म्याड्रिड/ अन्तत: रियल म्याड्रिडको व्यवस्थापनले मुख्य प्रशिक्षक राफेल बेनेटिजलाई सोमबार बर्खास्त गरेको छ । सिजनमा रियलले खराब प्रदर्शन गरे पछि बेनेटिजलाईले आफ्नो पद गुमाएका हुन् । उनकै कमजोरीका कारण रियल कोपा डे रेबाट पनि बाहिरिएको थियो। यस्तै लिगामा पनि रियलले राम्रो प्रदर्शन गर्न सकेको छैन भने एल क्लासिकोमा घरेलु मैदानमा नै ०-४ को लज्जास्पद हार ब्यहोरेको थियो।
रियलका प्रमुख फ्लोरेन्टिनो पिरेजले पत्रकार सम्मेलन गर्दै बेनेटिजलाई बर्खास्त गरेको घोषणा गरेका छन्।रियल म्याड्रिडले आफ्नो बि टिमका म्यानेजर तथा फ्रान्सको राष्ट्रिय टोलीका पुर्ब खेलाडी जिनेदिन जिदानलाई नयाँ प्रशिक्षकको जिम्मेबारी दिएको छ।जिदान मात्र अहिले ४३ बर्षका भए। सानो उमेरमा नै बिश्वको सबैभन्दा धनी क्लबलाई सम्हाल्ने मौका पाएका छन्। ३९ बर्षिय सान्टीयागो सोलारीलाई रियलले सहायक प्रशिक्षकमा नियुक्ति गरेको छ।
बेनेटिज पछिल्लो १० वर्षमा रियलका आठौँ प्रशिक्षक बनेका थिए। यसै सिजनमा सान्टिएगो बर्नाबेउमा विशेष समारोह आयोजना गरी अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बेनेटिजलाई क्लबमा स्वागत गरेका थिए । गत सिजन कुनै पनि महत्त्वपूर्ण उपाधि दिलाउन असफल इटालियन प्रशिक्षक कार्लाे एन्सेलोटीलाई रियलले बर्खास्त गर्दै उनलाई स्वागत गरेको थियो।

रियलकै युथ टोलीका पूर्वप्रशिक्षक बेनेटिज २० वर्षपछि रियलमै फर्किएका थिए । म्याड्रिडमै जन्मिएका बेनेटिजले रियलबाटै प्रशिक्षकको यात्रा सुरु गरेका थिए । उनले रियलमा बी टोलीको म्यानेजरका रूपमा १९९३ देखि १९९५ सम्म काम गरेका थिए । बेनेटिजले १० वर्षअघि लिभरपुललाई च्याम्पियन्स लिग उपाधि दिलाएका थिए ।
उनले भ्यालेन्सियालाई दुई लिग उपाधिसमेत दिलाएका थिए । बेनेटिजले यसअघि सन् २००२ र २००४ मा भ्यालेन्सियाबाट स्पेनिस ला लिगा उपाधि जितिसकेका छन् । उनले युइएफए कप उपाधिसमेत जिताएका छन्।