डेनमार्क/ नयाँ बर्ष २०१६ नजिकिदै गर्दा र क्रिसमसको तामझाँम बढिरहेका बेला नेपाली कलाकारहरुको टोलीले डेनमार्कबासी नेपालीहरुलाई पनि नचाएका छन्। नर्बे र स्पेनमा सफलता पुर्बक कार्यक्रमहरु सकेर डेनमार्क पुगेको कलाकारहरुको टोलीले यहाँका नेपालीहरुको पनि मन जितका हुन्।
नेपाली सुगम गीत संगीत,लोकपप गीतहरु, नेपाली चलचित्रका पाश्व

गीतहरु,समसामहिक हास्य प्रहसन,फेसन सो लगायतका प्रस्तुतिले पनि कलाकारहरुले फरक र उत्कृष्ट कार्यक्रम दिन सकेका छन्। टोलीमा गायक शिब परियार,गायिका मिलन अमात्य,हास्यकलाकार सन्दिप क्षेत्री,फेसन डिजाईनर रिता थापा र रेडियोकर्मी राजेश पाण्डे रहेका छन्।
गायक परियारले “कहाँ थियौ रङ्ग मञ्च उठे पछि आयौ” “बेहोस पछि होस् मा आउँदा क्या दामी भो, “रुपौली रानी” लगायतका थुप्रै गीतहरुमा गाउँदा दर्शकहरु रमाएका थिए। गायिका अमात्यले पनि आफ्ना चिर्चित गीतहरु सुनाईन्। नेपाली चलचित्र हवलदार सुन्तलीबाट “घण्टी बज्यो घण्टी बज्यो मनको” “गाला रात्तै ” स्वल्ली स्वल्ली, लगायतका गीतहरु सुनाईन्।

“ह्वावट द फल्पबाट” चर्चा बटुलेका सन्दिप क्षेत्रीले दर्शकलाई पेट मिचिमिचि हसाँए। नेपालमा गएको भूकम्प पछिको अबस्था र हालको नाकाबन्धीको अबस्था प्रति उनले कडा ब्यङ्ग प्रस्तुत गरे। देश प्रतिको माया सदभाव र राष्ट्रिय झल्कने गरी उनले हास्य प्रहसनले गर्दै आएका छन्।
फेसन डिजाईनर रिता थापाले आँफूले डिजाईन गरेका पोशाकहरुमा स्थानीय कलाकारहरु समेट्दै स्टेजमा फेसन शो र रेडियोकर्मी राजेश पाण्डेको कार्यक्रम प्रस्तुतिले पनि डेनमार्कबासी नेपालीहरुको मन जित्यो।

मिडिलफट नेपाली एसियन स्टोर र एसोसियसन अफ भुटानी कमिनीटि डेनमार्क( एबिसीडी) आयोजनामा आईतबार डेनमार्कको भिबोर्कमा कार्यक्रम सम्पन्न भएको हो। कलाकारहरुको युरोप टुर यात्रालाई अन्तराष्ट्रिय कलाकार समाज (ईनास) जर्मनीका उपाध्यक्ष सरोज श्रेष्ठले तय गरेका हुन्।
