ओस्लो, नर्वे। नेपाली जनसम्पर्क समिति नर्वे को प्रथम बार्षिक साधारण सभा ओस्लोमा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन सभासद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङ्ग्दम्बेले गरेका थिए। साथै सो कार्यक्रमका प्रमुख अतिथि नेता आङ्ग्दम्बे रहेका थिए।

सो कार्यक्रमलाइ सम्बोधन गर्दै नेता आङ्ग्दम्बेले राष्ट्रिय राजनीतिका बारेमा चर्चा गरेका थिए। अहिले राष्ट्रले भोगिरहेको असहज परिश्थितिले हाम्रो रास्ट्रियता प्रतिको चेतना अझै मजबुत बन्दै गैरहेको र देशमा स्थाइत्व र प्रगती देख्न मन नपराउनेहरु आज मधेश आन्दोलनका नाममा र अन्य के के आन्दोलनका नाममा संगठित रहेकोले हामी सबै नेपालीहरु एक हुनुको विकल्प नरहेको पनि उनले बताए।

नेपाली जनसम्पर्क समिति युरोपका महामंत्री एबं गैर आवासीय नेपालि संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले बिदेशी नागरिकता लियका नेपालीहरु र पिआर वा ग्रीनकार्ड लियर विदेशमा काम गरिरहेका नेपालीहरुलाई संबिधानमा एउटै रुपमा गरिएको ब्याख्या गलत रहेकोले संसोधन मार्फत बिदेशमा काम गरिरहेका तथा बिधार्थीहरुलाई सहजरुपमा नेपाल फर्केर काम गर्ने संबैधानिक व्यवस्था गर्ने पहल गर्न सभासद आङ्ग्दम्बेको ध्यानाकर्षण गराएका थिए ।

यसैगरीकार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले विदेशमा रहने सबै संगठनहरुले नेपालीहरुलाई अझै संगठीत हुन मद्धत गरेको बताए। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ युरोपका महासचिब प्रकाश ढकालले नर्वेको बिकाशबाट हामी नेपालीहरुले धेरै कुरा सिक्नु पर्ने धारणा राखेका थिए।

नेपाली जनसम्पर्क समिति नर्वेका वरिष्ठ उपाध्यक्ष जितेन्द्र बिक्रम शाहीले नेपालको राजनीतिमा युवा हरुको भूमिकाको बिषयमा प्रकाश पारेका थिए भने। कार्यक्रममा गैर आवासिय नेपालि संघ नर्वेका अध्यक्ष कुमार पण्डितले एन आर एनले सबै संस्थाहरुलाई उत्तिकै सम्मान र एक नजरले हेर्ने गरेको बताए।
प्रवासी नेपाली मंच नर्वेका अमर बहादुर सिंह, जनप्रगतिशील मंच नर्वेका गोरख चन्द, नेपोसका अध्यक्ष हरि बानिया,विवेकशील नेपालीका दिपक महत,विधार्थीको संस्था नेस्कोका मनोज उपाध्याय, एन आर एन नर्वेका प्रथम उपाध्यक्ष शालिकराम अर्याल, हेल्पिङ्ग हेन्ड्सका मदन आचार्य, लगायतका व्यक्तिहरुले साधारण सभा सफलताको कामना गर्दै मन्तब्य राखेका थिए।

नेपाली जनसम्पर्क समिति नर्वे का सभापति जीवन बहादुर शाही को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महामंत्री केशब पुरीले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष बिष्णु प्रसाद सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने स्थानिय कलाकार प्रशान्त राउतले सांगीतिक प्रस्तुति गरेका थिए। कविन्द्र ढकालले स्वागत मन्तब्य राखेको सो कार्यक्रमको संचालन सुदिप राज पाण्डेले गरेका थिए।

अतिथीहरुलाई स्वागत गर्दै व्याज वितरणमा विधा लम्साल पौडेल, रमा देवी अर्याल र निलम पन्तले सघाएका थिए भने कार्यक्रम अवधीभरका तस्वीरहरु लिएर शिवलाल आचार्यले सहयोग पुर्याएका थिए। साथै अन्य स्वयंसेवकहरुको कार्यक्रमको व्यवस्थापनमा सघाउ पुर्याएका थिए। सबैको सक्रिय सहभागीताले कार्यक्रम सफल भएको थियो।
