ड्यामसाईड पोखराको मुख्य पर्यटन क्षेत्र बनाउनु पर्ने,


पोखरा /
ड्यामसाईड क्षेत्र पोखराको एकमात्र त्यस्तो क्षेत्र हो जहाँबाट माछापुच्छ्रे हिमालको छाँया फेवातालमा देख्न सकिन्छ। हो त्यहि स्थानलाई पर्यटकको मुख्य गन्तव्य बनाउन सकिनेमा कुनै दुई मत छैन र त्यहि स्थानमा सक्रिय रहेको क्लबले सो कार्यको अगुवाई गर्न सकिनेमा ड्यामसाईड मात्र होईन पोखरा कै पर्यटन प्रबद्र्धनमा ठुलो योगदान पुग्ने विश्वस गर्न सकिने स्थानिय वासिन्दाको भनाई रहेको छ।

पोखरा उपमहानगरपालिका वडा नं. १७ मा रहेको ड्यामसाईड क्षेत्रलाई पोखराकै मुख्य पर्यटकिय क्षेत्र वनाउन सकिने शनिबार ड्यामसाईड क्लबको १२ औं साधारण सभामा वक्ताहरुले वताएका हुन्।

ड्यामसाईड क्लबको १२ औं साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पर्यटन व्यवसायी तथा समाजसेवी हरिध्वज तुलाचनलगाएतका वक्ताहरुले वताएका हुन्। उनले क्लबले गरेका सरसफाई तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा उल्लेखनिय योगदान गरेको वताउँदै कुनै वेला पर्यटकको चाप धान्न नसकिने ड्यामसाईड केही खराब तत्वको कारण हाल केहि सुस्ताएको वताए।

क्लबको सक्रियताले ड्यामसाईड क्षेत्रको मुहार चम्कन लागेको तथा युवालाई खेलकुदको क्षेत्रमा स्थापित गराउँन विभिन्न कार्य गरेको हुँदा आफ्नो तर्फबाट एक लाख सहयोग गरेको वताए।उनले एक लाख रुपैयाको चेक सोही अवसरमा क्लबका अध्यक्ष पदमबहादुर ढकाललाई हस्तान्तरण गरेका थिए।

DSCF4341क्लबका अध्यक्ष पदमबहादुर ढकालले सहयोगदातालाई धन्यवाद दिदैं सामाजिक कार्य गर्नु नै क्लबको मुख्य उद्धेश्य रहेको र आगामि दिनहरुमा पनि क्लबलाई पुर्णरुपमा सहयोगको अपेक्षा रहेको वताएका थिए।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै क्लबका संस्थापक अध्यक्ष तथा हालै सम्पन्न राष्ट्रिय लिग विजेता फुटबल टिम थ्री स्टारका प्रशिक्षक राजेन्द्र तामाङले आफ्नो क्लबको सहयोगले नै राष्ट्रिय प्रतियोगितामा उत्कृष्ठ प्रशिक्षकबाट पुरस्कृत हुन सफल भएको वताए।

सोही अवसरमा क्लबका दुबई संयोजक भुपेन्द्र थापाले क्लबलाई ३० हजार चार सय ५० रुपैयाँ र आरटि ट्रेनिङ सेन्टरलाई ४६ हजार चर सय रुपैया आर्थिक सहयोग प्रदान गरेका छन्। उनले उक्त रकम नगदै क्लबका अध्यक्ष पदमबहादुर ढकाल र आरटि ट्रेनिङ सेन्टरका प्रमुख राजेन्द्र तामाङलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा ड्यामसाईड टोल विकास संस्थाका अध्यक्ष शिवजी वराल, क्लबका सल्लाहकार केशबराज वराल, ड्यामसाईड क्षेत्र सुधार समितिका सचिव महेन्द्रकुमार श्रेष्ठलगाएतले हरेक वर्ष थोरै थोरै कार्य गर्दै जानु पर्ने वताउँदै यस वर्ष अध्यक्षको प्रतिवेदनमा उल्लेख भएको राष्ट्र बैंक चोकमा एक सार्वजनिक शौचालय निमार्ण र ड्यामसाईड क्षेत्रमा सोलार वत्ती जडान गर्ने कार्यलाई सम्पन्न गर्नुपर्ने र सो कार्यकोलागि टोलवासीले क्लबलाई पुर्ण सहयोग गर्ने वताएका थिए।

DSCF4346साथै क्लबले पर्यटन प्रबद्र्धन गर्नको लागि वर्षमा कम्तिमा पनि एक सडक महोत्सवको आयोजना गर्नुपर्ने, सरसफाईका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, सदस्यता वृद्धि गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए।

साधारण सभामा अध्यक्ष पदमबहादुर ढकाल, सचिव रमेशप्रसाद वराल र कोषाध्यक्ष प्रताप गुरुङको प्रतिवेदनहरु पारित गरेको थियो। क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सल्लाहकार हरि गुरुङले र संचालन सचिव रमेशप्रसाद वरालले गरेका थिए।