एसएलसीमा लेटर ग्रेडीङ् प्रणाली र बिद्यार्थीको भबिष्य


- शाेभराज पाैडेल

– शाेभराज पाैडेल,

जाडाे बिदामा घर जाँदा कक्षा दशमा पढ्ने भाइ निरज बराल सँग भेट भयाे।यतिकैमा मैले कुराकानी अगाडी बढाँए, के छ कान्छा खबर?अलि बढिनै उत्सुक भयर मैले प्रस्न गरे,यसपाली त तिम्राे नि एस.एल.सी. हाे क्यारे कत्तिकाे पढेकाे छाै? तर भाईले सजिलै उत्तर दियाे “पास त सियाेर भइन्छ,त्यसैले खासै पढेकाे छैन”। उ खुसि मुद्रामा थियाे।त्यसैले उसकाे खुसियालीमा बाधक नबनि मैले भने,राम्राे पढ्नु ल।

एस.एल.सी अर्थात फलामे ढाेका,बिदयालय शिक्षाकाे कक्षा दश पास भई उच्च शिक्षाका लागी याेग्य हुनु भन्ने बुझाई थियाे र छ।समय सँगै मानिसका अावश्यक्ताहरू परिवर्तन हुँदै गए। अनि अावश्यकता सँगै शिक्षाकाे अावश्यकतालाई मध्य नजर गरी विद्यालय शिक्षाकाे रूपमा अाैपचारीक शिक्षाकाे सुरुवात भयाे।अाैपचारीक शिक्षाकाे स्वरुपमा पनी समय सँगै परिवर्तन हुँदै गयाे।

अाधुनिक बिज्ञान र प्रबिधीमा भएकाे अामुल परिवर्तनलाई अात्मसात गर्दै तथा नेपाली बिद्यार्थीलाई पनि विस्व सँग प्रतिसपर्धाकाे बातावरण निर्माण गर्ने उदेश्यका साथ भर्खरै मात्र नेपाल सरकारले विद्यालय शिक्षामा लेटर ग्रेडिङ्ग वा अक्षराङ्क प्रणाली सुरु गर्दै छ।

“शिक्षण तरिका प्राचिन अनि ढुङ्गे युगकाे जस्ताे तर नतिजा प्रकासन चाँहि अाधुनिक लेटर ग्रेडिङ”। पाठ्यक्रम र शैक्षिक प्रणालीमा परिवर्तन नगरी नतिजा प्रकासन मात्रै अाधुनिक तरिकाले गर्दा समस्या उत्पन्न हुने कुरा सुनिश्चित छ। जुन प्रणाली बारे भबिष्यका कणधार अथवा स्वंयम बिद्यार्थी नै अनबिज्ञ हुँदा लेटर ग्रेडिङ प्रणाली चुनाैतिकाे रुपमा खडा भएकाे छ।

अाजकाे युग बिज्ञान र प्रबिधिकाे युग हाे।त्यसैले हाेला,हरेक क्षेत्रमा मनग्य रुपमा प्रबिधीकाे प्रयाेग भएकाे पाईन्छ।चाहे शैक्षिक क्षेत्रमा हाेस या सामान्य जीवनयापनकाे क्षेत्रमा, अाधुनिक प्रबिधीले महत्वपुर्ण भुमिका खेलेकाे पाईन्छ।जुन कुरा लाई अात्मसात गर्दै नेपाल सरकारले विद्यालय शिक्षा अर्थात एस.एल.सी. मा लेटर ग्रेडिङ पद्दती अपनाउँदै छ।

यहाँ मैले लेटर ग्रेडिङ प्रणाली बारे सामान्य जानकारी दिने प्रयास गरेकाे छु। जस अनुसार ९० देखी १०० प्रतिशत प्राप्त गर्ने विदयार्थिले (A+),८० देखी ९० प्रतिशत प्राप्त गर्ने विदयार्थिले (A) ग्रेड पाउनेछन। त्यसैगरी ७०-८० प्रतिशत ल्याउने विदयार्थिले(B+),६०-७० प्रतिशत ल्याउनेले(B),५०-६० प्रतिशत ल्याउनेले(C+), ४०-५० प्रतिशत ल्याउनेले(C)र ३०-४० प्रतिशत ल्याउनेले(D) ग्रेड प्राप्त गर्ने छन।तथा३० प्रतिशत भन्दा कम ल्याउने बिद्यार्थी फेल हुनेछ अर्थात ३० नम्बर भन्दा कम अाएका विषयमा फेरी परिक्षा दिनु पर्नेछ।

सराेकारवाला निकायमा समेत लेटर ग्रेडिङ प्रणाली बारे प्रयाप्त जानकारी नहुदा बिद्यार्थीको बुझाईमा नकारात्मक असर पर्न गएकाे छ। यसले गर्दा,यदी भाेली बिद्यार्थी D,E,F,G ग्रेड प्राप्त गर्याे भने उसले A ग्रेड प्राप्त गर्ने विदयार्थि सँग प्रतिसपर्धा गर्न पाउने कि नपाउने भन्ने कुरा अन्योल छ।साथै बिद्यार्थीले “पास ढुक्क भईन्छ” भन्ने धारणा वसेकाे हुदा यसले गुणस्तरमा नकारात्मक असर पार्ने देखिन्छ। सहि धारणाकाे अभावमा बिद्यार्थीमा पढाई प्रतिकाे रुचि नै कम्जाेर हुदै गएकाे छ।खालि उच्च शिक्षाकाे लागी ढाेका खाेल्नु भन्दा पढाई काे गुणस्तरमा बृदी गर्नु पर्ने देखिन्छ।

शैक्षिक वर्षकाे अाधा समय वितिसक्दा सम्म पाठ्यपुस्तक छाप्न नसक्ने सरकारले लेटर ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकासन गर्नु कत्तिकाे फलदायक हाेला याे अाम जनसमुदायले बुझ्नु पर्ने कुरा हाे। अन्तयमा याे कुराकाे अवगत गराउन चाहान्छु भने, कृपया शिक्षक र अादरणीय गुरु वर्ग, समय छाेटाे छ।त्यसैले बिद्यार्थीको धारणामा सुधार गरी राम्राे शैक्षिक वाताबरण तयार गरिदीनु, हाेला।

हाल अारुखर्क ५ स्याङ्जा