टर्कीको ठूलो सहर इस्तानबुलमा मंगलबार गराइएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । बम धमामका इस्तानबुलको ऐतिहासिक पर्यटकीय क्षेत्र सुल्तानअहमतमा भएको हो ।
कसले बम विष्फोट गराएको बारे आधिकारिक रुपमा खुलासा नभएपनि कतिपय स्थानीयले आत्मघाती बम विष्फोट गराइएको बताएका छन् । तर, त्यसको आधिकारिक पुष्टी भने भएको छैन । स्थानीयले विष्फोटको आवाज ठूलो रहेको बताए ।
प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।