फेसबुकमा पछिल्लो समय एउटा भाइरल म्यासेज देखिन थालेको छ । जहाँ भनिएको छ, ‘फेसबुक संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुकको सम्पत्तिमध्ये ४५ बिलियन डलर वितरण गर्नेछन् ।’
सो भाइरल म्यासेजले दावी गरेअनुसार १० प्रतिशत पूँजी यसका आम प्रयोगकर्तालाई वितरण गरिनेछ । साथै सो म्यासेजलाई कपी पेस्ट गरी आफ्ना ५ देखि १० साथीलाई ट्याग गरेवापत हजार प्रयोगकर्तामध्ये एक जनालाई ४ दशमलव ५ मिलियन डलर रकम प्रदान गरिने भनेर फेसबुकमा प्रचार भएको छ ।
तर, फेसबुकले गरेको यस्तो प्रचारवाजी एक भाइरल म्यासेज मात्रै रहेको पुष्टि भएको छ । फेसबुकका प्रवक्ताले समेत यो एक भाइरल म्यासेज भएको स्वीकार गरेका छन् भनी मिररले आफ्नो समाचारमा उल्लेख गरेको छ।
जुकरबर्गले पैसा बाँड्नेछन् भनी फेसबुक वालमा देखिने म्यासेज वास्तविकतामा एउटा भाइरल म्यासेज नै भएको उनले बताए । ‘यो कुरा गलत हो भन्नुपर्दा हामीलाई नराम्रो लागिरहेको छ,’ उनले भने । प्रवक्ताको भनाइअनुसार यद्यपी, समाजसेवा वा मानवीय विकासका लागि भने फेसबुक कम्पनीको प्रयास रहेको छ ।