कारण मैले कसैबाट यस्तो पाईन उस्तो पाईन भन्ने मनसाय अहिले सम्म लिने मौका पाएको छैन कारण अरुले मेरो लागी केहि गरेन भनेर गुनासो लिनु अवागै स्वंम म आफैले आफैलाई सबै उपमा दिएर म भरीपुर्ण भै सकेको हुन्छु सायद त्यहि कारणले होला म मा कहिलै हत्तपत्त कहिले खिन्नता बोध हुँदैन ।
सायद हजुरहरु लाई आश्चर्य लाग्छ होला कस्तो सोचबिचार आफ्नो लागी आफै प्रसंशक भनेर हाँसोमा पनि उडाउनु हुन्छ होला हैन ? तर म धेरै फरक नै बिचार दृष्टिकोण भएको ब्यक्तीमा नै पर्दछु होला मैले आफ्नै हातबाट आफै पगरी पहिरेको महसूस गर्दछु मैले आफैले आफु संग बिजयी भएको आभाष पाउछु म जे गरीरहेको छु जे छ म मा म त्यसैमा पुर्णरुपमा खुसी छु आनन्दीत छु जे गर्छु म आफैले आफै संग परीक्षा लिन्छु म आफैले आफैलाई निरीक्षण गर्दछु म आफैलाई जाँच्छु कति कुराहरु सहि हुन्छन् कति कुराहरु गल्ती हुन्छन् सहि भएमा आफै खुसी हुन्छु आफैले आफैलाई हौसला दिन्छु गल्ती भए त्यसलाई सुधार्न कोशिष गर्दछु म मेरो हरेक कार्यमा निरन्तरता दिँदै अगाडी बढ़्ने कोशिष गर्दछु ।
मान्छेहरुको प्रायजसो अगाडी मात्र हेर्ने आदत भनौं या बानी हुन्छ म सदैब मेरो अगाडी पछाडी दुबैलाई नियाल्ने गर्दछु पहिले भएको मेरो हरेक राम्रो नराम्रो पक्षलाई म मध्यनजर गर्दै म सम्सोधन गर्ने बाटोहरु खोज्दछु जे राम्रो पक्ष हुन्छ मेरो नजरमा त्यसलाई अझ बढी उत्कृष्ट बनाउने उपायहरु खोज्ने गर्दछु मलाई सफलता पाउनु मा गर्ब लाग्दैन कारण म सबै कुरामा असफल पहिले भएर सफल हुने माध्यम खोजी गर्दछु मलाई लाग्छ जसले सुरुवात देखि नै सफलता हात पार्दछ उसमा अलिक अहमता र अहमकारीपनको सृजना हुन्छ होला कि !
अनि उसले हरेक सफलतालाई समान्य मान्ने गर्दछ जो ब्यक्ती धेरै पटक असफल बन्दछ उसले सफल बन्न लाई कठोर परीस्श्रम गर्दछ अनि आफ्नो कार्यमा निरन्तरता दिंदछ एक दिन उसले सफलता पाउने छ उसले त्यो सफलतालाई धेरै मान्यता दिने छ उसको लागि त्यो बहुमूल्य प्राप्ति हुनेछ ।
मलाई कोहि भन्दा अगाडी हुन पाए कोहि भन्दा पछाडी भएँ भने ……………..मेरो यस्तो कुनै मनसाय छैन कारण मलाई लाग्छ म कोहि भन्दा अघि पनि छैन र कोहि भन्दा पछि पनि म जे छु आफैमा सीमीत छु म कसैको अघि पनि हैन पछि पनि हैन म मेरै सामु छु म स्वंम आफैको बिचमा छु म कुनै छेऊ कुना अगाडी पछाडी हैन आफैमा म आफु केन्द्र मा छु जे छु म स्वयं आफुले आफै संग तुलना गर्दछु कसै संग तुलना गरेर आफ्नो अस्थीत्व लाई अरुको दाँजोमा म दाँज्न चहान्न कारण म स्वंम म नै हो म अरु बन्न सक्दीन म जे छु त्यसैमा खुसी छु आनन्दीत छु सन्तुष्टि छु ।।।। क्रमश
बुधबारे ५
झापा
नेपाल
हाल -यु के