– शिबलाल जैशी
नेपाल र नेपाली जनता केहि असामाजिक तत्वका व्यक्तिगत स्वार्थपूर्तिको लागि गरिएको तथाकथित आन्दोलन र अघोषित नाकाबन्दीको मारमा परेका छन, यस्तो समयमा हाम्रा जनता देखि नेता सम्म मित्र राष्ट्रलाई गाली गर्नमा ब्यस्त छन ठिक हो भारतले गरेको नाकाबन्दी अमानविय छ, त्यसको घोर बिरोश पनि गर्नु पर्छ, तर त्यो निम्त्याएको कसले हो?
किन अहिले यो अवस्था सिर्जना भयो यसको जरा सम्म पुग्ने हो भने यसको पछि नेपाली साशक बर्गले हिजो सत्तामा रहदा गरेका गल्ति र राजनैतिक पार्टीहरुले सत्ता सम्म पुग्नको लागि दिल्लीको पाउ छुने परम्परा मधेशमा नेपाल सरकारले मन्दिरमा प्रसाद बाडे जस्तै गरेर बाडेको नेपाली नागरिकता जिम्मेबार छ, नेपाली कांग्रेश देखि नेपालको कान्छो पार्टीका नेता बाबुराम भट्टराई सम्मलाई हेर्नुहोस् आफै छर्लंग हुन्छ कारण भोटको लागि दिनभरी भारतलाई गालि गर्ने र साँझ परेपछि भारतीय दुताबास हुदै नया दिल्ली सम्म को पुगेको छैन सबैलाई थाहा छ ।
तसर्थ बर्तमान समय कठिन छ नेपाली जनताले धैर्य र साहसको परिचय दिनु पर्छ अरुलाई गाली मात्रै नगरेर यो समय बरु देश कसरि आत्मनिर्भर बनाउने र कसरि देशलाई अघाडि बढाउनु सकिन्छ भन्ने सोच्नु पर्ने र त्यसैमा समय लगाउनु पर्ने देखिन्छ, तर अहिले हामी खाली भारतलाई गाली गर्नमा ब्यस्त छम अरुलाई गाली गरेर हामी ठुला हुदैनौ हाम्रो देश आत्मनिर्भर हुदैन अहिले सकिएको ग्यासको सिलेन्डर भरिदैन पेट्रोल बिना गाडी चल्दैन ।
दिनभरी पत्र पत्रिकामा लेखेको देखिन्छ टी.भी.मा समचारमा सुनिन्छ फलानो देशले नेपालमा भएको नाका बन्दीको बिरोध गर्यो सयुक्त राष्ट्र संघले यो भन्यो र उ भन्यो हामी मक्ख पर्छौ हाम्रो लागि बोलि दियो भनेर त्यसको फाईदा खै? जब कुनै फाईदा छैन भने हामी किन आन्तरिक समस्या आफै समाधान नगरेर अरुलाई दोष दिएर बसेका छौ? कुनै पनि देशको समस्या अर्को देशले समाधान गर्न सक्दैन संसार भरि हेरौ जहाँ आन्तरिक मामिलामा अर्को देश आयो त्यो देश सधै बर्बाद भएको इतिहास छ ईराक अफगानिस्तान जस्ता राष्ट्रको अहिलेको अवस्था हेर्दा त्यो बुझ्न सकिन्छ ।
सबै सामु उदारण छ श्रीलँकाको तमिल बिद्रोही दबाउन भारतले सम्म नसकेको आखिर जब त्यहाको सरकारले यो मेरो समस्या हो र मैले आफै समाधान गर्नु पर्छ भन्यो बिश्वले बिरोध गर्दा गर्दै पनि तमिल विद्रोहीको सफाई गरेर छाड्यो अहिले नेपाल सरकारले पनि सोहि नीति लिनु पर्ने समयको माग हो, त्यसैले अरुलाई दोष दिनु भन्दा आफु आत्मनिर्भर बनौ ।