भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुल्ला पत्र


– मान बहादुर के.सी. ‘मुस्कान’

सम्माननीय प्रधानमत्री नरेन्द्र मोदी ज्यू /भारत सरकार

नमस्कार…..
मैले कहाँबाट र कसरी शुरु गरौ? कुन शब्दले तपाईंलाई सम्बोधन गरौ त्यो शब्द नै पाएन? छिमेकी सबैका हुन्छन् मान्छेका छिमेकी हुन्छन्, गाउका टोलका छिमेकी हुन्छन्, देशका पनि छिमेकी हुन्छन्, छिमेकी सबै बराबर हुदैनन् कोई सबै चिजले परिपुर्ण हुन्छन्, कोई अलि कमजोर भनौ या सबै चिजले परिपुर्ण हुदैनन्, कोई ठुला हुन्छन् कोई साना हुन्छन्, सबै चिजले परिपुर्ण ठुलाले सानालाई सहयोग गर्नु एकदमै राम्रो कुरा हो, तर सहयोग गरे भन्दैमा आफुले भनेको मान्नै पर्छ आफ्नै ईशारामा चल्नु पर्छ भन्दै ठुलाले सानालाई हेपचेप गर्नु जरुरी छैन र त्यो कदापि सहन सकिन्न ।

नेपालको संविधान घोषणा हुन केहि दिन पहिले तपाईंले विशेष दूत पठाएर संबिधान रोक्ने अनेकौ कोशिस गर्नु भयो तर तपाईंको त्यो कोशिस अशफल भयो, २०७२ असोज ३ गते संविधानसभाबाट ९० प्रतिशत भन्दा बढी मतले पारित नेपालको नयाँ संविधान जारी भएपछि तपाईंको सरकारले आफ्नो भने जस्तो संबिधान नबनेकोले केहि कुरामा असन्तुष्टि जनाउदै आफुले चाहे जस्तै मनमानी संबिधानका केहि बुदा संसोधन गर्न दबाद दियो, तर हाम्रो देशका नेताहरुले तपाईंको सरकारको दबादमा नझुके पछि अघोषित नाकावन्दी लगाईयो । र मधेशबादी दलहरुलाई भड्काएर आफुले समर्थन गर्दै हिंसात्मक आन्दोलन गर्न लगाईयो ।

झापा, मोरङ, सुनसरी देखि कैलाली, कञ्चनपुर सम्मको भुभागलाई मधेस प्रदेश र थारुवान थरुहट प्रदेशको माग गर्नु लगाएर वर्षौं देखी मिलेर बसेका सोझा-साझा जनताहरुलाई भ्रममा राखेर उचाल्दै भड्काएर साम्प्रदायिक फैलाउने काम गर्‍यो, यो अधिकार छिमेकी तपाईं र तपाईंको सरकारलाई कसले दियो?

मधेशी दलहरुले गरी रहेको हिंसात्मक आन्दोलनको कुनै औचित्य नै छैन, त्यो हिंसात्मक आन्दोलन न त देशको हितका लागि गरिदैछ? न त मधेशी जनताको हितका लागि? गरिदैछ त केवल भारतको ईशारामा संविधानसभाको दोस्रो निर्वाचनमा मधेसी जनताहरुबाटै पराजित केहि देशद्रोही नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्न सोझा-साझा मिलेर बसेका जनताहरुलाई भड्काएर साम्प्रदायिकता फैलाउदै देशलाई विखण्डन गर्नका लागि मात्रै गरिदैछ ।

मान बहादुर के.सी. 'मुस्कान'
मान बहादुर के.सी. ‘मुस्कान’

त्यसैले मधेशमा भई रहेको हिंसात्मक आन्दोलन अलोकतान्त्रिक र अमानवीय छ । विदेशी भूमिबाट मातृ भूमिमा ढुंगा मुढा बर्साउन लगाउनेहरू स्वाभिमानी नेपाली हुनै सक्दैनन्, विदेशीको दानापानी र पैशा खाएर सञ्चालित हिंसात्मक आन्दोलन कुनै पनि हालतमा नेपालीको हितका लागि गरिएको होईन भन्ने कुरा प्रष्ट छ ।

अर्को कुरा तपाईं एक प्रधानमन्त्री भएको नाताले छिमेकी मुलुकमा (तपाईंले आफ्नै ईशारामा गराउदै आउनु) भएको हिंसात्मक, अलोकतान्त्रिक र अमानवीय आन्दोलनका बारेमा जे कुरा गर्नु थियो राष्ट्रप्रमुख या सम्बन्धित मन्त्रालय सँग भेटबार्ता गरेर गर्नु पर्ने हो, तर तपाईंले मधेशबादी नेताहरुलाई दिल्ली बोलाउनु को अर्थ के? यो सबै स्वाभिमानी नेपालीहरुलाई राम्ररी थाहा छ, तपाईं सँग यसको जवाफ छ?

‘मुखले राम राम बगलीमा छुरा’ भनेझै तपाईं र तपाईंका चम्चाहरुले नाटकिय ढंगबाट आफुले छिमेकी नेपाललाई आफ्नो सानो भाई जस्तै मानेका छौ, सधैं शान्त, समृद्ध हेर्न चाहन्छु भन्नु हुन्छ र भन्नु लगाउनु हुन्छ, तर तपाईंले सोहि कुरालाई ब्यबहारमा किन उतार्नु सक्नु हुँदैन? किन अघोषित रूपमा लगाएको नाकाबन्दी हटाउनु पहल गर्नु हुँदैन? यसबाट के कुरा स्पष्ट हुन्छ भने तपाईंले कुनै पनि हालतमा हाम्रो देशलाई शान्त र प्रगतीमा लम्की रहेको देख्नु चाहनु हुन्न ।

‘आफ्नो शरीरको भैंसी नदेख्ने अरुको शरीरको जूम्रा देख्ने’ भने झै यदि संबिधान संसोधन गर्नु नै पर्ने हो भने पहिले तपाईंले आफ्नो देशको संबिधान संसोधन गरेर देखाउनुहोस्, जहाँ काश्मिरलाई अलग राज्य बनाउनुका लागि वर्षौं देखी निर्दोषले ज्यान गुमाउदै आएका छन्, दार्जिलिङ अलग गोर्खाल्याण्ड प्रदेशको माग गर्दै आन्दोलन चलेको दशक भईसक्यो र त्यस आन्दोलनका दौरान निर्दोष नागरीकहरुले ज्यान गुमाई सकेका छन्, के तपार्इं अलग काश्मिर र गोर्खाल्याण्डको समर्थन गर्दै भारतको संविधान संशोधन गर्न सक्नु हुन्छ? कदापी सक्नु हुन्न ।

त्यसैगरि हामी नेपालीहरुले पनि तपाईंको ईशारामा आन्दोलन गर्ने मधेशबादी दलका बिना अर्थका माग पुरा कदापी गर्न सक्दैनौं । स्मर्णिय रहोस् तपाईं कै गृहराज्य गुजरातमा २७ फेब्रुअरी २००२ मा तपाईं नै तत्कालीन मुख्यमंत्री हुँदा हजारौ भन्दा बढी मुश्लिम मारिनुका साथै निर्दोष मुश्लिमहरुमाथि हत्या, हिंसा भएको, अबोध बालबालिका र निर्दोषहरुलाई पेट्रोल छर्केर जिउँदै जलाईएको बिर्सनु भए जस्तो छ? लाखौं मुसलमानहरु आफ्नो गृहनगर गुजरात छोडेर भाग्न बाध्य भएका पनि यति छिट्टै भुल्नु भएछ? तपाईंलाई त्यहि गुजरात दंगामा सन्लग्न भएको भन्दै विश्वभरी नै ठुलो आलोचना भएको थियो भने अमेरिकाले लामो समय सम्म आफ्नो देशको भीसा सम्म दिएको थिएन?

र भरखरैको ताजा घटना तपाईंको गृहराज्य गुजरातमा पटेल समुदायले भारतीय संविधानमा उनीहरुलाई आरक्षणको माग राखेर आन्दोलन गर्दा कयौ सर्बसाधारण र निर्दोष जनताको ज्यान गएको थियो । तपाईंले उनीहरुका माग किन पुरा गर्न सक्नु भएन?

तसर्थ यदि तपाईं लोकतन्त्रलाई मान्नु हुन्छ भने र छिमेकी राष्ट्रलाई शान्त, समृद्ध, प्रगतिमा लम्केको हेर्न चाहन्छु हुन्छ भने ९० प्रतिशत भन्दा बढी मतले पारीत भएको नेपालको नयाँ संविधानलाई ढोगेर स्वागत गर्नुहोस् । तपाईंले ईतिहासमा कहिल्यै नझुकेको नेपाली स्वाभिमान झुकाउने अनुचित प्रयास गर्दै नगर्नुहोस् । चेतना भया………

लेखक देउडा गायक तथा सुदूर पश्चिम सेवा समाज यूएई र नेपाली कलाकार समुह यूएईका केन्द्रिय महासचिब हुन ।