पोखरा/ हेमजा साहित्य प्रतिष्ठानद्धारा प्रकाशित हिमशिखर १६ औ पुष्पमालाको एक कार्यक्रमका वीच विमोचन गरिएको छ। पुष्पमालाको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा चित्रकला विभाग प्रमुख विम्वकवि रमेश श्रेष्ठले विमोचन गरेका हुन् ।
प्रतिष्ठानले प्रत्यक वर्ष पुष्पमाला प्रकाशन गर्दै आएको छ। कार्यक्रममा प्रतिष्ठानद्धारा आयोजित शुभप्रभात काव्यमालामा नियमित सहभागिता जनाउने साहित्यकार गोविन्दप्रसाद पराजुली र वसन्त सुवेदीलाई सम्मान गरिएको छ। यसैगरि पुष्पमाला प्रकाशन आर्थिक तथा भौतिक रुपमा अतुलनिय सहयोग पु¥याएको भन्दै कोहिनुर अपसेट प्रेसका सञ्चालक वसन्त वास्तोलालाई सम्मान गरिएको थियो। साथै संगितको क्षेत्रमा अघि वढेका नवप्रतिभा विमल गायकलाई प्रोत्साहन स्वरुप प्रशंशा पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रममा प्रमुख अतिथि विम्वकवी रमेश श्रेष्ठ, प्रतिष्ठानका संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठी, पूर्व उपाध्यक्ष लक्ष्मीशरण उपाध्याय, सल्लाहकारद्धय रामचन्द्र त्रिपाठी, धर्मराज बाँस्तोला र प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै विम्वकवि श्रेष्ठले प्रतिष्ठानले गरेका हरेक गतिविधि साहित्यक क्षेत्रका लागि उदाहरणी बन्ने बताए । पुष्पमाला निरन्तर प्रकाशन गरेर प्रतिष्ठानले पछिल्लो पुस्तालाई इतिहास राख्ने काम गरेको उनको भनाई थियो । हेमजा साहित्यक गतिविधिमा अग्रपक्तिमा देखिदै आएको छ उनले भने–यो गतिविधिलाई जिवन्त राख्नका लागि पनि पुष्पमाला कोषेढु·ा सावित भएको छ।
हेमजा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको वारेमा प्रकाश पार्दै लक्ष्मीप्रसाद देवकोटाका कृतिहरु अहिल्यै पनि त्यत्तिकै चर्चा पाउने गरेको बताए । पुष्पमालाको समिक्षा गर्दै साहित्यकार असफल गौतमले भाषगत रुपमा केहि त्रुटि भएपनि प्रतिष्ठानले पुष्पमालालाई निरन्तरता दिएर यहाँ सम्म ल्याउनु ठुलो कुरा भएको बताए।
हेमजा साहित्य प्रतिष्ठानका पूर्व उपाध्यक्ष लक्ष्मीशरण उपाध्ययाले हिमशिखर हेमजाको पहिचानको रुपमा स्थापित भएको बताए । कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठानका कार्यसमिति सदस्य झलक कुँवर चञ्चलले आफ्ना वुवा शेरबहादुर कुँवर र आमा धनकुमारी कुँवरको स्मृतिमा अक्षयकोषको लागि पाँच हजार रुपैया सहयोग गरेका छन् ।
त्यसैगरि पोखरा–२७ हेमजा हाल अमेरिका रहेका सुरेन्द्र बाँस्तोलाले हिमशिखर प्रकाशनका लागि दश हजार एक सय रुपैया सहयोग गरेका छन् ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार धर्मराज बाँस्तोला, सल्लाहकार तथा निर्वतमान अध्यक्ष देवि त्रिपाठी, साहित्यकार विष्णुप्रसाद पराजुली, साहित्यकार सर्वज्ञ श्रेष्ठ, गिताञ्जली साहित्य परिवारका कोषाध्यक्ष धर्मराज पौडेल, वसन्त सुवेदी, गोविन्द पराजुली, प्रतिष्ठानका पूर्व सचिव इमनाथ, कार्यसमिति सदस्य झलक कुँवर चञ्चल, विमल गायक कार्यक्रम संयोजक भरतचन्द्र गौतम, लालबहादुर गायकले बोलेका थिए ।
हेमजा साहित्य प्रतिष्ठान हेमजाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत तथा सचिव प्रकाश त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।
जापान र पोर्चुगलका नेपालीद्धारा लुम्लेका पहिरो पिडितलाई सहयोग
पोखरा, २८ कात्तिक। कास्की पोखरा समाज जापान तथा कास्की समाज पोर्चुगलको सुंक्त पहलमा कास्कीको लुम्ले गाविसका पहिरो पिडितलाई राहात वितरण गरेको छ।
ती दुई संस्थाले लुम्लेका पहिरो पिडित परिवारलाई नगद चार लाख वितरण गरेका थिए। खानेपानी ट्याङ्की निर्माणका लागि एक लाख ३० हजार नवराज देवकोटा, संगीता विक, सफलता देवकोटा परिवारलाई ४०÷४० हजार, कुमार राईको परिवारलाई २० हजार, जुना विक, देवि देवकोटा, रिता देवकोटा, वालकृष्ण देवकोटा, पुतली विकको परिवारलाई आठ÷आठ हजार, रत्ना देवकोटा, पद्मी देवकोटा, सुनकुमारी जिसीको परिवारलाई पाँच÷पाँच हजार सहयोग गरेका छन् ।
त्यसैगरि भदौरे तामागी गाविस अन्तरर्गत सिद्ध बराह प्राविमा छात्रवृत्तिका लागि ५० हजार रुपैया सहयोग गर्ने कास्की पोखरा समाज जापानका महासचिव शिवप्रसाद पौडेलले जानकारी दिए ।
लुम्लेको घटना पछि एक नेपालीले अर्को नेपालीलाई दुःख पर्दा सहयोग गर्ने भावना जागेर रकम संकलन गरि सहयोग गरेको महासचिव पौडेलले जानकारी दिए ।
यो घटनाले हामी विदेशमा वस्ने नेपालीको मन छिया छिया बनायो उनले भने–घटन सुन्ने वित्तिकै हामीले पनि केहि सहयोग गर्न सकिन्छ कि भनेर रकम संकलन ग¥यौ र वितरण गर्ने मौका मिल्यो।
घटना भएकै ठाँउमा यहाँका पिडित परिवारलाई भेट्दा झनै मन दुखेको बताउदै यस क्षेत्रका लागि आफूहरुले सक्दो सहयोग गर्ने पौडेलले बचन दिए।
उनका अनुसार राहात वितरित रकम मध्ये जापानबाट ७५ प्रतिशत र पोर्चूगलबाट २५ प्रतिशत रकमक संकल भएको हो।
कास्की समाज पोर्चुगलका महासचिव यज्ञप्रसाद तिमिल्सिना, सल्लाहकार शिवराज पौडेल, कास्की पोखरा समाज जापानका सचिव सन्देश अधिकारीले वितरण गरिएको रकम सहि सदुपयोग गर्न आग्रह गरे ।
राहात वितरणमा जीवन सुनार, माधवशरण पौडेल, भरत देवकोटा, चित्रबहादुर गुरुङ, माधवशरण वास्तोला, आईबहादुर गुरुङ, भुवनेश्वर पौडेल, विष्णुप्रसाद पौडेल र राजेन्द्र वास्तोलाले सहजीकरण गरेका थिए ।
पुनर्निमाण समिति लुम्लेका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको राहात वितराण कार्यक्रम स्थानिय सामाजसेवी सुनिल देवकोटाले स्वागत र राजेन्द्र वाँस्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।