नेपाल उत्पीडित जातीय समाज युरोपको दोस्रो भेला बेल्जियममा हुने


बार्सिलोना/ नेपाल उत्पीडित जातीय समाज युरोपको दोस्रो भेला बेल्जियममा हुने भएको छ। प्रबासी उत्पीडित नेपालीहरुलाई एक साथ गोलबन्द गराई यूरोपमा स्थापित प्रबासी उत्पीडित बर्गहरुको छाता संगठनको रुपमा बताउँने समाजले फेब्रबरी २ तारिक आन्त्रोपनमा दोस्रो भेलाको आयोजना गर्न लागेको हो।

उत्पीडित समाज युरोपका महासचिब हरिश्चन्द्र नेपालीले दिएको जानकारी अनुसार भेलालाई उद्घाटन गर्न बाताबरण तथा जनसंख्या मन्त्रि विश्वेन्द्र पासवान बेल्जियम आउँने भएका छन्। मन्त्री पासवानको समेत उपस्थिति रहने भेलामा बेलायत, स्पेन, पोर्चुगल, अष्ट्रिया,लगायत युरोपियन मुलुकहरुबाट प्रतिनिधीहरु सहभागी बन्ने भएका छन्।

महासचिब नेपालीका अनुसार भेलाले नयाँ कार्यसमिति चयन गर्नुका साथै सामाजिक,आर्थिक,शैक्षिक र साँस्कृतिक रुपले पछाडी पारिएका उत्पीडित वर्गहरुको हकहित र नेपालको सामाजिक जातीय विभेद तथा सामाजिक कुसंस्कारका बिरुद्ध बुलन्द रुपले अवाज उठाउने भएको छ।

समाजको पहिलो युरोप स्तरीय भेला पोर्चुगलमा सम्पन्न भएको थियो।

1 COMMENT

  1. खुसीको कुरा हो तर उत्पीडित जातीय मुक्तिसमाज एमालेको भात्री संगठन हैन र? अनि मन्त्रि पासवान किन बोलाउने? जितु गौतम लाई बोलाए हुन्न र?

Comments are closed.