ड्याम साईड क्लबको अधिवेसन सम्पन्न, अध्यक्षमा पुनः ढकाल


कृष्ण रानाभाट/पोखरा 
पोखरा १७ मा रहेको ड्याम साईड क्लबको १० र्औ अधिवेसन शनिबार अध्यक्षमा पुनः पदमबहादुर ढकाल निर्वाचित गर्दै सम्पन्न भएको छ।क्लबको उपाध्यक्षमा प्रताप गुरुङ, सचिवमा रमेशप्रसाद वराल, कोषाध्यक्षमा राकेश श्रेष्ठ, सह सचिवमा पुजन थकाली र सदस्यहरुमा कीर्तिवल्लभ त्रिपाठी, कुमार श्रेष्ठ, रामकृष्ण वराल, प्रदिप वराल, गोपाल परियार र किरण शेरचन निर्विरोध निर्वाचित भएका छन्।

संस्थापक कोषाध्यक्ष केशवराज वराल संयोजक तथा सल्लाहकार द्धय राजु सापकोटा र राजु गुरुङ सदस्य रहेको निर्वाचन मण्डलले नवनिर्वाचित कार्य समितिलाई वधाई तथा शुभकामना व्यक्त गरेको थियो।संयोजक वरालले क्लबका पदाधिकारीको पदास्थापन तथा सपथ ग्रहण कार्यक्रम माघ ७ गते गर्ने पनि जानकारी गराएका थिए।

पुनल् निर्वाचित अध्यक्ष पदमबहादुर ढकालले क्लबले विगतमा गरेका कार्यहरुको निरन्तरता दिंदै क्लबको कार्यक्षेत्रमा सम्बन्धित निकायको समन्वयमा सोलार वत्ती जडान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।