कृष्ण रानाभाट/पोखरा
पोखरा ११ मा प्रगती टोल विकास संस्थामा शनिबार भएको वाल भेलाले अञ्जली नागिलाको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरिय वाल क्लब गठन गरेको छ।
क्लबको उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, सचिवमा सार्थक अमगाईं, सहसचिवमा सोनिका ढुंगाना र कोषाध्यक्षमा स्वेच्छा गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा एलिसा कार्की, ऋद्धि केसी, साइल गुरुङ, रिया सुनार, कृतिका सापकोटा, आश्विन नेपाली, आकृति कार्की, गरिमा गौतम, शोभा गुरुङ र सन्देश गुरुङ चयन भएका छन् । कार्यक्रम प्रगति टोल विकास संस्थाकी अध्यक्ष तीर्थकुमारी गुरुङ्को अध्यक्षतामा भएको थियो।