दोहा । कास्की आदर्श सेवा समाज कतारको पाँचौ महाधिवेसनबाट मनप्रसाद रानामगरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा धनबहादुर कार्की, द्वितीय उपाध्यक्षमा केशर क्षेत्री, सचिवमा विश्ववन्धु थापा, सहसचिवमा जीवनकुमार सुनार, कोषाध्यक्षमा शिवप्रसाद बास्तोला र सहकोषाध्यक्षमा द्रोणप्रसाद बास्तोला चयन भएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरुमा बिकासराज बराल, अगन्धर देवकोटा, हेमबहादुर विक, प्रेमलाल अधिकारी, देवकृष्ण तिमील्सिना, भिम गिरी, मानबहादुर कुँवर र गोकर्णबहादुर सुनार चयन भएका छन् ।
गत शुक्रबार दोहाको नक्यान रेष्टुरेन्टमा आयोजित अधिवेशन संस्थाका अध्यक्ष आशबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई व्यानर अनावरण तथा दीप प्रज्वलन गरी उदघाटन गरिएको थियो । कार्यक्रमलाई संस्थाका उपाध्यक्ष रेशम बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा फेवा सांस्कृतिक परिवारका कलाकारहरुले स्वागत गीतले अतिथीहरुलाई स्वागत गरे । कार्यक्रममा प्रमुख अतिथीमा कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव हरी अर्याल थिए । कार्यक्रममा विशेष अतिथी गैर आवासिय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद कतारका प्रमथ उपाध्यक्ष नगेन्द्र पोखरेलले सामाजिक कार्यमा अग्रसर रहेको कास्की आदर्श समाजको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।
विशेष अतिथीहरु एनआरएनए आईसीसी सदस्य तथा संस्थाका सल्लाहकार संयोजक हंशराज ढकाल र जनसम्पर्क समितिका सभापति तथा संस्थाका वरिष्ठ सल्लाहकार बिमल सुवेदीले संस्थाबारे प्रष्ट पारेका थिए । कार्यक्रममा नेपालमा विभिन्न प्राकृतिक प्रकोपबाट क्षति पुगेका घर परिवारलाई सहयोग गर्ने अभियानमा साथ दिएका समाजसेवीहरुलाई संस्थाले सम्मान गरेको थियो ।
कास्की आदर्श सेवा समाजको मताहतमा रहेको फेवा सांस्कृतिक परिवारका लोक गायक विरेन्द्र सुनारको ‘मर्दैछ यो पागल’ बोलको गिती एल्बम विमोचन गरिएको थियो । एल्बमको विमोचन गर्दै गायक सुनारले आफ्नो प्रस्तुती राखेका थिए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समितिका उपसभापति देवराज अवस्थी, प्रवासी नेपाली मञ्चका सचिव हरी बस्नेत, पत्रकार महासंघका सचिव अजिज अली लगायतको उपस्थिति थियो । सभापति आशबहादुर गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै नयाँ आउने कार्यसमितिलाई शुभकामना दिएका थिए । उनले ४ बर्षे आफ्नो कार्यकाललाई स्मरण गर्दै संस्थाका गतिविधिबारे स्पष्ट पारेका थिए ।
‘कास्की आदर्शको चाहाना, सभ्य सम्बृद्ध समाजको स्थापना’ भन्ने नाराका साथ कतारमा सन् २००२ मा संस्था स्थापना भएको हो ।
पाँचौ महाधिवेशनको बन्दसत्र कार्यक्रमको निर्वाचन समितिको संयोजकमा हंशराज ढकाल क्षेत्री रहेका थिए । कार्यक्रममा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । विद्यान संस्ाोधन समितिको संयोजकमा बिमल सुवेदीले भूमिका निर्वाह गरेका थिए ।