बार्सिलोना/
एउटा सन्तान जन्माईदौ आमा, जो देशको निम्ति मर्न सक्छ
धर्तीको माटो खोसियो धेरै, उसैले फिर्ता गर्न सक्छ।
सर्बोच्च शिखर सगरमाथालाई, झुकाउँने कोशिस हुँदै छ यहाँ
गौतम बुद्द र लुम्बिनी पनि, लुकाउँने कोशिस हुँदैछ यहाँ।।
पर्बत जिल्ला सालीजा- ४ स्थायी घर भएका गीतकार शिब सुबेदीले नेपालमा नै छदा यो गीतको रचना गरेका थिए।बिगत ६ महिना यता अध्ययनका लागि फ्रान्सको राजधानी पेरिस आएका गीतकार सुबेदीले राष्ट्रिय भावानाले ओतप्रोत यो राष्ट्रिय गीतलाई हालै सार्बजनिक गरेका छन्।
भौतिक शास्त्र(बिज्ञान) विषयमा बिद्यावारिधी(पि.एच.डि) गर्न ४ वर्षको लागि पेरिस विश्वबिद्यालयमा आएका रचनाकार सुबेदी भन्छन्,”मुलुकमा कोही आफ्नो पार्टीको स्वार्थमा लडाई गर्छन्,कोही आफ्नो जातको लागि,क्षेत्रको लागि,धर्मको लागि लडिरहेका छन् तर समग्र देशको लागि लड्ने मान्छे मुलुकले अहिले सम्म भेट्न सकेन। त्यसैले गीत मार्फत,एउटा सन्तान जन्माईदौ आमा भन्दै लाखौ नेपालीहरुको भावाना बोल्ने कोशिस गरेको हुँ।”
देश प्रेमको भाबानाले डुबेको यो गीतमा गायक स्वरूप राज आचार्यले स्वर दिएका छन् भने अर्जुन पोखरेलको संगीत रहेको छ। राष्ट्रिय भावाना झल्केका यी शब्दहरुलाई गायक स्वरूपराजको आबाजले न्याय दिन सक्ने भन्दै उनकै आबाज भरेको गीतकार सुबेदी बताउँछन्। अध्ययनको शिलशिलामा प्रबासमा रहे पनि, नेपाली गीत संगीतबाट कहिल्यै टाढा रहन नसक्ने बताउँने सुबेदीले,आफना सृजनाहरुलाई रेकर्ड गराई रहने प्रतिबद्दता समेत ब्यक्त गरेका छन्।
बिक्रम सम्बत २०६१ सालमा एसएलसी पास गरेर अध्ययनका लागि बिज्ञान बिषयलाई रोजे पनि सुबेदीले, नेपाली लोक दोहोरी गीत संगीतका लागि आफ्ना सृजना हरु कोर्न थाले। १० बढी लोकदोहोरी एल्बम,करिब ५० जति गीत रचना गरिसकेका उनले पछिल्लो क्रममा भने राष्ट्रिय गीतलाई स्रोता दर्शक माँझ ल्याएका हुन्।
घाम जस्तो चम्किलो,भुमरीमा परें भनें म,आमा तिम्रो दुधको भारा,भुल्नै भयो धौ,कल्पनामै भएनि देख्छु भनेको,घामले नि पोल्दियो, किन यस्तो हुन्छ,जुनकै अभाव खड्कियो,मेरो आधा जिन्दगी ,खै हाम्रो दिलमा त घामै लाएन,यत्ति जान्न मन छ जस्ता लोकप्रिय गीतहरुका सर्जक सुबेदी, आफ्नो पछिल्लो राष्ट्रिय गीतलाई धेरैले मन पराउँनेमा आशाबादी देखिएका छन्।






Dear Sibedi, i appreciate yr national songs. I would like to contact y , pl. Contact me on 0771 156797.
Regards : Harihar Aryal Paris
Comments are closed.