– रोजी लाबुङ (राई )
ठुलो एउटा रुख थियो त्यहाँ एउटा काग बस्थ्यो अनि ऊ आफ्नो जीवन रंगरुप सँग सन्तुष्ट थियो। एकदिन उ अन्य कतै डुल्न हिडेछ डुल्दै जाँदा एउटा सुन्दर पोखरीको छेऊमा पुगेछ त्यो पोखरी उसलाई निकै मनमोहक लागेछ। एउटै रुखमा बस्दा बस्दा सायद उसलाई दिक्क अनि उराठ पनि लागी सकेको थियो होला। अनि पोखरीको डिलमा बसी उ त्यहाँ भएको रंगीचंगी माछाहरु खेलेको हेर्दै नियाल्दै खुसी हुँदै रमाउदै हेर्नमा तल्लीन रहेछ। त्यतीकै मा उसले त्यहाँ एउटा बकुलालाई देखेछ र मनमनै सोंचेछ यो बकुला यति सेतो छ तर म चाहिँ यस्तो कालो छु पक्कै पनि यो बकुला यहाँको सबैभन्दा सुन्दर सुखी अनि खुसी पंक्षी होला ।
अनि उसको सौंदर्यमा आकृष्ट हुँदै उ हिच्चकीचाउदै बकुलाको छेऊमा गएछ अनि सोचेछ म अब कसरी मेरो मनको कुरा उसलाई सुनाऊँ या मेरो मनको खुल्दुली उसलाई सोधुँ कतै मलाई देखेर उसले घृणा गर्दै टाउको त उता फर्काउने त हैन ?अनेकौं कुरा सोच्दै उसले संकोच मान्दै भए पनि आफ्नो बिचार पोखेछ। अनि बकुलाले प्रसन्न मुद्रामा यसरी उत्तर दिएछ वास्तवमा मैले पनि त्यहि नै सोंच्थे तर जब मैले दुईतिन रंग मिसीएको चरालाई देखें तब मलाई लाग्यो की सृष्टिको सबैभन्दा सुखी खुसी सुन्दर पक्षी त यो पो रहेछ भन्ने लाग्यो। त्यहाँ देखि मन खिन्न भएर सँधै यहि तलाऊको डिलमा धम्छु मलाई देख्न साथ यि माछाहरु कता लुक्छन् लुक्छन् चेपचापमा जहिलै पनि भोकाएर आएको छ भन्ने ठानेर होलान् सायद भन्दै उल्टै आफ्नो पिडा पोखाए छ ।
त्यो काग फेरि त्यो दूईतीन रंग भएको चराकोमा गएर आफ्नो बिचार पोखेछ चराले त्यसलाई भनेछ म मेरो जीवनसँग मेरो रुपरंग संग एकदम संतुष्ट र खुसी थिएँ तर एकदिन म घुम्नलाई रानीबनमा गएको थिए मैले नौ रंगीबिरंगी प्वाँख भएको मयूरलाई देखें। मेरो त दुईतीन मात्र रंग छ यसैले मलाई लाग्यो की संसारको सबैभन्दा सुखी खुसी सुन्दर पंक्षी त मयूर पो रहेछ। त्यसै ले आफै देखि हार खाएर सँधै रुखमा दुलो खोपेर यही लुकेर बस्छु भोक लाग्दा मात्र बाहिर निस्कन्छु ।
त्यसपछि त्यो काग मयूरलाई खोज्न हिडेछ बल्ल तल्ल भेटेछ तर उ त कसैको पंन्जामा परेर पिंजडामा क़ैदी भएर बसेको रहेछ जब उसलाई भेट्न गयो सयौं मानिसहरु त्यस मयूरलाई हेर्न आएको देख्यो मानिसहरु गई सकेपछि त्यो काग मयूर भए ठाउँमा गएर बिस्तारै लजाउदै भनेछ म त यस्तो नराम्रो छु ,घृणा नगर है हेर मयूर, तिमी त कति सुन्दर छौ तिमीलाई हेर्न दिनहुँ हजारौं मानिसहरु आउँछन् तर तिनिहरुले मलाई भने देख्नसाथ धपाइहाल्छन् कति दुख लाग्छ यि मान्छेहरु को हेराईमा सँधै थिचिएर बस्नु पर्छ मैले। मलाई लाग्छ यस पृथ्वीको सबैभन्दा सुखी खुसी र सुन्दर पक्षी तिमी नै हौला है।
कागको यस्तो कुरा सुनी मयूरले यसरी उत्तर दिएछ, “मित्र, मैले पनि आफूलाई संसारको सबैभन्दा सुन्दर खुसी र सुखी पक्षी ठान्थें । तर मेरो सुन्दरताकै कारण आज म जीवनभरको लागि यस पिंजडामा कैद भएर बन्दी बनेर बसेको छु अनि मैले यस्तो अनुभूति गरें कि यदि म पनि काग भएको भए यसरी पिंजड़ामा बन्दी भएर बस्नुपर्ने थिएन तर स्वातन्त्र भएर आफुले चाहे अनुसार म यता उति जानसक्थें, आफुलाई मन परेको खान पाउथें खुल्ला आकाशमा उड़न पाउथें ।
माथिका यी कथनहरुलाई प्रस्तुत गर्दा,मलाई लाग्छ, हाम्रो पनि समस्या त्यहि नै छ । हामी आफूलाई अरुसँग अनावश्यक तूलना गर्छौं र दुखी बन्छौं तर हामीले हामीहरुमा जे छ त्यसलाई महत्व दिंदैनौं। त्यसको मान्यता राख्दैनौं तर याद गरौं आफूलाई असुन्तुष्टिको पराकाष्ठमा पुर्याउने मूल जरो नै अरुको जीवनसँग आफैलाई दाँज्नु हो। यसैले आँफु सँग जे छ त्यसैमा सन्तुष्ट बन्न सक्नु पर्छ। आफुमा जे छ त्यसलाई सदुपयोग गर्ने बानी बसालौ।
आफुले गरेको कुनै पनि काम कुरा कुनै पनि ब्यवहारका ख़ातिर कसैको अगाडी शिर निहुराएर हिड्न बस्न बोल्न झुक्न लुक्न पश्चताउनु नपरोस्। आफुले गरेको कुनै पनि काम कुराहरु ब्यवहारहरु मा कसै ,सँग झुकेर लुकेर शिर निहुराएर पश्चताएर,हिड्न बस्न, बोल्न,झुक्न नपरोस् त्यही हो खुसी त्यही हो सन्तुष्टि हैन र ? “आफैमा गर्ब गरौं आफैमा सन्तुष्ट बनौं।”
बुधबारे -५ झापा
नेपाल
हाल- यु .के






वाउ दिदी कत्ती रसिलो र वास्तविक लेख!
lekh rachana haru ek palt ssmaya nikaler padhnu parxa jasto lagcha …yaha Rojeee buhariko lekhma pani utikai mithash r gyanbardak kuroharu cetincha.
अति राम्रो लेख नानि
Absolutely right!
Comments are closed.