पातीचौर पर्वत/ पर्वत जिल्लाको देउपुर गा.वि.स वडा नम्बर ९ पातीचौर बजारमा रहेको गणेश मन्दिर परिसरमा निर्मित शत्तल एवंम सामुदायिक भवनको बुधबार एक समारोहका विच पातिचौर बजारमा समुद्घाटन सम्पन्न भएको छ ।
संस्कृति तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग,जिल्ला विकास समिति पर्वतको प्राविधिक सहयोगमा २० वर्ष पहिले नेष्डो नेपालद्धारा प्रवद्धित समाज सेवा महिला समूहद्धारा सो शत्तल एवंम सामुदायिक भवनको निर्माण गरिएको हो । सो शत्तल तथा साम्ुदायिक भवन निर्माणको लागि क्ुल २ लाख ७१ हजार रुपैँया खर्च भएकोमा संस्कृति तथा पर्यटन मन्त्रालयबाट २ लाख रुपैँया प्राप्त भएको थियो ।
भवन निर्माणको लागि नपुग ३० हजार रुपैँया समाजसेवा महिला समूहको कोषबाट र बाँकी ४१ हजार रुपैँया स्थानिय सहयोग दाताबाट सहयोग जुटाइएको समूहका सदस्य शारदा शर्माले प्रतिवदेन प्रस्तुत गर्दै जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद कल्पना चापाँगाईले नेपालको संविधानले महिलाहरुका लागि यथेष्ट अधिकारको व्यवस्था गरेको भएतापनि महिला स्वंयम आफु शसक्त नभएसम्म महिलाको हैसियतमा परिवर्तन नहुने बताउँदै महिलाहरुले आफ्नो भूमिकामा क्रमशःपरिवर्नत गर्नुपर्ने बताउनुभयो ।
ग्रामिण समुदायमा स्थापित समाजसेवा महिला समूहले आफ्नो हितमा मात्र सिमित नरही समग्र समाजको लागि कल्याणकारी कार्य गरेको बताउँदै सवैले यस समूहबाट सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सामुदायिक भवन निर्माण गरी समूहले अनुकरणीय कार्य गरेको बताउँदै पातिचौर बजारलाई वातावरणीय क्षेत्रमा नमुना बनाउन अग्रसर हुन सुझाव दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै स्थानिय विकास अधिकारी शिव प्रसाद रिजालले स्थानिय समुदायको प्रयासमा जिल्ला विकास समिति पर्वतको सदा सद्भाव र सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा नेष्डो नेपालका संस्थापक अध्यक्ष एवंम कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले २० वर्ष पहिले संस्थाले देखाएको सत्मार्गलाई समाजसेवा महिला समूहले निरन्तर आत्मसाथ गरेको खुसी व्यक्त गर्दै समाज परिवर्तनको लागि महिलाहरुको भूमिका मह्त्वपूर्ण रहने बताउनुभयो ।
कार्यक्रममा चण्डिका शसस्त्र गणका गणपति कृष्ण थापा, नेपाली सेना रणदल गुल्मका गुल्मपती उज्वल के.सी,जिल्ला प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख दिपक पातली,रोटरी क्लब अफ पर्वतका अध्यक्ष गणेश बहादुर क्षेत्री,जिल्ला इन्जिनियर महेन्द्र बहादुर बानियाँ,जग्गादाताको तर्फबाट यम बहादुर मेधासी र पशुपति निमाविका प्रधानध्यापक तारापती तिमिल्सीनाले समूहले गरेकोे उच्च कार्यको सह्राना गर्नुभएको थियो ।
कार्यक्रममा शत्तल एवंम सामुदायिक भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन सहयोग गर्ने सांसद चापाँगाई,जग्गादाता नेपाली सेनाका सहायक रथी देबेन्द्र मेधासी र उहाँकी धर्मपत्नी राधा मेधासी,अर्का जग्गादाता गोमा हमालका साथै दुई दशक देखि समुदायको विकासमा निरन्तर योगदान गर्ने नेष्डो नेपाल र संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईलाई स्थानियबासीको तर्फबाट सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको स्थानिय युवा समाजसेवी प्रेम प्रसाद शमाले जानकारी दिनुभएको छ ।
सामुदायिक भवनको थप व्यवस्थापनको लागी अक्षयकोषको निर्माण गर्न लागिएको बताइएको छ । सो अक्षयकोषमा सहायक रथी मेधासीबाट १ लाख ५ हजार,नेष्डो नेपालका कार्यकारी प्रमुख प्रसाईबाट ११ हजार १ सय ११ रुपैँया सहयोग गरिने र अन्य सहयोगदाताबाट पनि सहयोग संकलन गरिने कार्यक्रम रहेको समूहका सदस्य प्रेमकुमारी मल्लले बताउनुभयो । कार्यक्रम समूहका अध्यक्ष लक्ष्मी कुमारी पौडेलको अध्यक्षता,समितिका संरक्षक लक्ष्मीकुमारी मेधासीको स्वागत एवम् उपाध्यक्ष गंगा तिमिल्सिनाको संचालनमा सम्पन्न भएको रेडियो सम्वृद्धका धौलागिरी सहकर्मी उत्तम प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।