– प्रकास बज्रचार्य
बा भाेक लाग्यो
चाउचाउ बिस्कुट राहात पठाईदेउ ।
सुन्छु
तिमी त दरबारमा
चाैरासी ब्यजनकाे ध्याउ मार्दै छाै रे।
सुन्छु
तिमी त काठमाडौं मा
हुस्की बियर ले नुहाएकाे छाै रे।
हाम्रा त
न भकारीमा अन्न छ?
न कसैकाे भर छ।
हाम्रा त
बस्तु भाउ हिउँ खायाे।
बालीनाली हिँउले पुरियाे।
लाै न बा भाेक लाग्याे
सातु र काेदाे राहात पठाईदेउ ।
भुकम्पले घर खायाे ।
बा अामा त भुकम्पले लगिसके ।
राहातमा पाएकाे टिनकाे छत छ
तर के गर्नु दायाँ बायाँ खुला छ।
बा जाडो भाे
न्यानाे कपडा पठाईदेउ न।
तिमी त एसीमा बसेकाे छाै रे।
चिसो भएर हिटर पनि बाल्या छाै रे।
मखमली सिरानीमा निदाका छाै रे।
बाक्लो सिरक अाेडेकाे छाै रे।
हामीलाई त
एकदम ठिराएकाे छ।
हजुर बा दमले थलिसके।
हजुर अामा चिसाेले कक्री सके।
बा जाडो भाे
एउटा कम्बल पठाईदिनु न।
बा कि सकेनाै भने
भगवान लाई भनी देउ कि हिउँ पर्न छाेडी देउ।
बा कि सकेनाै भने
भगबान लाई भनी देउ कि सुर्य उदाई देउ।
बा तिमी त सिँहदरबार छाै।
हामी त हिँउकाे लाप्राक दरबार छाै।
नसके
बा हसिक मजाक छाेडी देउ।
उखान टुक्का राेकिदेउ।
(कवि साईकल सिटी पोखराको उपाध्यक्ष पनि हुनुहुन्छ।)