प्रधानमन्त्रीका टुक्का,”हावाबाट बिजुली देखि,चुला-चुलामा ग्यासको पाइपसम्म”


मोहनराज बराल 'मुन'

-मोहनराज बराल “मुन”

“चारैतिरबाट आक्रमण शुरू भयो भने सम्झनु तिम्रो किल्ला दह्रो छ”: काल माक्सको यो भनाई एमाले नेता के.पी.ओली प्रधानमन्त्री हुने बेलामा सान्दर्भिक थियो।वास्तवमा त्यो वेलामा आक्रमण चारै तिरबाट भएको थियो।भारतको अघोषित नाकाबन्दी शुरू हुदै थियो।आँफुभ र्र्याङ् बनेर प्रधानमंत्रीको कुर्चीमा पुर्र्याएका सुशील कोईराला आँफु बिरूद्द रातारात प्रतिस्पर्धामा उत्रेका थिए।आन्दोलनरत तराईका दलहरू सुशील कोईरालाको पक्षमा उत्रेका थिए।

तर पनि उनिमा देखिएको राष्ट्रवादका कारण चारैतिरबाट भएको आक्रमणको सामुन्ने उनको किल्ला वलियो नै भयो। फेरि प्रधानमन्त्री हुने दिन संसदको रोष्ट्रममा भनेका थिए– “सबैलाई मिलाएर लगिन्छ, फोटो झुण्ड्याउन होइन केही गर्नको लागि म प्रधानमन्त्री बन्न लागेको हुँ । मलाई भोट नहाल्नेहरू पछुताउने छन।मेरो कामले तँपाईहरूलाई बाडुली लाग्ने छ।” लगत्तै उनी प्रधानमन्त्री पनि बने ।

प्रधानमन्त्री बनेपछि पनि उनले अहिले झण्डै तीन चार महिना गुजारीसके । तर अहिले राष्ट्रवादी आवरणमा प्रकट भएका उखान, टुक्का, खिसीट्युरीदेखि राजनीतिक व्यंग्यवाणका हस्ती के पी ओलीले आफ्नै नेतृत्वमा सरकार बनेपछि भने हदैसम्मका अराजनीतिक काम गरेर भूकम्प र भारतीय नाकाबन्दीबाट आक्रान्त बनेको नेपाली समाजमाथि हदैसम्मको अमानवियता देखाएका छन् ।अहिले उनको खोक्रोराष्ट्र सडकमा उदाड्गो बनेको छ। प्रधानमन्त्री बने देखिका ओलीका कसरत राजनीतिक संकटलाई हटाउन प्रभावकारी भूमिका र समन्वय गर्नेभन्दा पनि सरकार टिकाउनमै सबैभन्दा बढी केन्द्रित भएका छन् ।

गत वैशाख महिनाको भूकम्पबाट पीडित बनेकाहरुलाई चिसोबाट बचाउन उनले आवश्यक ठानेको देखिदैन ।फेरि भारतको निर्मम नाकाबन्दीविरुद्ध न विकल्प, न समाधान खोज्न लागेको देखिन्छ नै। ओली यथास्थितिमा नै रुमल्लिरहेका छन् ।”रोम जलिरहदा।निरो बाँसुरी बजाईरहन्थो।” ओली २१ औ शताब्दीको निरो बनिरहेकाछन। चिसोले खुल्ला आकाश मुनि रहेका भूकम्पपीडित मरेका छन्। तर यिनको सिंहासन हुने सिंहदरबारमा यो बिषय गौण हुन्छ। त्यहाँ प्राथमिकमा त मन्त्रालय फुटाउने र सत्ताको आयु लम्बाउने कुराहरू नै छन।

फेरि अहिले सिंहदरबार व्यस्त छ। भारतले लगाएको नाकाबन्दी खोल्न र मधेस आन्दोलनलाई सुरक्षित अवतरण गराउने गरी उनीहरुलाई राजनीतिक मूलधारमा जुटाउन होइन सरकार टिकाउन मन्त्रालय फुटाउन व्यस्त रहेकोछ। मानौ सरकार जुवाको खाल जस्तै छ। फेरि सरकारको गतिविधि नियाल्दा जुवाको खाल जस्तै बन्न खोजिरहेको देखिन्छ ।

जोन केनेथ ग्याल्ब्रेथले भनेका थिए ” जब काम गर्ने कुनै ईच्छा हुदैन तब मिटिड्ग अनिवार्य हुन्छ।” लाग्छ हाम्रो राष्ट्रवादी भनिएको सरकार यहि नै गरिरहेको छ सिंहदरबारमा।फेरि नेपाली समाजमा प्रचलित उखान के छ भने भुक्ने कुकुरले टोक्दैन।यि सायद यहि उखान चर्रिचार्थ गर्न खोज्दै छन। देशै भरका तुईन हटाउछु भन्ने गफबाट शुरू भएको शृड्गखला एक बर्षमा लोडसेटिड्ग हटाउछु, हावाबाट बिजुली निकाल्छु हुदै घरको चुला-चुलामा ग्यासको पाइप ल्याउछु भन्ने गफ सम्म आईपुगेकोछ।

फेरि सत्य के छ भने जनताको घरमा धाराको पाईप छ।तर पानी कहिलेकाही आउछ। बिजुलीको तार छ । तर बत्ती दिनको १५ घण्टा आउँदैन।अब घरघरमा ग्याँस पाईप जोडने फगत हावादारी कुरा नै हुन। फेरि जनताका अपेक्षा ठूला छैनन् ।लाग्छ अहिले जनताले सरकारबाट गरेको आशा पहिला वर्तमान संकट पार होस भन्ने नै हो। तर दिउसै अँध्यारो हुने कुरा गरेर जनतालाई गफ र टुक्काले भ्रममा पारिदैछ। फेरि जटिल प्रश्न के छ भने साँच्चै गफले देश बन्ने भए आज चाइनाले संसारभर उस्को बस्तु किन बेच्नु पर्यो ?

फेरि खाडी देशहरुले तेल किन बेच्नु परयो ? करिब २० बर्ष पहिला सन्त नेता कृष्णप्रसाद भट्टराई प्र.म. हुदाँ काठमाडौंका सडक मेलाम्चीको पानीले धोइदिने भन्दै थिए । तर हालसम्म पनि मेलाम्चीको पानी अझै अाइपुगेको छैन ।एउटा प्रचलित अंग्रेजी उखान के छ भने “कम बोल काम बढि गर।”यसकारण पनि पश्चिमाहरू अघिअघि बढि रहेका छन् ।तर हाम्रोमा व्यवहारिक नयाँ उखान “काम निल छ।गफ ज्यादा छ।” यसकारण हामी पछिपछि अन्धकार तर्फ जाँदै छौ।

फेरि कुनै बेला अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले भनेका थिए, ‘सरकार भनेको सिंहमाथिको सवारी जस्तै हो । झरौं उसैले आहार बनाउने, नझरौं हात गलेर फतक्क हुने । तर अहिलेको नेपालको परिवेशमा ओलीको राष्ट्रवादी भनिएको सरकारको आसन ग्रहण हेर्दा विलासिताको चरम बिन्दु जस्तै भईरहेको छ।

लबेदा सुरुवालमा चटक्क सजिएर निस्किने मन्त्रीहरूको पोज,भलिबल खेलमा चाहिने खेलाडीको संख्या रहेका उप-प्रधानमन्त्रीहरूको कर्कश आवाज ,हात्तीको देखाउने र चपाउने दुईवटा दाँत हुन्छ भने झै पर्दा भित्र गाडीको मोह पालेका तर पर्दा बाहिर सडकमा साइकलमा झण्डा हल्लाएर सडकमा देखिने मन्त्री विश्वेन्द्र पासवानको चटके क्रियाकलाप र ओलीको गफ बाहेक सरकारको उपस्थिति जनमानसमा शून्य प्राय:छ ।
फेरि के लाग्छ भने कुनै वेला राष्टघाती महाकाली सन्धीलाई वकालत गरेर पारित गर्न मुख्य भुमिका खेलेका केपी ओली केही बर्ष यता भने राष्ट्रप्रति निष्ठावान भएको झै देखिएका थिए।तर अहिले उनिले गरेको व्यवहार हेर्दा र काम गर्ने शैलीलाई हेर्दा उनि केवल पहिरनमा मात्र राष्ट्रवादी हुन भन्नेमा सिमित रहेका छन।फेरि अहिले उब्जिएको मुख्य प्रश्न के हो भने के ढाका टोपी,दौरा सुरूवाल लगाएर मात्रै राष्ट्रवादी भईन्छ र ?

फेरि नेपाली राजनीतिलाई हेर्दा गिरिजाप्रसाद कोईराला माथि जुन दाग लागेको थियो।यसलाई उनिले पछिल्लो कालखण्डमा लिएको पहलकदमीले मेटाईदिएको थियो। माओवादीलाई शान्तिप्रकृया ल्याउन जुन नेतृत्वदायी भूमिका खेले।राजाले कू गर्दा लोभ लालचमा फसेनन् र आन्दोलनलाई उचाई दिए।आखिर यि काम नै विगतमा उनि र नेपाली काड्ग्रेसले गरेका गल्तीलाई मेटाउने ईरेजर भए।मधेसमा एक खालको आन्दोलन भईरहदा अहिले समयले ओलीलाई यहि यस्तै गिरिजा प्रसाद हुने मौका दिईरहेकोछ।तर उनि विचलित हुदै यथास्थितिवादी हुदै छन।

फेरि यो सरकार यति निरीह भएको छ की। उता बाङ्गलादेशका लागि पाकिस्तानी राजदूतावासकी द्वितीय सचिव फिरिना अर्सादले कट्टरपन्थी जमात-उल-मुजाहिद्दिन लगायत विद्रोही समूहका नेताहरुसँग भेटेको बिषयमा बाङ्गलादेश सरकारले आपत्ति जनाउछ फेरि ती द्वितीय सचिव सरकारको दवावले फिर्ता पनि हुन्छिन ।तर यता हाम्रोमा देश टुक्र्याउन कसरत गरिरहेका तराईका विखण्डनकारी नेताहरुलाइ रञ्जित रायले दिनदिनै भेटिरहेछन्। उनीहरुलाइ काँधै थापेर सहयोग गरिरहेछन्।

तर राष्ट्रवादी भनिएको नेपाल सरकार निरीह बनेर टुलु-टुलु हेरिरहन्छन्।यो सरकार कसरी राष्ट्रवादी भयो? साँच्चै राष्ट्रवादी बन्ने हो भने आधुनिक सिंगापुरका निर्माता लि क्वान ,मलेसियाका मोहम्मद महाथिर ,भनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजबाट पाठ सिक्नै पर्छ।साँच्चै अहिलेको हाम्रो देशमा भुकम्प र नाकाबन्दीबाट उब्जिएको संकटले ओलीलाई सिंगापुरे लि क्वानले झै जनतालाई माछा मार्न सिप सिकाउने ,पाउरोटीको बनाउने सीपको अभियान गरे जस्तै जनतालाई आत्मनिर्भर बनाउने अभियान छेड़ने मौका दिएको छ ।

त्यस्तै चाभेज ,महाथिर बन्ने मौका दिएको छ।तर ओली राष्ट्रवादको कथित मुकुण्डो ओढेर दौरा सुरूवालमा सजिएर जुवाको खालमा बसेर गफ दिएका छन।ओली सरकार दायित्व, मर्यादा र दूरदर्शिताको लेस मात्र पनि चेत भएको राष्ट्रवादी सरकार किमार्थ हुदै होइन । प्रधानमन्त्री ज्यू टुक्का हालेर न त हावाबाट बिजुली नै निस्कन्छ न त घरको चुला-चुलामा ग्यासको पाइप नै आउँछ। हामी जनतालाई सुख,सयल र बिकासका दृश्य देख्न सपना देखे काफि नै छ,आखिर बिपनामा टुक्का सुनेर किन हैरानी व्यहोर्ने ?