काठमाडौं/ समसामयिक बिषय बस्तुमा व्यंग्य गरेर गीत निकाल्दै आएका चर्चित लोक गायक पशुपति शर्माले भारतले लगाएको अघोषित नाकाबन्धीले पारेको प्रभाव बारे कडा व्यंग्य गरेका छन्।
भारतले नाका थुन्दा चाइनातिर जाने, आफ्नो देशमा केही नखोज्ने के को स्वाभिमानी ? भन्दै उनले कडा व्यंग्य गरेका हुन्।शर्माको शब्द तथा लयलाई कोरसमा गायक राजन कार्की र घनश्याम रिजालले साथ दिएका छन्। गीतलाई आचार्य डिजिटल स्टुडियो पोखरामा रेकर्ड गरिएको हो।
आलु प्याजा चाहिए पनि भारतको मुख ताक्ने
मागेर खाने… हामी मागेर खाने
मागेर खाने पनि केको स्वाभिमानी
हामी नेपाली होइनौं स्वाभिमानी।
आफ्नै दाइलाई आफ्नै भाइलाई मार्न अघि सर्ने
छिमेकीसँग नुनखाएको कुखुरो झै गर्ने के को स्वाभिमानी?
हामी नेपाली होइनौं स्वाभिमानी
हाम्रो देशको सरकार मात्रै अर्को देशमा चाबी
भारतले नाका थुन्दा चाइनातिर जाने
आफ्नो देशमा केही नखोज्ने के को स्वाभिमानी
हामी नेपाली होइनौं स्वाभिमानी






According to the time frame
Comments are closed.