– फणिन्द्र पन्त
संघीय लोकतान्त्रिक,गणतान्त्रिक देश नेपालका कार्यकारी प्रधानमन्त्री ज्युलाई एक सल्लाह तथा भुतपुर्ब ज्युहरुलाई एक अनुरोध गर्दै छु , कोहि प्रधानमन्त्री को नजिक छ भने उहाँ सम्म खबर दिनुहोला। …
सम्माननीय प्रधानमन्त्री ज्यु ,
गणतान्त्रिक लोकतन्त्रको मुलुकमा हुर्केको एक नागरिकले आफ्नो प्रधानमन्त्रीलाई (अवैतनिक) सल्लाह दिदै छु स्विकार्नु होला। जनताकै बहुदलीय जनबादको अभ्यासबाट राष्ट्रको उच कार्यकारी हुनुभएकोमा हार्दिक बधाई दिदै एक सामाजिक सुधारको अपेक्षा गरेको कुरा जाहेर गर्दछु।
हामी सानो छदा “कम्युनिस्टहरुले ७० बर्ष पछिका बुढा बुढीलाई मार्छन रे ” भन्ने हल्ला सुनेको थियौ “कांग्रेस गाउमा”। मनमोहन (प्रधान ), भारत मोहन( अर्थ ) तपाई गृह मन्त्रिको कार्यकारी हुँदा ७० बर्षको उमेर पछि सामाजिक हेरचाह गर्ने आर्थिक सहयोग राज्यले गरेर अनुपम काम गरि सामाजिक भ्रम चिर्ने मात्र हैन सामाजिक राज्यको परिकल्पनाको नमुना पेस गरेको जग जाहेर छ।
अब फेरी अर्को मौका तपाई सँग छ। करिब ३ बर्ष पहिले तपाई नेदरल्यान्ड्स आउदा केहि घण्टा संगै बसेर छलफल गर्ने संयोग जुरेको थियो। राष्ट्रिय स्तरको नेताले युबाहरु माँझ बोल्ने खरो तरिका देखेर मलाई अचम्म लागेको थियो। “बादर ….” के के को उखान मार्फत व्यंग्यात्मक गाली गर्दै हुनुहुन्थ्यो।
मैले जीवनमा भेटेको मध्ये सबैभन्दा खरो देखे तपाईलाई, मलाई के थाहा देश गुनाको भेष हुनुपर्छ भनेर। देशले तपाईलाई एक उच्च तहमा पुर्यायो। तपाईको बोल्ने शैली अलि फेरिएको पक्का देखियो। अरुलाई गाली गर्ने तपाई , हसाउँन थाल्नु भयो। तपाई बोल्यो की हाँस्छन् आज भोलि।”जिब्रो नै तान्लान कि ” भन्दै हुनुहुन्थ्यो। यो प्रसङ्गको कुरा मात्र हो, मेरो यसमा कुनै चासो छैन।
मेरो अपेक्षा र पर्खाइ अर्कै छ। तपाईले ल्याउँने सामाजिक परिबर्तन। देशको परिस्कृत राजनैतिक व्यवस्था सँगै ब्यबहारिक शुद्दता समय र उमेर सापेक्षिक अभ्यास। काम गर्न भन्दा सुझाब पेश गर्न पक्कै सजिलो हुन्छ ,त्यसैले एक प्रसङ्ग मात्र उजागर गर्न चाहान्छु।
भुतपुर्ब सम्माननीय,माननीयहरुलाई मान मर्यादा राज्यले दिने कुरा स्वभाबिक मान्न सकिएला तर यो जन अपेक्षा बिपरित देखिएको कुरा हो। नेताको सम्मान नहुने अवस्था भनेको सिंगो समाजको लागि कुरुप अवस्था हो। कसैले यो सामाजिक कुरुतिलाई हटाउँन जरुरी छ। हामीले भन्दा बिरोध गरे जस्तो भै राको छ तर नेता गणले, जन बिश्वास फिर्ता गर्ने व्यवस्था गर्न, नेपाली समाजमा जरुरी छ ; कार्यकारी प्रमुखको हैसियतले तपाईले यो गर्न सक्नुहुन्छ प्रधानमन्त्री ज्यू।
८० प्रतिशत भन्दा बढी नागरिक राष्ट्रिय राजनीतिमा नेतृत्व सुद्दिकरण चाहन्छ। नेकपा एमाले ,नेपाली कांग्रेस , एकिकृत माओबादी सबैमा सधै नेतृत्व विकास निसास्सिएको छ , निमोठिएको हुन्छ भन्ने छरपस्ट छ। भुतपूर्व भै सकेका सम्माननीयहरु राज्यको सुविधामा आजिबन सक्रिय – नेतृत्वलाई राजनीतिमा “पोजिसन होल्ड ” गर्न तल्लिन देखिएको छन्।
मेरो सल्लाह छ तपाईलाई, राज्यको सुबिधा लिने सम्पूर्ण भुत पूर्व सम्मानीय – माननीयहरु देखि पूर्व राजा ज्ञानेन्द्र शाह सम्मलाई पनि देशको कुनै ( उहाँहरुकै इच्छा अनुसार ) सामाजिक , आर्थिक , स्वास्थ्य, शिक्षा क्षेत्रहरुमा उचस्तरिय समितिको सभापति बनाएर आजिबन ब्यस्त हुने प्रक्रियाको थालनी स – सम्मान गरि दिनुहोस्।
उदाहरणका लागि पुर्ब राजा ज्ञानेन्द्रलाई राष्ट्रिय निकुञ्ज विकास सभापति, पुर्ब प्रधानमन्त्री प्रचण्डलाई लुम्बिनी विकास परिषदको सभापति , सुशिल कोईरालालाई बिपी कोइराला क्यान्सर परिषद भरतपुरको सभापति,पुर्ब राष्ट्रपति रामबरण यादबलाई बि पी कोइराला स्वास्थ्य बिज्ञानको सभापति,पुर्ब प्रधानमन्त्री झलनाथ खनाललाई मनमोह प्रतिष्ठान यस्तै गरि बाबुरामलाई सडक विकास वा ग्रामिण आर्थिक विकास, यस्तै यस्तै। तर यहाँ शेर बहादुर जी हरुले आँफुलाई गिरिजा जी ले जसरि राखे त्यसै गरी, गगन जी वा बिश्व प्रकाश जी लाई गरे , समाज कहिले सुधार हुने ?
यो प्रक्रिया भयो भने राज्यको सुबिधा मात्र उत्पादक नभएर भुतपुर्ब सम्मानीयहरुको सम्मान जनताको नजरमा चुलिन्छ। भुतपुर्ब सम्माननीय – माननीय पनि सृजनात्मक रुपमा ब्यस्त। देश र पार्टीहरुमा पनि नयाँ उर्जाशील नेतृत्वको विकास हुने पक्का हुन्छ। नेपाली सामाजिक सोच रुपान्तरण नभई केहि विकास कुनै क्षेत्रमा भए पनि सभ्यता बिनाको विकास हुनेछ। यो सामाजिक – राजनीतिक नैतिकताको प्रश्न हो। रोजाई तपाईको।
-हाल नेदरल्याण्ड